प्रस, जनकपुरधाम, १४ असोज/ धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं २४ का अध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साहु तेली र विजय मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सोमवार विशेष अदालत काठमाडौंमा यस विषयमा मुद्दा दायर भएको जानकारी दिएका छन् । आरोप छ कि वडाध्यक्ष र सचिवले सेवाग्राहीसँग घरको बाटो प्रमाणित गर्नका लागि साढे चार लाख रुपैयाँको घूस मागेका थिए ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । आयोगले सहनी र तेलीलाई साढे चार लाख रुपैयाँको बिगो कायम गरी कैद र जरिवानाको माग गरेको छ । मण्डललाई मुख्य कसूरदार सरह सजायको माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here