प्रस, वीरगंज, २३ असोज/
१५०औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, पर्सा, वीरगंजले विधित कार्यक्रम गरी मनाएको छ ।
बुधवार बिहान सरसफाइ कार्यक्रम गर्नुका साथै कर्मचारीहरूलाई टिसर्ट वितरण गरिएको थियो । त्यसैगरी, विश्व हुलाक दिवस तथा विजयादशमीको अवसरमा शुभकामना कार्यक्रम गरी मनाइएको हुलाक कार्यालय, पर्सा वीरगंजले जनाएको छ ।