• अनन्तकुमार लाल दास

आजको प्रतिस्पर्धात्मक युगमा शिक्षालाई यदि व्यावहारिक जीवनसँग जोडियो भने त्यो बढी उपलब्धिमूलक हुन सक्छ । यसो भन्नु पछाडिको एकमात्र कारण के हो भने आजको विद्यार्थीलाई इन्टरनेटको माध्यमले विश्वको जानकारी त प्राप्त भइरहन्छ तर आप्mनै छेउछाउ, गाउँ वा शहरबजारमा के भइरहेको छ, भन्नेबारे न्यूनतम जानकारी पनि हुँदैन । वर्तमान पुस्तालाई पुस्तकको बोझबाट बाहिर निकाल्ने खाँचो छ । यसका लागि एउटा शिक्षकले सक्रियता देखाएमा पाठ्यक्रमले दिन खोजेको उपलब्धि उनीहरूलाई प्रदान गर्न सकिन्छ र उनीहरूलाई स्थानीयतासँग सजिलै जोड्न पनि सकिन्छ ।

आज पाठ्यक्रम भित्रैबाट यस्ता थुप्रै क्रियाकलापहरू गर्न सकिन्छ जसले उनीहरूको किताबी ज्ञानलाई झन् परिपक्व र रोचक बनाउँछ । यस्ता क्रियाकलापहरू गर्दा स्थानीय मानिस, सङ्घसंस्था वा सम्बन्धित निकायको मदत लिन सकिन्छ । जस्तै गाउँ वा शहरको जनसङ्ख्या पत्ता लगाउनु । त्यहाँ कति पुरुष, कति महिला, कति केटाकेटीहरू छन् । उनीहरूको शैक्षिक योग्यता, व्यवसाय तथा दक्षता विद्यार्थीहरूका लागि रोचक र ज्ञानवद्र्धक हुन सक्छ ।

विद्यार्थीहरूलाई आआप्mनो गाउँ वा शहरको नक्शा बनाउन दिने । सो नक्शाभित्र त्यहाँ रहेका महŒवपूर्ण ठाउँहरूस जस्तै–बढी जनघनत्व भएका बस्ती, विद्यालयहरू, खेत, नदी, पहाड आदि सङ्केतको माध्यमले देखाउने अभ्यास गर्न लगाउने । यसबाट उनीहरूलाई आप्mनो गाउँ–शहरबारे धेरै कुरो जान्न मदत पुग्छ । त्यसैगरी विज्ञान अन्तर्गत विद्यालयमा भएको वर्षामापक यन्त्र र तापमान मापक यन्त्रको अध्ययन गर्न र एक सातासम्म अध्ययन गरेको एउटा चार्ट तयार गर्न लगाउन सकिन्छ । त्यस्तै विभिन्न मौसमको रेकर्ड पनि राख्न सकिन्छ । यसबाट औसत हावापानीको अनुमान लगाउन सकिन्छ । हावापानीमा कस्तो र कुन मौसममा कसरी परिवर्तन आउँछ भन्ने कुरा सजिलै थाहा हुन्छ ।

त्यस्तै हाम्रो गाउँ वा शहर अन्य गाउँ वा शहरसँग कसरी जोडिएको छ र त्यहाँसम्म पुग्ने साधनहरू के–के छन् ? कुन साधन प्रयोग गरि पुग्न सक्छौं ? त्यो ठाउँमा सडक नभएको कारण के–के कठिनाईहरूको सामना गर्नुपर्छ ? यसरी उनीहरूलाई यातायातको साधन, त्यसको प्रयोग र कसरी त्यसले विकास कार्यमा सघाउ पु¥याउँछ भन्नेबारे विद्यार्थीहरूलाई थाहा हुन्छ ।

यसैगरी आप्mनो छरछिमेकमा रहेका कुनै तीर्थस्थल, कुनै पर्यटकीय स्थल, कुनै स्थानीय दृष्टिकोणले महŒवपूर्ण ठाउँ, औद्योगिक दृष्टिकोणले महŒवपूर्ण ठाउँहरूको अध्ययन भ्रमण गर्न विद्यार्थीहरूको समूह तयार गरी गर्न प्रेरित गर्नुपर्छ । त्यस्तै त्यहाँ पाइने स्थानीय जनावरहरूको पनि अध्ययन गर्न लगाउनुपर्छ । यसबाट विद्यार्थीहरूलाई गाईले मात्र दूध दिंदैन, यसको गोबर र मूत्र पनि काम लाग्ने वस्तु हो । यस्ता सर्वेक्षणको बेला विद्यार्थीहरूलाई मानिसप्रति मात्र होइन, जनावरहरूप्रति पनि दयाभाव राख्नुपर्छ किनभने उनीहरू पनि हाम्रा लागि त्यतिकै लाभदायक हुन् भन्ने भावना पनि जगाउनुपर्छ ।

यसका साथै विद्यार्थीहरूसँग स्थानीय गीत, उखान–टुक्का, विभिन्न जातिका लोककथाहरू पनि सङ्कलन गर्न लगाउनुपर्छ । उनीहरूले कुनै खास समुदाय बहुल इलाकामा यस्ता धेरै कुरा पाउन सक्छन् । आपूmभन्दा ठूलाबडासँग यस्ता थुप्रै जानकारी पाउन सक्छन् जुन उनीहरूका लागि प्रेरणाको स्रोत हुन सक्छ ।

स्थानीय भाषाका एक हजारदेखि पाँच हजार शब्दको एउटा सानो शब्दकोष पनि विद्यार्थीहरूको सहयोग लिई बनाउन सकिन्छ । यसका लागि शिक्षकहरूले विद्यार्थीहरूलाई विभिन्न विषयवस्तु दिएर त्यसका बीस–बीसवटा शब्द सङ्कलन गर्न लगाउन सकिन्छ । स्थानीय भाषामा थुप्रै अन्य भाषाका शब्दहरू पनि हुन्छन् । केही यस्ता शब्द पनि हुन सक्छ जसको समानानार्थी शब्द छैन । यसबाट विद्यार्थीहरूलाई स्थानीय समृद्ध परम्पराको ज्ञान प्राप्त हुन्छ जसले एक अर्कालाई जोड्न मदत गर्छ ।

यसबाहेक विद्यार्थीहरूलाई कृषिसँग जोडिएको मान्यता, हावापानीसँग जोडिएको मान्यता आदिबारे ज्ञान हासिल हुन्छ । यी यस्ता मान्यता हुन् जुन अनुभवले प्राप्त हुन्छ । यस ज्ञानको आधारमा वर्तमानको सत्यतासँग तुलना गर्न सकिन्छ । यसबाहेक गाउँको सिमानामा कुन–कुन जनावर पाइन्छ । ती पशुपक्षी, कीराआदिको विस्तृत अध्ययन गर्न सकिन्छ । जस्तै चराहरू अन्नबालीलाई एकातर्पm नोक्सान पु¥याउँछन् भने अर्कोतर्पm त्यसको मल उत्तम खाद पनि हुन्छ । यस्ता अध्ययनले एक अर्काबीचको सम्बन्ध पनि थाहा हुन्छ ।

कसरी स्थानीय मानिसले बोटबिरुवाको उपयोग गर्छन् भन्ने कुरा विद्यार्थीहरूलाई थाहा हुन्छ । जस्तै कुनकुन बोटबिरुवा इन्धनका लागि, कुनकुन जडीबुटीका लागि, कुनकुन चरनका लागि प्रयोग गरिन्छ । त्यसैगरी बोटबिरुवा, माटो, पानी, पशुपक्षीबीच कस्तो सम्बन्ध हुन्छ भन्ने कुरा पनि ज्ञात हुन्छ ।

कृषिसम्बन्धी अध्ययनबाट विद्यार्थीहरूले किन उत्पादनमा कमी देखा परिरहेको छ ? आज कुनकुन अन्नबालीको उत्पादन भइरहेको छ ? कसरी रासायनिक खादको उपयोगले अन्नबालीलाई स्वास्थ्यको दृष्टिले अनुपयुक्त बनाइरहेको छ ? मिश्रित कृषि प्रणाली र एकल कृषि प्रणालीबीच के फरक छ आदि थुप्रै विषयमा जानकारी हासिल गर्न सकिन्छ । यस अध्ययनले विद्यार्थीहरूलाई के गर्नु उचित हुन्छ भन्ने कुराको पनि ज्ञान दिन्छ ।

यस्तै पानी संरक्षणसम्बन्धी अध्ययनले विद्यार्थीहरूलाई यसको महŒवबारे बताउँछ भने हाम्रो समुदायमा पानीको वर्तमान स्थितिबारे जानकारी प्रदान गर्छ । यस अध्ययनबाट के पनि थाहा हुन्छ भने जुन घरमा पहिले पानीको अभाव थियो, आज पाइपको माध्यमले प्राप्त भइरहेको छ । कहीं स्थानीय तलाउमा पानी घटेको छ भने कहीं पानी नै छैन । कहीं पानीले त्रासदीको रूप लिएको छ । यी सबै कुराको तत्कालीन र दीर्घकालीन प्रभावको तुलनात्मक अध्ययन पनि गर्न सकिन्छ ।

यसबाहेक स्थानीय कारीगरहरूको अध्ययनले स्थानीय तहमा उत्पादन भइरहेका घरेलू सामग्री र त्यसको प्रयोगबारे हामीले ज्ञान हासिल गर्न सक्छौं । ती कारीगरहरूले भोग्नुपरेका अप्ठ्यारा पनि हामीलाई थाहा हुन्छ । उनीहरूले कसरी ती सामग्री उत्पादन गर्छन् र त्यसका लागि कस्तो स्थानीय सामग्री प्रयोग गर्छन् भन्ने कुराको पनि ज्ञान हासिल हुन्छ । यसैगरी गाउँ वा शहरका मानिसले कसरी आवश्यक सामग्री प्राप्त गर्छन् भन्ने कुराको पनि अध्ययन गर्न सकिन्छ । ती सामग्रीहरूको सूची बनाउन सकिन्छ । कुन सामग्री गाउँलेहरूका लागि र कुन सामग्री शहरियाहरूका लागि महŒवपूर्ण हुन्छ ? उनीहरू ती सामग्री कसरी प्राप्त गर्छन् ? कुन सामग्री हाम्रो आधारभूत आवश्यकता हो र कुन होइन ? यस्ता कुराको पनि जानकारी हुन्छ ।

गाउँलेहरूले कस्तो व्यवसाय गर्छन् ? गाउँलेहरूले आप्mनो उत्पादनको सही मूल्य पाउँछन् वा पाउँदैनन् भन्ने कुरा पनि अध्ययनबाट जान्न सकिन्छ । मूल्य र दाममा के फरक छ ? कुनै पनि वस्तुको मूल्य ठाउँ अनुसार फरक–फरक किन हुन्छ ? यसको दीर्घकालीन असर के हुन सक्छ ? मूल्य र दामबीचको फरकबारे विद्यार्थीहरूको ध्यानाकर्षण गराउनु उनीहरूका लागि लाभकारी हुन सक्छ ।

स्थानीय वास्तुकला सम्बन्धमा पनि विद्यार्थी तथा शिक्षकहरूद्वारा विस्तृत अध्ययन गर्न सकिन्छ । यस प्रकारको अध्ययनमा केही कलासँग सम्बन्धित हुन्छ भने केही परम्परासँग । आर्थिक र हावापानीको दृष्टिकोणले यसको महŒवबारे पनि अध्ययन गर्न सकिन्छ । यस प्रकारको अध्ययनले विद्यार्थीहरूको समझ प्रस्ट र दृष्टिकोण सही हुन्छ ।

यस आलेखमा किताबी ज्ञानलाई कसरी व्यावहारिक बनाउने भनी शिक्षकहरूका लागि केही सङ्केत गरिएको छ । उपर्युक्त बुँदाहरूमाथि कैयन प्रकारको क्रियाकलाप गर्न सकिन्छ । यस्ता क्रियाकलापहरूलाई पाठ्यक्रममैं समावेश गरिएको छ, तर विडम्बना के छ भने विद्यालयहरू यस्ता क्रियाकलाप गराउँदैनन् । विद्यार्थीहरूको सहभागिता पनि यस्ता क्रियाकलापमा न्यून नै देखिएको छ किनभने अभिभावकले यसलाई बेकारको क्रियाकलाप ठान्छन् तर प्रायोगिक अङ्क उनीहरूलाई पूर्ण नै चाहिन्छ र विद्यालयहरूले पनि यस्ता क्रियाकलाप नगराइकनै अङ्क दिने गरेका छन् । यसतर्पm सम्बन्धित निकाय मौन देखिएको छ । अब त हरेक विषयमा प्रायोगिक कार्य अनिवार्य गरिएको छ र विद्यार्थीले गरेको खण्डमा पूर्ण अङ्क दिने प्रावधान पनि रहेको छ । यस्ता क्रियाकलाप गर्दा विद्यार्थीहरूले शिक्षाका चारवटै प्रक्रिया लेखाइ, पढाइ, बोलाइ, सुनाइको पनि व्यावहारिक ज्ञान प्राप्त गर्छन् । यसबाहेक अन्य विषयहरूस जस्तै–सामाजिक, विज्ञान, भूगोल, पर्यावरण, गणित आदिको पनि व्यावहारिक ज्ञान प्राप्त गर्छन् ।

शिक्षकहरू जुन जानकारीलाई भार ठान्छन् सोही कार्य उनीहरूको पाठ्यक्रमको एउटा हिस्सा बन्न पुगेको छ । यसबाट विद्यार्थीहरूमा अभूतपूर्व प्रतिभाको विकास हुन्छ । यस प्रकारको क्रियाकलापबाट शहर र गाउँ नजीक आउँछन् । विद्यार्थीहरूको आत्मविश्वास बढ्छ । उनीहरू पढाइलाई व्यावहारिक जीवनसँग जोड्न सक्छन् र स्थानीय ज्ञानप्रति सजग भएर जस्तै समस्या समाधान गर्न सिपालु हुन्छन् । यसतर्पm स्थानीय सरकारले पनि चासो लिनुपर्ने खाँचो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here