प्रस, पोखरिया, १४ असोज/
पोखरिया नगरपालिकामा सेवा केन्द्र स्थापना, अस्पतालको स्तरोन्नति, नगरपालिका कर्मचारीहरूको तलब मागसहित हिजोदेखि शुरू भएको अनिश्चितकालीन धर्ना सोमवार पनि जारी रह्यो ।
राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपालका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको नेतृत्वमा सोमवार पनि दिउँसो १–३ बजेसम्म दुई घण्टा धर्ना दिइएको थियो । पोखरिया अस्पतालमा हिजोदेखि शुरू भएको अनिश्चितकालीन धर्नामा आज नगरप्रमुख प्रद्युम्न चौहान पुगेर सम्बोधन गरेका थिए । उनले समानीलाई सेवा केन्द्रको लाागि आपूm पनि अनवरत् लागिपरेको र सो कार्यमा समानी लगायतको साथ रहेको भन्दै उनले माघ मसान्तसम्म सेवा केन्द्र स्थापना र अस्पतालको स्तरोन्नतिको काम हुने ठोकुवा गरे । उनले सो अवधिमा सेवा केन्द्र स्थापना नभए आपूmले आगामी चुनाव नलड्ने उद्घोष गरे ।
सङ्घ र प्रदेश सरकारसँग सेवा केन्द्र स्थापना र पोखरिया जिल्ला अस्पतालको स्तरोन्नति गरी २५ शøयाको प्रादेशिक अस्पताल बनाउने काममा आफूहरू लागिपरेको बताए । उनले पोखरिया नगर विकास समितिको जग्गा प्लटिङ गर्ने काम शुरू गर्दा जग्गाधनीहरूले विद्रोह गर्न सक्ने कुरालाई मध्यनजर गर्दै नगर प्रहरी नियुक्त गरिएको बताए । उनले नगर प्रहरी नियुक्तिमा आपूmले एक पैसा पनि नबुझेको दाबी गरे ।
कसैले रकम दिएर जागीर पाएको प्रमाणित गरेमा आपूmले तत्काल राजीनामा दिने बताए । पोखरिया नपाका कर्मचारीहरूलाई तत्काल चार महीनाको तलब उपलब्ध गराउने व्यवस्था भइसकेको उनले बताए । नगरप्रमुख चौहानले राजनीतिक मसला नबनाएर अनिश्चितकालीन धर्ना स्थगनको लागि आग्रह गरेका थिए ।
राष्ट्रिय मुक्ति क्रान्ति पार्टी नेपालका केन्द्रीय सदस्य समानीले भने सङ्घ र प्रदेश सरकारको प्रतिनिधिले यस विषयमा स्पष्ट नपारेसम्म अनिश्चितकालीन धर्ना जारी रहने बताए । उनले नगरप्रमुख चौहानले सम्पत्ति कर तीन गुणा बढाएकोमा सो निर्णय फिर्ता लिनुपर्ने र पूर्ववत् कर लिनुपर्ने बताए । स्थानीय तहबाट हुने निर्णयमा मात्र नगरप्रमुखको योगदान हुने हुँदा प्रदेश र सङ्घस्तरको माग पनि भएकोले त्यसका प्रतिनिधिहरूले सुनिश्चितता गरेको खण्डमा मात्र अनिश्चितकालीन रिले अनशन तोडिने बताए ।