नितेश कर्ण, वीरगंज, ३ असोज/
इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४–१९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ ।

बिहीवार वीरगंजमा प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा इन्फिनिटी ड्रिम्स मधेस युनाइटेडकी प्रमुख प्रशासकीय अधिकृत संज्ञा श्रेष्ठले नेपाली भलिबलको इतिहासमैं पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिगको पहिलो संस्करण हुन गइरहेको बताइन् । उनले एभरेस्ट महिला भलिबल लिगमा छवटा टोली सहभागी हुने जानकारी गराइन् ।

प्रतियोगितामा मधेस प्रदेशबाट मधेस युनाइटेड टीम सहभागी हुने उनले बताइन् । सबै टोलीमा १२ जना खेलाडी सहभागी रहने र त्यसका लागि युनाइटेडबाट आठजना नेपाली र तीनजना विदेशी खेलाडी छनोट भइसकेका र एकजनाको छनोट बाँकी रहेको उनले जानकारी दिइन् ।

उनले एकजना खेलाडीलाई मधेस युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरी छनोट गर्ने बताइन् । मधेस युनाइटेडबाट निरुता ठगुन्ना, सङ्गम महतो, शान्तिकला तामाङ, पूजा थारू, जसना महतो, हीरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री, कालिनोभा यभजेनिया, योस्रा जेरामदिनी र जिनी कोभात सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताइन् ।

पत्रकार सम्मेलनमा मधेस युनाइटेड टीमका सञ्चालक रोहित अग्रवाल, अनुज रूँगटा, दीपेश अग्रवाल, सञ्जय अग्रवाललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here