प्रस, वीरगंज, १२ असोज/
मधेस विश्वविद्यालयको तेस्रो सभा बैठक शनिवार वीरगंजमा सम्पन्न भएको छ ।
मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले बैठकमा मधेस विश्वविद्यालयको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैगरी, रजिस्ट्रार विजय यादवले सभामा आव २०८१/८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
तेस्रो सभा बैठकमा पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दी, मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री एवं मधेस विश्वविद्यालयकी सहउपकुलपति रानीकुमारी तिवारी, मधेस प्रदेशका महान्यायाधिवक्ता सुरेन्द्र महतो, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले धन्यवाद ज्ञापन गरेका थिए ।