किन हुन्छन् व्यापारी असफल ?•विश्वराज अधिकारी

हामीकहाँ व्यापारीहरू व्यवसायमा असफल भएको, सहकारी, बैंक वा वित्तीय संस्थाहरूबाट जनताको पैसा लिएर कुनै व्यापारी भागेको तथा ऋणीले ऋण लिएर कर्जादातालाई ऋण भुक्तान नगरेको जस्ता खबरहरू निकै पढ्न पाइन्छ । समाचार माध्यमहरूले पनि यस्ता खबरहरू निकै महŒवका साथ प्रकाशन वा प्रसारण गरेको पाइन्छ ।

यस किसिमका समाचारहरू प्रकाशन वा प्रसारण गरेर, चर्को बहस गरेर, कसैको ऋण लिएर भाग्ने व्यापारीहरूको आलोचना गरेर, उनीहरूलाई ठग भनेर, अपराधी ठहर गरेर मात्र यो समस्या समाधान हुँदैन । यी कुराहरू गरेर मात्र यो समस्या समाधान हुँदैन । यो समस्या समाधान गर्नका लागि हामीले हाम्रो समाजको मनोविज्ञान, शिक्षा नीति, सरकारको नीति, संस्कृति, परम्परा आदिको बुझ्न र तिनको गम्भीरतापूर्वक अध्ययन गरी निराकरणका प्रभावकारी उपायहरू खोज्न आवश्यक छ ।

सहकारी संस्था, वित्तीय संस्था वा बैंकबाट कुनै व्यवसाय वा व्यापार गर्छु भनी ऋण लिने सबै बेइमान वा खराब नियतका हुँदैनन् । लगभग पाँच प्रतिशत जति ऋणी वा कुनै व्यवसाय वा व्यापार गर्छु भनी ऋण लिने व्यक्ति खराब नियतका हुन सक्छन् । जानीजानी सुनियोजित किसिमले त्यस्ता खराब नियत भएका व्यक्तिहरूले बैंक, वित्तीय संस्था वा सहकारी संस्था डुबाउने नियतका साथ ऋण लिएका हुन्छन् । उनीहरूको नियतमा नै खोट हुन्छ । उनीहरू व्यापार गरेर पैसा कमाउन होइन, निक्षेपकर्ताहरूको पैसा खाने किसिमबाट ऋणी बनेका हुन्छन् । तर बाँकी नब्बे प्रतिशत ऋणीहरू असल नियतका साथ, मनमा कुनै खोट नराखेर बैंक वा वित्तीय संस्थाहरू समक्ष ऋण लिन पुगेका हुन्छन्, ऋणी बनेका हुन्छन् । यस्ता ऋणीहरूको नियत आपूmले लिएको ऋण भुक्तान गर्ने रहेको हुन्छ तर उनीहरू कुनै कारणले गर्दा व्यवसायमा असफल हुन्छन् र ऋण दिन असर्मथ हुन्छन् । बेइमानहरूको श्रेणीमा दर्ज हुन पुग्छन् । यथार्थमा उनीहरू बेइमान हुँदैनन् । परिस्थिति (व्यापारिक असफलता) ले उनीहरूलाई बेइमान बनाइदिन्छ ।

अर्कोतिर ठगी गर्ने उद्देश्यले ऋण लिएर ऋण नतिर्ने र व्यवसाय गर्छु भनेर ऋण लिएको तर परिस्थिति (व्यापारिक असफलता) ले गर्दा ऋण तिर्न नसक्ने स्थितिमा पुगेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाहरूले हेर्ने दृष्टिकोण समान छ । समाजले समेत पनि यी दुवैथरीलाई समान किसिमले हेर्छ । समान किसिमले व्यवहार गर्छ । त्यति मात्र होइन, हाम्रो कानूनले पनि यी दुवैथरीलाई समान किसिमले हेर्छ । यथार्थमा यी दुई अलग प्रवृत्ति र परिवेशका व्यक्तिहरू हुन् । पहिलो किसिमको व्यक्ति ठग हो भने अर्को किसिमको व्यक्ति परिस्थितद्वारा लाचार बनाइएको हो । यथार्थमा दोस्रो किसमको व्यक्ति ठग होइन, एक सङ्घर्षशील व्यक्ति हो । केही गरौं भनेर व्यापारमा आएको व्यक्ति हो ।

