पाँच वर्षको बीचमा उसको हैसियत यसरी बढ्नुले सबैमा कौतूहल जन्माएको छ तर मौन र प्रश्नहीन छन् ।
ऊ सात वर्ष अघिदेखि यस ठाउँमा बस्न थालेको हो । विगत दुर्ई वर्ष सामान्य तवरले बित्यो । त्यसपछिका पाँच वर्षमा उसको औकात क्रमशः बढेर चुलिंदै आइरहेको छ । टोलवालासँग त्यति उठबस र आउजाउ छैन । बिहान आठ–नौ बजे घर छाडेपछि मध्यरातमा मात्र फर्कन्छ र कहिलेकाहीं त निकै दिनसम्म पनि फिर्दैन ।
शहर भएकाले चियोचर्चाे त्यति सा¥हो हुन्न । सबै आआफ्नै काममा व्यस्त रहन्छन् । विगत एक वर्षदेखि ऊसँग मेरो सामान्य परिचय छ । हर घरेलु काममा संलग्न हुँदै आएको छु, तर पनि हैसियत कामदार मात्र हो ।
एक दिन मेरो घरमा खाना खाने बतायो, मैले पत्याइनँ । विश्वास दिलायो र भन्यो– “तर तिमीले घरमा सधैं जे–जस्तो खाने गरेका छौ, त्यही दिनुपर्छ । विशेष व्यवस्था हुने हो भने चाहिं आउँदिनँ,” मैले विश्वस्त पारें । परिवारका साथ खाना खायौं । ऊ मेरो निष्कपट भावबाट ज्यादै खुशी भयो ।
अन्त्यमा आप्mनो पेशाबारे बतायो । धेरैको सोचाइ अनुसार नै दुर्ई नम्बरी काममा लागेको रहेछ । नेपालबाट चरेस, अफिम, हेरोइनजस्ता लागू पदार्थहरू युरोप र अमेरिका पठाउने समूहको प्रमुख व्यक्ति भएको विचार राखेपछि मैले जिब्रो टोकेछु, ऊ हाँस्यो । मलाई डर लाग्यो । केही भन्न सकिनँ । ओहो, तपाईं त धेरैको जीवन बर्बाद गर्ने व्यक्ति पो हुनुहुँदोरहेछ, सन्तोष ? डराएरै प्रश्न राखें ।
“छु, किन नहुनु ? हाम्रो व्यापार तेस्रो विश्वका जनताका लागि हैन । त्यो त सम्पन्न र हुनेखाने देशमा गरिन्छ । तेस्रो विश्वलाई सम्पन्न देशहरूले नराम्रोसँग ठगेका र लुटेका छन् । जनताको रगत र पसिना तन्तनी पिएका छन् । हामी धर्मका नाममा, सहयोगको नाममा, महिला अधिकारको नाममा र प्रजातन्त्रको नाममा लुटिएका छौं । मलाई मेरो आजसम्मको काममा कुनै पछुतो र खेद छैन, बरु खुशी छु, उत्साहित छु अनि प्रफुल्ल छु । यतिखेर मेरो पछाडि प्रहरी लागेको छ र प्रहरीले गिरप्mतार गर्न सकेन भने पनि भोलि म स्वयम् गिरप्mतारी दिनेछु ।” उसको मुहार धपक्क बलिरहेको छ ।