प्रस, वीरगंज, ३ असोज/
वीरगंज महानगरपालिका–१५ लछुमनवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादव प्रदेशस्तरीय खेल खेल्ने क्रममा घाइते भई विगत दुई सातादेखि काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।

खेलका क्रममा घाइते भएका कबड्डीका राष्ट्रिय खेलाडी यादवको उपचारमा अहिलेसम्म कुनै सरकारले चासो राखेका छैनन् । उनको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइते भाइको उपचारमा नेपाल राष्ट्रिय कबड्डी सङ्घ तथा मधेस प्रदेश कबड्डी सङ्घले उपचारमा कुनै सहयोग नगरेको सागरका दाजु जयशङ्कर यादवले बताए ।

उनको उपचारमा अहिलेसम्म पाँच लाख खर्च भएको उनले बताए । सङ्घ, प्रदेश र वीरगंज महानगर गरी तीनै तहका सरकारले चासो नलिएको दाजु यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here