प्रस, वीरगंज, ३ असोज/
संविधान दिवसको अवसरमा ज्ञानदा एकेडेमीले बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको उद्घाटन गर्दै रोटरी क्लब अफ वीरगंजका अध्यक्ष निर्मल खत्रीले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्तीका लागि खेल आवश्यक भएको बताए । उनले अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा पनि ज्ञानदाले विशेष ध्यान केन्द्रित गरेको बताए ।

एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कोइरालाले विद्यार्थीहरूलाई अध्ययनका साथै खेलकूदमा पनि अग्रसर बनाउने नीतिअनुरूप प्रतियोगिताहरू आयोजना गर्दै आएको बताए । उनले खेलकूदबाट विद्यार्थीहरूमा अनुशासनको अभ्यास पनि हुने र यसले शारीरिकरूपमा पनि तन्दुरुस्त राख्न मदत पु¥याउने बताए । अहिले खेलको माध्यमबाट पनि देशको पहिचान विदेशमा बढेको भन्दै उनले विद्यालय तहदेखि यसको अभ्यासबाट भविष्यमा विद्यार्थीहरूलाई खेलाडी बन्न सजिलो हुने बताए ।

कार्यक्रममा डा शाश्वत प्रसाद, डिडी केडिया, सोहन पोद्दार, योगेश जयसवाल, विवेक पटेल, डा आनन्दकुमार झा, लगायतको सहभागिता थियो ।

प्रतियोगितामा ज्ञानदा एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल, श्री ३ चन्द्र मावि कलैया, बाल एकता मावि, दिल्ली पब्लिक स्कूल सहभागी थिए । आज भएको पहिलो खेलमा ग्यालेक्सी पब्लिक स्कूलले श्री ३ चन्द्र माविलाई पराजित ग¥यो । यसैगरी, दोस्रो खेलमा ज्ञानदा एकेडेमीले दिल्ली पब्लिक स्कूललाई पराजित ग¥यो भने तेस्रो खेलमा ग्यालेक्सी पब्लिक स्कूलले बाल एकता माविलाई पराजित ग¥यो । चौथो चरणको खेलमा ज्ञानदा र श्री ३ चन्द्रले बराबरी अङ्कमा खेले । प्रतियोतिाका बाँकी खेल भोलि शुक्रवार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here