किन हुन्छन् व्यापारी वा व्यवसायीहरू असफल ?
कुनै पनि व्यापारी वा व्यवसायीलाई व्यापारमा असफल तुल्याउने अनेक कारणहरू छन् । अनिश्चित व्यापारिक वातावरणस जस्तै–पेन्डेमिक, गृहयुद्ध, युद्ध, सरकारी नीतिमा परिवर्तन, राष्ट्रिय वा अन्तर्राष्ट्रिय आर्थिक मन्दीजन्य खास स्थितिले कुनै व्यापारीको व्यापार असफल पार्न सक्छ । त्यस्ता तŒवहरूलाई नियन्त्रण गर्न सकिंदैन तर पनि सरकारले राम्रो नियम, कानूनको व्यवस्था गरिदिएर त्यस्ता तŒवहरूबाट उत्पन्न कुअसर कम पार्न सहयोगी भूमिका निर्वाह गर्न सक्छ ।

यस आलेखमा भने केही त्यस्ता उपायबारे चर्चा गरिने छ जसको प्रयोग गरेर इमानदारीका साथ व्यापार गर्न आएका व्यापारीलाई असफल हुनबाट जोगाउन सकिन्छ । उनीहरूलाई अनेक किसिमका महŒवपूर्ण तथ्य, तथ्याङ्क, सूचना, एवं जानकारी प्रदान गरेर व्यापारमा सफल हुने उपायहरू देखाउन सकिन्छ ।

कुनै पनि व्यक्तिले व्यापार गर्नुपूर्व त्यस व्यापारसँग सम्बन्धित अनेक कुराको जानकारी लिनुपर्छ । अनेक किसिमका अध्ययन र अनुसन्धान गर्नुपर्छ । अनेक किसिमका तथ्याङ्क एवं तथ्य सङ्कलन गर्नुपर्छ । अनि मात्र व्यापार गर्ने निर्णय लिनुपर्छ । मनमा व्यापार गर्छु भन्ने लहड आएको भरमा व्यापार गर्नुहुँदैन । मनमा लहड आएको भरमा व्यापार गरेमा त्यस किसिमको व्यापार असफल हुने उच्च सम्भावना हुन्छ । हामीकहाँ मनमा लहड आएको भरमा व्यापार गर्ने चलन छ । यो कारणले पनि धेरै व्यक्ति व्यापारमा असफल हुन पुगेका छन् । ऋणदाता (बैंक, वित्तीय संस्था, सहकारी संस्था आदि) को ऋण चुक्ता गर्न असमर्थ हुन पुगेका छन् । बेइमान कहलिएका छन् ।

कुनै व्यक्तिले उदाहरणका लागि, वीरगंजमा होटल व्यवसाय सञ्चालन गर्न खोजेको छ भने उसले ‘वीरगंजमा होटल व्यवसाय’ सम्बन्धी राम्रो अनुसन्धान गर्न आवश्यक हुन्छ । राम्रो अध्ययन गर्न आवश्यक हुन्छ । जस्तै वीरगंज आएर होटलमा बस्न खोज्नेहरूको दैनिक सङ्ख्या, बसाइको अवधि, उनीहरूको क्रय शक्ति, भौतिक आवश्यकता, सामाजिक व्यवहार, खानपिन आदिबारे राम्रो जानकारी हासिल गर्नुपर्छ । घुमफिर गर्न, भेटघाट गर्न, सभा–सम्मेलन गर्न वा के उद्देश्यका साथ वीरगंज आउने गर्छन्, त्यसबारे जानकारी राख्नुपर्छ । यसैगरी एक्लै आउने, परिवारमा आउने, समूहमा आउनेहरू वा कुन किसिमबाट आउनेहरूको सङ्ख्या ठूलो र नियमित छ, त्यसबारे पनि जानकारी राख्नुपर्छ । यस्ता अनेक सूचना, जानकारी, तथ्य एवं तथ्याङ्क सङ्कलन गरेर, अध्ययन एवं विश्लेषण गरेर, अनि त्यस किसिमको व्यापार गर्दा फाइदा हुने देखिएपछि मात्र व्यापार गर्ने वा वीरगंजमा होटल व्यवसाय आरम्भ गर्ने निर्णय गर्नुपर्छ । लहड वा हावाको भरमा कुनै पनि व्यापार वा उद्योग स्थापना एवं सञ्चालन गर्नुहुँदैन ।

