प्रस, वीरगंज, १५ मङ्सिर/
मदन भण्डारी फाउन्डेशनले शनिवार वीरगंजमा आयोजना गरेको भेलाले नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिमा उपाध्यक्ष रामबाबू सिंह, सचिव कमलेश गुप्ता, उपसचिवद्वय अल्का प्रधान, तिवारी यादव, कोषाध्यक्ष हरिशङ्करलाल कर्णलगायत सदस्यहरू छन् ।
फाउन्डेशनका केन्द्रीय सदस्य राजमहमद रायले मदन भण्डारी फाउन्डेशनले विशुद्ध सामाजिक कार्य गर्दै आएको बताए । उनले फाउन्डेशनले विभिन्न विचार बोकेका मानिसहरूलाई समेटेर मदन भण्डारीका विचारहरूलाई देशभर फैलाउने कार्य गरेको र सोही अनुसार पर्सामा नयाँ कार्यसमिति गठन गरिएको बताए ।
एमाले पर्साका अध्यक्ष प्राडा विश्वम्भर शर्माले प्रगतिशील विचार राखेका व्यक्तिहरू राजनीतिमा कुनै दलविशेषसँग आबद्ध नभएकालाई पनि फाउन्डेशनमा राखेर मदन भण्डारीका विचारहरूलाई फैलाउने कार्य गर्नु प्रशंसनीय भएको बताए ।
उनले कार्यसमितिमा बौद्धिक व्यक्तित्वहरूलाई समावेश गर्दै अगाडि बढ्न शुभकामना दिए । भेलामा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, एमालेका प्रदेश सदस्य सलाउद्दीन अहमद, जिल्ला सचिव महेश दास, मनोज कुशवाहा, अखिलेश साहलगायतको सहभागिता थियो ।