धर्म र विज्ञान दुवै मानव सभ्यताका महŒवपूर्ण पक्ष हुन् । यिनले मानिसको जीवन र सोचमा गहिरो प्रभाव पार्छन् । धर्म एक आध्यात्मिक वा नैतिक प्रणाली हो, जसले जीवनका उद्देश्य र मूल्यहरूलाई परिभाषित गर्छ, जबकि विज्ञान तर्क र प्रमाणमा आधारित ज्ञानको अध्ययन हो ।
आउनुस्m यस लेखमा धर्म र विज्ञानका अवधारणा, यिनका बीचको भिन्नता र समाजमा तिनीहरूको सकारात्मक र नकारात्मक प्रभावका बारेमा थोरै चर्चा गरौं ।
धर्म के हो ?
मानवजीवनको विकासक्रममा अज्ञानताले भरिएको अवस्था रहनु स्वाभाविक हो । त्यति बेला प्रकृतिमा घटिरहेका तथा मानिसको स्वयंका जीवनमा घटिरहेका विभिन्न घटना दुर्घटनाहरूका बारेमा किन यस्तो भइरहेको छ भन्ने कुराको वास्तविकता पत्ता लगाउने न त कुनै उपकरणको विकास भएको थियो, न त मान्छेको दिमाग नै त्यति विकसित थियो । त्यसैले यस्तो बेलामा मानिसहरूसँग केवल आधारहीन कल्पना गर्नुबाहेक अरू विकल्प नै थिएन । त्यतिखेर उनीहरूले सीधा आफूलाई सकारात्मकरूपमा प्रभाव पार्ने चीजहरूलाई ईश्वर र देवताको रूपमा पूजा गर्नु पनि स्वाभाविक नै थियो किनभने यसको विकल्पमा अरू कुनै उपाय नै थिएन । चार हजार वर्ष पहिले मानिसहरूले प्रकृतिको पूजा गरेको देखिन्छ । चाहे सूर्य होस् अथवा चन्द्रमा, वायु होस् अथवा आगो, नदी होस् अथवा बाढी वर्षात् सबै कुरालाई पूजा गरेको देखिन्छ ।
धर्म भनेको एउटा यस्तो प्रणाली हो, जसले मानिसको नैतिक र आध्यात्मिक जीवनलाई निर्देशित गर्छ । यसको मुख्य उद्देश्य जीवनका अर्थ र उद्देश्यलाई खोज्नु हो । त्यसैले धर्मका विभिन्न तŒवहरूमा निम्नलिखित समावेश हुन्छन् ।
विश्वास
धर्ममा प्रमाणिकता वा प्रमाणको कुनै अर्थ हुँदैन । प्रमाणतिर गयो भने धार्मिकतामा आँच पुग्न थाल्छ । यहाँ त केवल विश्वास महŒवपूर्ण हुन्छ, जुन अदृश्य शक्ति, देवता वा सर्वोच्च अस्तित्वमा आधारित हुन्छ । ईश्वर, स्वर्ग, नर्क, भाग्य, पुनर्जन्म, पूर्वजन्म आदि छन् । छन् भनेपछि छन् यसलाई प्रमाणित गर्नु वा खोज्नुपर्दैन, यो केवल मान्ने विषय हो । तपाईं मान्नुस् छन् कुरा सिद्धियो । मान्नुभएन भने तपाईंलाई पाप लाग्छ । मरेपछि ईश्वरले दण्ड दिन्छन् । नर्क जानुपर्छ आदि इत्यादि त्रास पनि योसँगै जोडिएको हुन्छ । मान्नुभयो भने तपाईं स्वर्गमा जानुहुन्छ, जहाँ सुखै सुख छ र अर्को जुनीमा तपाईं सुखै सुख भोग्न पाउनुहुन्छ । यी सबै कुरालाई केवल विश्वास गर्ने हो । तपाईंले मान्ने हो । फेरि यसमा तर्क वा प्रश्न गर्ने होइन ।
आचारसंहिता
धार्मिक प्रथाहरू, कथाहरू र नियमहरूको सेट, जसले अनुयायीहरूलाई नैतिक र सामाजिक आचरणमा निर्देशन दिन्छ ।
