प्रस, परवानीपुर, १४ असोज/
गत बिहीवार रातिदेखि आइतवार बिहानसम्मको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित भइरहेको बेला वीरगंज पनि यसबाट अछूतो रहन सकेन । लामो समयदेखि वीरगंज डुबानमा परेको थिएन । तर पछिल्लो वर्षाले वीरगंजका विभिन्न वडा डुबानमा परे र सयौंलाई त्रसित बनायो ।
केही वडाका स्थानीय बासिन्दालाई राति नै स्थानान्तरण गरी सुरक्षित स्थानमा प्रहरी प्रशासनले पु¥याएर उद्धार गरेको थियो । वीरगंजमा खासगरी श्रीसिया नदीको पानीले असर गर्दा वीरगंज–१३ राधेमाई, ११ श्रीपुर, १० रानीघाट, अशोकवाटिका, आदर्शनगरलगायतका ठाउँहरू डुबानमा परेका थिए । शनिवार राति ती वडामा अधिकतम चार–पाँच फिटसम्म पानी जमेको थियो ।
वीरगंज–२४ रामगढवाका अधिकांश भूभाग लगभग दुई दिन डुब्यो । यसको मुख्य कारण करीब चार दशकपछि श्रीसिया नदीमा पानीको सतह बढ्नु र श्रीसिया नदीमा भेडाहा नदीको पानी मिसिएपछि यस्तो अवस्था आएको स्थानीयहरूले बताएका छन् । वीरगंज–२८ बगहीका जीतेन्द्र पटेलका अनुसार भेडाहा नदीको पानी बगही, लालपर्सा हुँदै जगरनाथपुरको सरेह भएर श्रीसिया नदीमा मिसिंदा श्रीसिया नदीमा पानीको सतहमा वृद्धि भएर यस्तो हबिगत भएको हो ।
श्रीसिया नदीको पूर्वी र पश्चिमी किनारमा वीरगंजका विभिन्न वडा रहेकाले आगामी दिनमा ती वडाहरू बाढीको चपेटमा पर्नेछन् । गत वर्षदेखि भेडाहा नदीको पानी नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले सारेको योजना पनि अवरुद्ध भएको छ । तत्कालीन नगरप्रमुख विजय सरावगीले एडिबी प्रोजेक्टको रकम करीब ४४ करोडबाट ठेक्का आह्वान गरेका थिए । जुन कि अहिलेको वर्तमान नगरप्रमुख राजेशमान सिंहको पालामा भेडाहा नदी नियन्त्रण परियोजनाको ठेक्का सम्झौता भएर केही महीना काम भएर स्थगित हुन पुगेको छ ।
जनकपुरको रमण विकास एन्ड ब्रदर्स जेभीले २४ करोड ६३ लाखमा गत २०७९ जेठ ५ मा सम्झौता गरेको थियो र वीरगंज–३१ मिलनचोक पुलदेखि पाँच सय मिटर माथिबाट शुरू हुने सो परियोजना बेलवा, वीरगंज–३० लालपर्सा, २८ बगही, २२ मनियारी, २७ उदयपुर घुर्मी हुँदै करीब १२ किलोमिटर लामो काम गर्नुपर्ने सम्झौता थियो । भेडाहा नदीको बीचबाट दायाँ–बायाँ ५०–५० मिटरमा लगभग २५ मिटर ड्याममा कालोपत्रे सडकसहितको बाँध बनाउने योजना थियो ।
जनकपुरको ठेकेदार कम्पनीले पप्पु कन्स्ट्रक्शनलाई पेटी कन्ट्राक्टमा दिएर काम पनि शुरू ग¥यो । तर पाँच महीनामैं विभिन्न विवाद र अदालती मुद्दाका कारण काम अवरुद्ध भएको वीरगंज–३१ का अध्यक्ष जीतेन्द्रप्रसाद यादव बताउँछन् । उनले भने– ठेकेदारले करीब पाँच करोड ४३ लाख ६१ हजार बराबरको काम गरिसकेको थियो, जसमध्ये पाँच प्रतिशत धरौटी, डेढ प्रतिशत अग्रिम आयकर, ०.१० प्रतिशत निर्माण व्यवस्थापन करलगायत कर गरेर एक करोड ८७ लाख घटाइ ठेकेदारलाई ४९ लाख ३० हजार ९९५ भुक्तानी दिनुपर्ने मुनासिब देखिएको थियो । तर ठेकेदारले मुद्दाको झमेलाले गर्दा काम अगाडि बढाउन सकेन । काम शुरू भएको र तटबन्ध निर्माणको काम थालिएपछि सो क्षेत्रका किसानहरूका सयौं बिघा जमीन तटबन्धमा पर्ने भएकाले किसानहरूले सो योजनाको विरोध गर्न थालेका थिए ।
बगहीका अच्छेलाल ठाकुर र शर्मानन्द ठाकुरको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुआवजा रकम माग गर्न रिट हालेपछि अदालतले अधिग्रहणमा पर्ने जग्गाको मुआवजा नदिइकन काम नगर्न अन्तरिम आदेश जारी ग¥यो, जसले गर्दा काम अवरुद्ध भयो । पछि नगरप्रमुख राजेशमान सिंहले पहल पैरवी गर्दा पनि किसानहरूको विवाद नसल्टिंदा भेडाहा नदी नियन्त्रण परियोजना ओझेलमा प¥यो । शायद त्यो योजना अघि बढेको भए अहिलेको जति क्षति पनि हुने थिएन र वीरगंज डुबानमा नपर्ने वडाध्यक्ष यादवको दाबी छ ।
उनले भने, “किसानहरूलाई सम्झाइबुझाइ उक्त योजना अगाडि बढाउनुपर्छ नत्र भोलि योभन्दा पनि ठूलो दुर्गति भोग्नुपर्छ ।” यसपालि भेडाहा नदीको बाढीले वीरगंज महानगरपालिका–३१ बेलवा, २९ रतनपुर मुसैली, ३० लालपर्सा, २८ बगहीलगायत वडाका सयौं बिघा धानखेतमा बालुवा थुपारेर मरुभूमि बनाएको छ । बाढी नियन्त्रण हुन नसक्दा सो क्षेत्रका जनता पनि अहिले त्रासमा छन् । तसर्थ भेडाहा नदी नियन्त्रण परियोजनाको सवालमा वीरगंज महानगरपालिकाका सो क्षेत्रका
सबै किसान एकजुट भएर अगाडि बढ्दा सबैलाई फाइदा पुग्ने वीरगंज–३१ का शेख आरिफ बताउँछन् ।
पूर्वनगर पञ्चायत सदस्यसमेत भएका आरिफले नदी नियन्त्रणको कामलाई शुरू गर्नुपर्ने आवश्यकता रहेको बताए ।
१२ किलोमिटरमध्ये अढाई किलोमिटर मात्र काम भएकोमा यसपालिको बाढीले केही भागमा क्षति पनि पु¥याएको स्थानीय किसानले बताएका छन् । बाँध निर्माण भएपछि दुवै छेउको ड्याममा सडक निर्माण भएपछि सो क्षेत्रको जग्गाको मूल्य बढ्ने तथा कलकारखाना पनि स्थापना हुने भएकाले उक्त योजनाको विकल्प नभएको सो बताइन्छ ।