प्रस, निजगढ, १४ असोज/
निजगढ नगरपालिका वडा नं ८ खयरघारी बकैयाटोलका १४ वर्षीय विकल रेग्मीको अन्त्येष्टिका लागि सोमवार निजगढमा शवयात्रा निकालिएको थियो । निजगढ नगरपालिकाको आयोजनामा विकलको शवयात्रा निजको घर बकैयाटोलबाट निकाली शहीद हीरालाल रङ्गशालामा श्रद्धाञ्जलिसभा गरी आर्यघाटमा लगी अन्त्येष्टि गरिएको थियो ।
अखिल नेपाल फूटबल सङ्घ (एन्फा) द्वारा १३ वर्षमुनिका पुरुष फूटबल खेलाडी उत्पादन गर्न देशभरबाट विभिन्न चरणको छनोट प्रक्रिया पार गरी विकल रेग्मी फूटबल प्रशिक्षणका लागि मकवानपुुरको सिस्नेरीमा पाँच महीनादेखि रहँदै थिए । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माविमा छनोट भएका विद्यार्थी खेलाडीहरूलाई दैनिक फूटबल प्रशिक्षण, शैक्षिक अध्ययनसहित आवासीय व्यवस्था मिलाइएको थियो । सोही क्रममा उनीसहित निजगढका अन्य चारजना खेलाडीसहित ४० जना खेलाडीहरू प्रशिक्षणमा थिए ।
यही १० गतेदेखि देशका अधिकांश स्थानमा लगातार वर्षाका कारण मकवानपुरस्थित कुुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढेपछि ढोका खोल्नुपर्ने हुँुदा सो क्षेत्रसहित तल्लो तटीय स्थानहरूमा पानीले क्षति पु¥याउन सक्ने आकलन गर्दै सचेत गराइएको थियो । जलाशयमा पानीको सतहले हद पार गरेपछि १२ गते शनिवार बिहान करीब ५ः४५ बजे जलाशयका दुईवटा ढोका खोलिएको थियो ।
खोलिएको पानी सो विद्यालयनजीकै रहेको सिस्नेरी खोलामा भरिएर आवासीय भवनमा छिर्न सक्ने त्रासले सो विद्यालयमा रहेका फूटबल प्रशिक्षक मुुकुुन्द थापा, शिक्षक सुदर्शन घिमिरे, कार्यालय सहयोगी प्रकाश क्षेत्री र वार्डेनसहित ४० खेलाडी बिहान ७ बजे सुुरक्षित स्थान टेकरमा जाने क्रममा उनीहरू हिंड्दै गरेको बाटो भासिएपछि विकल रेग्मीसहित छजना खेलाडी पहिरोमा पुरिन पुगेका थिए । पुरिएका खेलाडीहरूलाई निकाल्ने क्रममा थप पहिरो गएको थियो ।
अविरल परिरहेको सिमसिम पानीमा नै होस्टेलको चउर श्री वत्सलादेवी मन्दिर हुँदै नजीकैको पहाडी बाटोबाट उनीहरू सुुरक्षित स्थानतर्फ उकालो चढ्दै थिए । समूह बनाइ लावालस्करसहित अघि बढि रहेका उनीहरू अन्तिम समूह अघिको समूहमा रहेका थिए । पहिरोमा पुरिएको खबर गाउँले, प्रहरी, प्रशासनसँगै चारैतिर जानकारी गराएको शिक्षक सुदर्शन घिमिरेले बताए । निजगढकै सिद्धार्थ कार्कीले टेकेको जमीन भासिनलाई ठीक्क परेको थियो । उनलाई तानिहाल्न भ्याएकोले उनको ज्यान जोगाउन सकियो । तर ती ६ जना विद्यार्थीलाई भने एक्कासि जमीन भासिएर पहिरोमा पुरिएकाले बचाउन नसकिएको शिक्षक घिमिरे भावुक हुँदै भने । आफूसमेत रहेको पछिल्लो समूहलाई अर्को बाटोबाट सुुरक्षित स्थानमा पु¥याइ सबैलाई दिनभर आफ्नो घरमा सुुरक्षित राखेको उनले बताए ।
पछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी खेलाडीहरूलाई एन्फा कम्प्लेक्स ललितपुर र शवलाई शल्यपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको सचिव रूपेश श्रेष्ठले जानकारी दिए । हामीलाई बाढीले बगाउँला भन्ने त्रास थियो । तर पहिरोमा पर्ने रतीभर पनि सोचेका थिएनौं । सो स्थानमा यस अघि कहिल्यै पहिरो नखसेको विद्यालयका कार्यालय सहयोगी प्रकाश क्षेत्रीले बताए । सो पहिरो आफ्नो घरभन्दा माथि गएको हो । अचानक खसेको सो पहिरो आफ्नो बारीको छेउसम्म आएको उनले बताए । घटना सुन्नासाथ गाउँलेहरूसहित घटनस्थलमा पुगेको उक्त विद्यालयका क्यान्टिन सञ्चालक स्थानीय सन्तोष बानियाँले बताए । उक्त घटना कहिल्यै नसोचेको सपना जस्तै भयो उनले दुःिखत हुुँदै भने ।
निजगढ नगरपालिकाले उनको सम्झनामा प्रत्येक वर्ष विकल स्मृति फूटबल प्रतियोगिता आयोजना गर्ने नगरप्रमुख सुरथ पुरीले श्रद्धाञ्जलिसभामा घोषणा गरे । उनले पर्वमा शुुभकामना आदानप्रदान कार्यक्रमसमेत नगर्न सबैलाई आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
श्रद्धाञ्जलिसभामा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला साह, एमाले नेता बलवीर चौधरी, निजगढ नगरउपप्रमुख सोममाया थिङलगायत स्थानीयहरूको सहभागिता थियो ।