समुदाय
धर्मले मानिसहरूलाई एकत्रित गर्छ र सामूहिक पहिचान बनाउँछ ।
आध्यात्मिकता
मानिसको आत्मा र अस्तित्वको गहिरो खोजी अर्थात् मानिसभित्र आत्मा र परमात्माको सम्बन्धबारे गहिरो खोज नै धर्म हो । यसो भनिराख्दा भन्न खोजिएको यो हो कि प्रत्येक जीवभित्र आत्मा हुन्छ, आत्मा अमर छ, यो जीव मरेपछि अर्को जीवमा प्रवेश गर्छ । यसरी आत्माहरू क्रमशः कर्मको आधारमा पुनर्जन्म लिइरहन्छन् । यी सबैको लेखाजोखा परमात्माले गर्ने गर्छन् । त्यस कारण बाँचुन्जेल आध्यात्मिक बन्नुपर्छ । ईश्वरको भक्तिमा लिन हुनुपर्छ । परमात्माको दास बन्नुपर्छ । अनिमात्रै मृत्यु भुवनको जीवनबाट मुक्ति पाइन्छ । जीवनको बारेमा सबै धर्मको सार यही हो ।
विज्ञान के हो ?
विज्ञान भनेको एक प्रणाली हो, जसले भौतिक संसारको अध्ययन र व्याख्या गर्छ । यसको मुख्य उद्देश्य यथार्थता र तर्कमा आधारित ज्ञानको खोजी गर्नु हो । विज्ञानले सबै प्रकारका अन्धविश्वासहरूलाई खारेज गर्छ । कुनै पनि अदृश्य शक्तिको उपस्थिति जसलाई प्रमाणित गर्न सकिंदैन ठाडै नकार्छ । प्रमाणित नभएसम्म कसैलाई पनि स्वीकार गर्दैन । विज्ञान आस्था र विश्वासको विषय होइन, यो प्रमाण र खोजको विषय हो । त्यसैले विज्ञानका विभिन्न विशेषताहरूको बारेमा जानौं ।
प्रमाण
वैज्ञानिक अनुसन्धानले तथ्य र प्रमाणमा आधारित परिणाम निकाल्छ । यसमा कुनै पनि प्रकारका आस्थाको आधारमा वा विश्वासको आधारमा निष्कर्ष निकाल्न पाइँदैन ।
तर्क
कुनै पनि चीजलाई हो होइन, ठीक वा बेठीक प्रमाणित गर्न विज्ञानले एउटा लामो प्रक्रियाबाट त्यो चीजलाई परीक्षण, अनुसन्धान र खोज गर्ने गर्छ । यसको लागि विज्ञानका प्रयोगशालाहरू र विभिन्न भौतिक यन्त्रहरूको उपयोग गरिन्छन् । वैज्ञानिक विधि र तर्कका माध्यमबाट मात्रै ज्ञानको विकास हुन्छ ।
पुनरावलोकन
एकचोटि प्रमाणित भइसकेको कुराहरूलाई फेरि अर्कोचोटि पनि कसैले चुनौती दिन सक्छ वा गलत साबित गर्न सक्छ भने यसको लागि विज्ञान सबैलाई सधैं स्वागत गर्छ । विज्ञानले नयाँ प्रमाण र तथ्यको आधारमा आफ्नो सिद्धान्तलाई परिमार्जन गर्न सधैं तयार रहन्छ ।
प्रयोग
विज्ञानले सबै प्रकारका अदृश्य शक्तिलाई खारेज गर्छ । अर्थात् यस्तो कुनै शक्ति जसलाई प्रमाणित गर्न सकिंदैन तर त्यसैले सबैथोक गरिरहेको छ, यस्तो कुरामा विश्वास गर्दैन । विज्ञान जहिले पनि प्रयोग र अवलोकनका माध्यमबाट ज्ञानको विकास गर्छ । धर्म र विज्ञानबारे यति कुरा गरिसकेपछि आउनुस् थोरै यिनीहरूबीचमा के फरक छन् यसबारे चर्चा गरौं ।
धर्म र विज्ञानमा के फरक छ ?
