विश्व एड्स दिवस विविध कार्यक्रम गरी सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १६ मङ्सिर/
३७औं विश्व एड्स दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले आइतवार अस्पताल परिसरमा कार्यक्रम गरी मनाएको छ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ नाराका साथ कलेजमा सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको थियो ।

एड्स अन्त्यका लागि कलेजका बिएस्सी १५औं ब्याचका विद्यार्थीहरू सुप्रिया कडरिया, करुणा नेपाल, अर्चना साह, अस्मिता विश्वकर्मा, सफलता श्रेष्ठ, सुमिना श्रेष्ठ, कृति पौड्याल, माया जोशीलगायत छात्राहरूले आमाबाट शिशुमा हुने सङ्क्रमण न्यूनीकरणबारे जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेको कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए ।

यसैगरी, दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको उनले बताए । कार्यक्रममा विद्यार्थी जागरण मञ्च, वीरगंजका कार्यक्रम संयोजक नीरज साहले देश र विदेशमा सङ्क्रमितहरूको अवस्थाका बारे प्रकाश पारेका थिए । उनले एचआइभी सङ्क्रमितहरूलाई अहिले पनि भेदभाव हुँदै आएको बताए ।

तीन दशक लामो समयदेखि यो रोग रगतबाहेक अन्य माध्यमबाट नसर्ने भनेर सचेत गराउँदै आए पनि स्वास्थ्यकर्मीहरू र अस्पतालबाट पनि सङ्क्रमितहरूप्रतिको भेदभाव जारी रहेको बताए । निजी अस्पतालहरूले सङ्क्रमण पुष्टि हुनासाथै सरकारी अस्पतालमा पठाउने गरेको बताए ।

कलेजकी निर्देशिका ईशरत जहाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका अध्यक्ष प्राडा जैनुद्दीन अन्सारी, प्रबन्ध निर्देशक शाहनबाज अन्सारी, एकेडेमिक निर्देशक नुशरत जहाँ अन्सारी, एडमिसन डाइरेक्टर आबिद हुसेन अन्सारी, प्रधानाध्यापक डा केएन सिंह, सहप्राध्यापक रविशङ्कर गुप्ता, कलेजका प्रशासन प्रमुख गौसुल आजमलगायतको सहभागिता थियो ।

प्रस, वीरगंज/
यसैगरी, विश्व एड्स दिवसको अवसरमा आइतवार साँझ घण्टाघरमा ¥याली, कोणसभा र दीप प्रज्वलित गरेर मनाइयो । स्वास्थ्य कार्यालय, पर्साको अगुवाइमा वीरगंज महानगरपालिका, नारायणी अस्पताल र पर्सा जिल्लामा एचआइभी क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा ¥याली निकालिएको थियो ।

घण्टाघरमा आयोजित कोणसभामा वीरगंज महानगरका स्वास्थ्य अधिकृत सुमन ठाकुरले दिवसको महŒवबारेमा प्रकाश पारेका थिए । उनले नेपाल सरकारले सन् २०१६–२०२६ सम्मको रणनीतिक योजना बनाएको र सोलाई सबैले मिलेर पूरा गरेको खण्डमा एचआइभीबाट मुक्ति पाउन सकिने बताए ।

स्वास्थ्य कार्यालय, पर्साकी खुश्बु मिश्रले एड्सको लोगो रातो रिबनको बारेमा प्रकाश पारेकी थिइन् । उनले एचआइभी एड्सविरुद्ध एकदिने दिवस मनाएर मुक्ति नपाउने भन्दै यो क्षेत्रमा ३६५ दिन कार्य गर्न सुझाइन् ।

सङ्क्रमित बालबालिकालाई स्कूल ब्याग वितरण
प्रस, वीरगंज/
वीरगंज महानगरपालिकाको छपकैयास्थित नयाँ जीवन विकास समाज र बारा प्लसको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटी पर्साले आइतवार विश्व एड्स दिवसको अवसरमा एचआइभी सङ्क्रमित बालबालिकाहरूलाई कम्बल र स्कूल ब्याग वितरण गरेको छ ।

३७औं विश्व एड्स दिवसको अवसरमा नेरेसो पर्साका प्रमुख वीरशम्शेर कुर्मीले सङ्क्रमित बालबालिकालाई कम्बल र स्कूल ब्याग वितरण गरेका थिए । कार्यक्रममा नेरेसो पर्साका उपकोषाध्यक्ष दयाशङ्कर सिंह, नेरेसो रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, नयाँ जीवन विकास सेवा समाजका संयोजक जवाहर महरा, नीता फाउन्डेशनका दिलीपकुमार खड्का, वीरगंज महानगर स्वास्थ्य महाशाखाका सुनीलकुमार कुर्मी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका विजयकुमार साह, एएचएफकी रोशनी सर्राफ लगायतले ५३ जना सङ्क्रमित बालबालिकालाई सो सामग्री प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण बारा प्लसका कार्यक्रम संयोजक हुसेन अन्सारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस