अत्यधिक गर्मीका कारण कक्षाकोठामा छात्राहरू बेहोश, महानगरका विद्यालय दुई दिनका लागि बन्द

प्रस, पोखरिया, ७ असोज/
अत्यधिक गर्मीका कारण पोखरियामा आठजना छात्रा बेहोश भएका छन् । पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालयमा अध्यनरत आठजना छात्रा गर्मीका कारण बेहोश भएका हुन् ।

अत्यधिक गर्मीका कारण कक्षा ७ मा अध्यनरत सोनु ठाकुर र लालसाकुमारी यादव, कक्षा ९ की नेहा कुमारी, मनीताकुमारी यादव, अन्तिमाकुमारी राम, चन्दाकुमारी ठाकुर, निश्मा कुशवाहा, साजदा खातुन अत्यधिक गर्मीका कारण बेहोश भएका हुन् ।

बेहोश भएपछि छात्राहरूको पोखरिया अस्पतालमा उपचार गरिएको थियो । अहिले छात्राहरूको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

केही दिनदेखि अत्यधिक गर्मी बढेपछि पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानले नगरभरिका विद्यालयहरूलाई तीन दिन बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् । तर जिल्ला उच्चाङ्गल माविमा बिहान ११ बजेदेखि कक्ष्Fा सञ्चालन गरिएको कारण अत्यधिक गर्मीले छात्राहरू बेहोश भएका थिए । जिल्ला उच्चाङ्गल मावि बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन हुँदै आएको छ । नगरप्रमुख चौहानले सो विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

यसैबीच, वीरगंज महानगरपालिका कार्यालयले महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरू असोज ८ र ९ गते दुई दिन बन्द गर्ने निर्णय गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सूचना जारी गर्दै अत्यधिक गर्मीको कारण महानगरका सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्न निर्देशन दिएका छन् । उनले विद्यार्थीहरूलाई आवश्यक गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण सिर्जना गराइ दुई दिन विद्यालय बन्द गर्न आग्रह गरेका हुन् ।

प्रस, बिरुवागुठी/
पर्सागढी नगरपालिकाले असोज ८ देखि १६ गतेसम्म नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहान गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरिकिशोरप्रसाद चन्द्रवंशीले सोमवार सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असोज ८ देखि १६ गतेसम्म बिहान ६ देखि ११ः३० बजेसम्म कक्ष्Fा सञ्चालन गर्ने निर्णय भए अनुसार सोअनुरूप कार्य गर्न निर्देशन दिएका छन् ।

प्रस, पंचगावाँ/
पटेर्वासुगौली गाउँपालिका–२ स्थित नेरामावि रङ्गपुरटाँडीमा कक्षा २ मा अध्ययनरत छात्रा सञ्जीला कुमारी बेहोश भएकी छन् । अत्यधिक गर्मीको कारण विद्यालयमा अध्ययन गरिरहेको बेला उनी एक्कासि बेहोश भएकी हुन् ।

गापा कार्यालयले गर्मीको कारण विद्यालयमा विद्यार्थीहरू बेहोश हुने घटना बढेको देखिएपछि असोज ८ गतेदेखि बिहानी कक्ष्Fा शुरू गर्न निर्देशन दिएको छ । गापा कार्यालयले सूचना प्रकाशित गरी असोज ८ गते मङ्गलवारदेखि बिहान ६ बजेदेखि कक्ष्Fा सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here