फरार सूचीका चारजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १६ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा अदालतबाट दण्ड सजाय भएपछि फरार भएका चारजना अभियुक्तलाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

जिप्रका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले चोरी मुद्दामा पाँच हजार दण्ड र दुई महीना कैद सजाय भएपछि फरार सूचीमा रहेको निजगढ नगरपालिका–१ नमूनाबस्तीका चन्द्रबहादुर विक, चेक अनादर मुद्दामा एक हजार ५०० र दुई महीना कैद तथा सोही मुद्दामा तीन हजार जरिवाना र दुई महीना कैद सजाय तोकिएका महागढीमाई नपा–२ भञ्जिना निवासी भुपेन्द्र यादव र निजगढ नपा–८ का सन्तोष प्रसाद तथा संरक्षित हात्तीको दारा (आखेटोपहार ओसारपोसारमा) मुद्दामा पाँच वर्ष तीन महीना कैद र पाँच लाख जरिवाना आदेश भएपछि फरार सुचीमा रहेको निजगढ नपा–११ का सुकुमार गुरोलाई पक्राउ गरी आज अदालत पेश गरिएको थियो । अदालतको आदेशमा उनीहरूलाई कैद सजाय भुक्तानका लागि बन्दी सुधारगृह (वीरगंज कारागार) चलान गरिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस