प्रस, सप्तरी, १५ असोज/
अविरल वर्षाका कारण आएको बाढीले राजविराज–कुनौली सडकखण्डस्थित जीता खोलाको पुल भासिंदा आवतजावतमा समस्या भएको छ ।

नेपाल–भारत जोड्ने सो सडक वर्षाले पूर्णरूपमा अवरुद्ध भएको छ । यसबाट तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजस्व सङ्कलन प्रभावित भएको छ । उक्त स्थानमा सडक भासिएकोले पुलबाट पानी बगिरहेको छ ।

राजविराज–कुनौली सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्णरूपमा अवरुद्ध छ । सो सडकखण्ड अवरुद्ध भएपछि एक किलोमिटरको दूरीमा रहेको कुनौली बजार घुमाउरो बाटोबाट जाँदा घण्टा लाग्ने गरेको छ ।

भारतबाट कुनौली हुँदै आउने मालवाहक सवारीसाधान यही सडक भएर भन्सार कार्यालय पुग्ने गर्छ । सडक अवरुद्ध भएपछि भन्सार राजस्व ठप्प भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here