धर्म र विज्ञानका बीचमा निम्नलिखित प्रमुख भिन्नताहरू छन् ।
आधार
– संसारका सबै धर्मको आधार
विश्वास र आध्यात्मिकता हो ।
– विज्ञानको आधार तर्क, प्रमाण र
अनुभव हो ।
उद्देश्य
– धर्मले जीवनको उद्देश्य र नैतिक
मूल्यहरू केवल आस्था र विश्वासको
आधारमा अप्रमाणित कुराहरूले
प्रदान गर्न खोज्छ, जसको वास्तविक
संसारमा कुनै अर्थ हुँदैन ।
– विज्ञानले सबै प्रकारका आध्यात्मिक
संसारलाई अस्वीकार गर्छ तथा
भौतिक संसारको अध्ययन र व्याख्या
गर्ने प्रयास गर्छ ।
तरीका
– संसारका सबै धर्म केवल मान्ने विषय
भएका हुनाले सबै धर्ममा विश्वास
र प्रथाहरू महŒवपूर्ण हुन्छन् ।
– संसारको कुनै पनि कुरा मान्नुभन्दा
पनि जान्नुपर्छ भने मान्यता लिएर
अगाडि बढेको हुनाले विज्ञानमा
अनुसन्धान, परीक्षण र तर्क
महŒवपूर्ण छन् ।
स्वीकृति
– धर्ममा व्यक्तिविशेषको अनुभव र
विश्वास महŒवपूर्ण हुन्छ ।
– विज्ञानमा सामूहिक प्रमाण र तथ्य
महŒवपूर्ण हुन्छ ।
यसरी धर्म र विज्ञान फरकफरक कुरा हुन् । धर्मले मानव समाजमा अज्ञानता भएको बेलाको सम्झना र स्मृति गराउँछ भने विज्ञानले उन्नत प्रविधि खोज, अनुसन्धान, प्रमाण आदिको आधारमा प्रकृतिलाई जान्न व्याख्या गर्न तथा फेर्न मदत पु¥याउँछ । अब धर्म र विज्ञानको मानव समाजमा के कस्तो प्रभाव छ त आउनुस् यसबारे थोरै चर्चा गरौं ।
धर्म र विज्ञानको समाजमा प्रभाव
द्वन्द्वमा आधारित रहेको यो प्रकृतिमा सबै कुराको फाइदा र नोक्सान, सकारात्मक र नकारात्मक दुवै अवस्था हुने गरेकाले धर्म र विज्ञानको पनि समाजमा सकारात्मक र नकारात्मक प्रभाव रहेका छन् ।
धर्मका सकारात्मक प्रभाव
सामाजिक एकता सुरुआती चरणमा धर्मले मानिसहरूलाई एकत्रित गर्ने र सामाजिक एकता पैदा गर्ने गरेको देखिन्छ ।
नैतिक शिक्षा
धर्मले मानिसलाई नैतिक मूल्य र आचारको ज्ञान दिन्छ, जसले समाजमा राम्रो आचरण र सहिष्णुता अपेक्षा गरिन्छ ।
आध्यात्मिक शान्ति
धर्मले मानिसको आन्तरिक शान्ति र मानसिक स्वास्थ्यमा सुधार ल्याउन प्रयास गरेको रूप पक्ष देखिन्छ ।
विज्ञानका सकारात्मक प्रभाव जीवनस्तर सुधार
विज्ञानले चिकित्सा, प्रविधि र कृषि क्षेत्रमा उन्नति गराउँछ, जसले जीवनस्तरमा सुधार ल्याउँछ ।
समाजको विकास वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनले समाजको विकासमा महŒवपूर्ण भूमिका खेल्छ ।
ज्ञानको विस्तार
विज्ञानले संसारका बारेमा ज्ञानको विस्तार गर्दै मानिसको सोचमा नवीनता ल्याउँछ ।
धर्मका नकारात्मक प्रभाव धार्मिक विवाद
