प्रस, वीरगंज, १४ असोज/
उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–३० लालपर्सास्थित नेरामाविलाई पङ्खा सहयोग गरेको छ ।

विद्यालयमा पङ्खा अभाव भएको थाहा पाएर संस्थाले आठ थान सिलिङ पङ्खाको व्यवस्था गरेको अध्यक्ष विद्याकुमारी सरावगीले बताइन् । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव महतो कोइरी र सहायक प्रधानाध्यापक बैधनाथ साहलाई पङ्खा हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, संस्थाका सुमन बगरिया, अङ्कुश शर्मालगायतको सहभागिता रहेको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here