नेपालमा सहकारी विवाद अहिले चुलिएको मात्र छैन, भीषण बाढी आएजस्तो भएको छ । र यो बाढीले त्यस्ता नेताहरूलाई समेत बगाएको छ, जो देशलाई सुशासन दिन्छु भनेर राष्ट्रिय राजनीतिमा आएका थिए । चुनावमा विजयी भएका थिए ।
जो पहिलेदेखि नै भ्रष्ट नेताको रूपमा दुर्गन्धित भएका छन्, आर्थिक भ्रष्टाचारमा कुख्याती कमाएका छन्, उनीहरूको लागि यो बाढीको कुनै अर्थ छैन । यस्तो बाढीले उनीहरूलाई बगाउँदैन पनि । अर्थात् उनीहरूको लागि बेइज्जति ठूलो कुरा होइन । उनीहरूको लागि ठूलो कुरा भनेको केवल पद र पैसा मात्र हो । उनीहरूलाई जनताले यी पद र पैसाजीवी हुन् भनेर चिनेको पनि छ । तर जो नेताहरूले आप्mनो व्यक्तित्व एक इमानदार नेताको रूपमा निर्माण गरेका थिए, उनीहरूलाई भने यो सहकारी विवादले निकै पछिसम्म पछ्याइरहने छ । उनीहरूको राजनीतिक भविष्य अनिश्चित हुनेछ, बर्बाद नै पनि हुन सक्नेछ ।
यो आलेखमा कुनकुन नेता सहकारी विवादमा भ्रष्टाचारीको रूपमा देखिए तथा सूर्य थापाको अध्यक्षतामा गठित सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानबीन समितिले आप्mनो प्रतिवेदनमा केके उल्लेख ग¥यो ती विषयहरूमा चर्चा गरिने छैन । संसदीय विशेष छानबीन समितिले आप्mनो प्रतिवेदनमा केके उल्लेख गरेको छ त्यससँग सम्बन्धित अनेक समाचार, विचारहरू आवश्यकताभन्दा बढी प्रसारित र प्रकाशित भइसकेका छन् । र त्यो क्रम अहिले पनि जारी नै छ । उक्त प्रतिवेदन देखाएर एउटा नेताले अर्को नेतालाई दोषी भन्ने, महाभ्रष्टाचारी ठहर गर्ने क्रम पनि जारी छ । एउटा नेताले अर्को नेतामाथि हिलो फाल्ने क्रम रोकिएको छैन ।
अहिले सहकारी विवादभन्दा पनि महŒवपूर्ण विषय ‘हाम्रो देशमा ठूल्ठूला आर्थिक भ्रष्टाचार किन हुन्छ ? हुन पुगेको छ । नेपालमा सहकारीलगायत अन्य ठूला–ठूला आर्थिक भ्रष्टाचार किन र कसरी हुन्छ त्यसबारे चिन्तन र मनन गर्नुपर्ने भएको छ । अहिले, यो चर्चित सहकारी भ्रष्टाचारमा लाख होइन, करोड होइन, अर्बौं रुपियाँको भ्रष्टाचार भएको छ । हजारौ गरीब एवं साना बचतकर्ताहरूको निक्षेप डुबाउने काम भएको छ ।
हाम्रो देशमा भ्रष्टाचार हुनुको मुख्य कारण हाम्रो समाज नै भ्रष्ट हुनु हो । हाम्रो समाज नै भ्रष्ट भएकोले हाम्रो समाजले उत्पादन गर्ने प्रशासक, कर्मचारी, नेता, कार्यकर्ता, वकिल, प्राध्यापक, चिन्तक, विचारक, समाजिक कार्यकर्ता आदि पनि भ्रष्ट हुन्छन् । कारखाना असल भए मात्र त्यसले असल वस्तु उत्पादन गर्छ, स्तरीय वस्तु उत्पादन गर्छ । कारखाना खराब भएमा त्यसले वस्तु खराब र स्तरहीन उत्पादन गर्छ । हाम्रो समाज भ्रष्ट भएको हुनाले नै हाम्रो समाजले उत्पादन गरेको बहुसङ्ख्यक प्रशासक, कर्मचारी, नेता, कार्यकर्ता, वकिल, प्रध्यापक, चिन्तक, विचारक, समाजिक कार्यकर्ता आदि पनि भ्रष्ट छन् ।
हामीलाई हाम्रो आवश्यकता वा बाध्यताले होइन, समाजले नै आर्थिक भ्रष्टाचार गर्न सिकाउँछ । अर्थात् हाम्रो समाज भ्रष्टाचारमा अति कुशल भएकोले कुनै पनि व्यक्तिले समाजबाट नै भ्रष्टाचार सजिलै सिक्न सक्छ । कुनै पनि व्यक्तिलाई भष्ट्राचार गर्न हाम्रो समाजले नै प्रेरित गर्छ । भ्रष्टाचार गर्ने तरीकाहरू सिकाउँछ । यो भनाइको अर्थ के हो भने सेवाग्राहीले नै सेवा प्रदायक (व्यक्ति वा संस्था) लाई घूस दिएर भ्रष्टाचार गर्न सिकाउँछ । भ्रष्टाचार गर्ने अनेक बाटाहरू देखाउँछ । उत्प्रेरित गर्छ ।