विभिन्न धर्मका अनुयायीहरूबीचको विवाद र असहिष्णुताले गर्दा समाजभित्र ईष्र्या, घृणा, जलन, रिसराग, हिंसा जस्ता कुरामा निकै वृद्धि भएको देखिन्छ ।
आधुनिकताको विरोध
धर्मले आधुनिकता र विज्ञानको विरोध गरेको हुनाले मानव समाजको आधुनिक विकासमा बाधा पुगेको छ । वैज्ञानिक चेतनाभन्दा पनि अवैज्ञानिक कुरामा समाज अल्झिरहेको देखिन्छ ।
धार्मिक कट्टरपन्थ
धार्मिक कट्टरपन्थ र चरमपन्थी विचारधाराले समाजमा पटकपटक तनाव र हिंसा पैदा गर्दै आएको छ र अहिले पनि जारी छ ।
विज्ञानका नकारात्मक प्रभाव नैतिक समस्या
विज्ञानले उत्पन्न गरेको प्रविधि र अनुसन्धानले नैतिक प्रश्नहरू उठाउन सक्छन् ।
विज्ञानको दुरुपयोग
विज्ञानलाई हानि पु-याउने काममा प्रयोग गरिन सक्छ, जस्तै आणविक हतियार ।
पर्यावरणीय प्रभाव
विज्ञान र प्रविधिको दुरुपयोगले वातावरणीय समस्याहरू निम्त्याउन सक्छन् । संसारका सबै धर्म यतिबेला व्यक्तिविशेष र वर्गविशेषका कमाइखाने धन्धामा मात्रै सीमित भएका हुनाले समाजभित्र धर्मले अन्धविश्वास र रूढिवाद, पाखण्ड मात्रै फैलाउने गरेको हुनाले आधुनिक समाजको विकासको मूल बाधकको रूपमा धर्म रहेको स्पष्ट देख्न सकिन्छ । यसर्थ धार्मिकताबाट विस्तारै समाज अलग हुँदै वैज्ञानिक चेतनातर्फ अगाडि बढ्न जरुरी छ । आजको समाज समृद्ध बनाउनको लागि अन्धविश्वास होइन रूढिवाद र कर्मकाण्डीय पाखण्डले होइन वैज्ञानिक चेतना र भौतिकवादी चेतनाले मात्रै सम्भव छ । आजको मानव प्रकृतिमैत्री र मानवतावादी हुन जरुरी छ ।
कुनै व्यक्ति यति धेरै खाने कि भुँडी फुटेर मर्ने र कुनै व्यक्ति खान नपाई भोकभोकै मर्ने यो विभेदको अवस्था अब मेटिनुपर्छ । समाजमा देखिएका कुनै पनि विभेद चाहे त्यो आर्थिक होस् वा सांस्कृतिक सबै विभेदहरू मानिस स्वयंले उत्पन्न गरेको छ । कुनै पनि विभेद अदृश्य शक्ति वा भाग्यले गर्दैन किनकि न त ईश्वर छ, न भाग्य छ, यी सबै केवल मानिसको कल्पना हो । यसर्थ राज्य भौतिकवादी भई सबै विभेदको अन्त्यतर्फ लाग्न जरुरी छ । अबको युगमा कोही महिला भएकै कारण, दलित भएकै कारण, विकट भूगोलमा भएकै कारण भोकै बस्नुपर्ने, अशिक्षित भएर मर्नुपर्ने वा असुविधामा बाँच्नुपर्ने भाग्यवादी कर्म फलले विकास र समृद्धिको बाटो तय गर्न सकिंदैन । यसर्थ प्रत्येक मानवले सबै किसिमका सुविधा राज्यबाट भेदभावरहित किसिमले पाउनुपर्छ । यो नै वैज्ञानिक कुरा हो । मानिसबीचमा मान्छेले खडा गरेका सबै प्रकारका विभेदको पर्खाल भत्काऔं, मानवता र प्रकृतिलाई जोगाऔं, भौतिकवादी समाज निर्माणमा अगाडि बढौं । आजको युगको यही नै आवश्यकता हो ।