कुनै पनि उद्यमी वा व्यापारीलाई वा आवश्यक पर्ने व्यापारसँग सम्बन्धित अनेक किसिमका सूचना, जानकारी, तथ्य एवं तथ्याङ्क उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारको हो । त्यसपछि यो जिम्मेवारी प्रदेश सरकार हो । अनि त्यसपछि यो जिम्मेवारी सङ्घीय सरकारको हो । यस्तै किसिमका उपयोगी सूचना, जानकारी, तथ्य, तथ्याङ्क आदि सम्बन्धित पक्ष (व्यापारी वा व्यापार गर्न खोज्ने व्यक्ति) हरू लाई उपलब्ध गराउन स्थानीय एवं प्रान्तीय सरकारको व्यवस्था एवं स्थापना गरिएको हो । स्थानीय एवं प्रादेशिक सरकारको स्थापना राजनीति गर्न वा जनतामाथि शासन गर्नका लागि भएको होइन अपितु स्थानीय विकासका कार्यमा सहयोगी भूमिका निर्वाह गर्नका लागि भएको हो ।

आप्mनो क्षेत्रभित्र सञ्चालित सबै किसिमका उद्योग, व्यापार एवं व्यवसायबारे जानकारी स्थानीय सरकारहरूले अनिवार्य रूपले राख्नुपर्छ । कुनै व्यक्ति (व्यापारी वा व्यापार गर्न खोज्ने) ले उद्योग एवं व्यापारसँग सम्बन्धित जानकारी माग्न आए उपलब्ध गराउनु पर्छ । माथि भनिएको उदाहरणमा होटल सँग सम्बन्धित जानकारी सम्बन्धित पक्षलाई स्थानीय सरकारले उपलब्ध गराउनुपर्छ ।

उद्योग वा व्यापार सञ्चालन गरिरहेका वा गर्न खोज्नेहरूलाई आवश्यक पर्ने अनेक सहयोग उपलब्ध गराउने प्रथम कर्तव्य स्थानीय सरकारको हो । स्थानीय सरकारले नियमितरूपमा ‘बजार सूचना’ सम्बन्धित पक्ष (उत्पादक, वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता, ग्राहक)हरूलाई उपलब्ध गराउनुपर्दछ । यसैगरी आप्mनो क्षेत्रभित्रका उद्योगी एवं व्यापारीहरूको स्थितिबारे जानकारी पनि स्थानीय सरकारले राख्नुपर्छ । उनीहरूलाई कुनै किसिमको समस्या परेको छ भने त्यो समस्या कसरी समाधान गर्नेबारे सल्लाह पनि स्थानीय सरकारले दिनुपर्छ । सहयोग गर्नुपर्छ । उदाहरणका लागि कुनै उद्योग ऊर्जा आपूर्ति अनियमित भएको कारणले गर्दा घाटा खाने स्थितिमा पुगेको छ भने त्यस किसिमको उद्योगको लागि ऊर्जा आपूर्ति नियमित गरिदिने कार्य वा जिम्मेवारी पनि स्थानीय सरकारको हो ।

कस्तो व्यापार अहिले उच्च जोखिममा छ, कस्तो व्यापारको भविष्य अनिश्चित छ, कस्तो व्यापारको भविष्य राम्रो छ, कस्तो व्यापार गर्दा व्यवसायीलाई तत्काल फाइदा हुन्छ, कस्तो व्यापार गर्दा तत्काल होइन भविष्यमा फाइदा हुने स्थिति छ, कस्ता उद्योग वा व्यापारको स्थापना तत्काल होस् भनेर ग्राहकहरूले माग गरिरहेका छन्, यस्ता अनेकौं जानकारी स्थानीय सरकारले सम्बन्धित पक्ष (उद्योगी एवं व्यापारी) लाई नियमित उपलब्ध गराउनुपर्दछ ।

उद्योगी एवं व्यापारीहरूले सम्बन्धित पक्षबाट राम्रो सहयोग नपाएको कारणले गर्दा पनि हामीकहाँ अनेक उद्यमी एवं व्यापारी व्यापारको क्रममा असफल हुन पुग्छन् । स्थानीय, प्रादेशिक एवं सङ्घीय सरकारले व्यापार गर्ने व्यक्ति वा व्यापार गर्न खोज्ने व्यक्ति, दुवैथरीलाई समयमा नै आवश्यक सहयोग गर्ने हो भने धेरै उद्योगी एवं व्यापारीहरूलाई असफल हुनबाट जोगाउन सकिन्छ । ‘बेइमान ऋणी’ बन्नबाट जोगाउन सकिन्छ । सहरकारी संस्था, बैंक एवं वित्तीय संस्थाहरूलाई ‘असुल उपर हुन नसक्ने कर्जा दिएको कारण’ डुब्ने स्थितिबाट जोगाउन सकिन्छ ।
सरकार (स्थानीय, प्रादेशिक, सङ्घीय) बाट खासै सहयोग नपाएर वा सहयोगविहीन भएर पनि अनेक उद्योगी, व्यापारी एवं व्यवसायीहरू अहिले असफल हुने स्थिति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here