हाम्रो समाजमा आर्थिक भ्रष्टाचारले सामाजिक मान्यता पाएको छ । दैनिक जीवनमा आर्थिक भ्रष्टाचार गर्नेहरूलाई अपराधीको रूपमा हेर्ने र सोही अनुरूप व्यवहार गर्ने चलन हाम्रो समाजमा छैन । उल्टो, जति ठूलो आर्थिक भ्रष्टाचारी छ सोही अनुसार उसलाई ठूलो मान, पदवी, सम्मान एवं पुरस्कार दिने चलन छ ।
कुनै गरीब, जसले इमानदार भएर बाँच्ने क्रममा केवल एउटा फुसको झोपडी मात्र बनाउन सकेको छ भने हामी त्यस्तो गरीबको झोपडीमा जाँदा बेइज्जत गएको अनुभव गर्छौ तर कुनै धनी, जसले जनता र सरकारलाई ठगेर, भ्रष्टाचार गरेर, महल बनाउन सफल भएको छ, त्यसको महलमा जाँदा ठूलो इज्जत पाएको अनभूत गर्छौं । गर्व गर्छौं । यस्तो व्यवहार गरेर हामीले भ्रष्टाचारीहरूलाई ठूलो इज्जत दिएकोमा हामीलाई ग्लानि पनि हुँदैन । हामीले यस्तो गर्दा कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण । केवल नियम, कानून, जेल, सजाय आदिको भय देखाएर मात्र आर्थिक भ्रष्टाचार नियन्त्रण हुँदैन, निर्मूल हुँदैन ।
आर्थिक भ्रष्टाचार हाम्रो संस्कृति बनिसकेको छ, जीवनशैली बनिसकेको छ । यसर्थ पनि हाम्रो देशमा ठूला–ठूला आर्थिक भ्रष्टाचार हुन्छन् । यदि आर्थिक भ्रष्टाचारले सामाजिक मान्यता नपाएको भए यति ठूलो सङ्ख्यामा भ्रष्टाचार हुने थिएन । निर्लज्ज भएर व्यक्तिहरूले आर्थिक भ्रष्टाचार गर्ने थिएनन् ।
जसरी चोरी गर्नु, बलत्कार गर्नु, हत्या गर्नु गम्भीर अपराध हो, आर्थिक भ्रष्टाचार गर्नु पनि त्यस्तै गम्भीर अपराध हो । यस किसिमको बोध जनजनमा हुन सकेको छैन । भ्रष्टाचारले सामाजिक मान्यता पाएकोले उल्टो आर्थिक भ्रष्टाचार गर्नुलाई बहादुरीको रूपमा लिइएको छ। आर्थिक भ्रष्टाचार बहादुरीको पर्याय बन्न पुगेको छ । सफलताको जग बन्न पुगेको छ ।
हाम्रो समाजले गरीब एवं इमानदार व्यक्तिलाई इज्जत नदिने, धनीहरूलाई मात्र इज्जत दिने चलन पनि हाम्रो देशमा भ्रष्टाचार वृद्धिको महŒवपूर्ण कारण बन्न पुगेको छ । धनीहरूले तुलनात्मकरूपमा मान, सम्मान, इज्जत अति पाउने तर गरीबहरूले समाजबाट हेला, तिरस्कार, अपमान पाउने हुनाले गरीबीबाट छुटकारा पाउन भ्रष्टाचार गरेर नै भए पनि धनी हुनुपर्ने वा धनी हुन भगीरथ प्रयत्न गर्नुपर्ने बाध्यात्मक स्थिति हाम्रो समाजले नै सृजना गरिदिएको छ । अर्थात् आर्थिक भ्रष्टाचार गरेर नै भए पनि, गरीबीबाट मुक्ति पाउनुपर्ने स्थिति हाम्रो समाजले सृजना गरिदिएको छ । यस अर्थमा हाम्रो देशमा आर्थिक भ्रष्टाचारको सम्बन्ध सामाजिक मनोविज्ञानसँग पनि छ ।
हाम्रो समाजमा आर्थिक भ्रष्टाचार हाम्रो जीवन पद्धतिको एउटा अङ्ग बन्न पुग्नुको अर्को महŒवपूर्ण कारण हाम्रो सामाजिक शिक्षा पनि हो । हामी आप्mना सन्तानलाई घरमा दिने शिक्षा र आर्थिक भ्रष्टाचारबीच गहिरो सम्बन्ध छ । हामीले हाम्रा सन्तानलाई असल होइन, ठूलो हुने शिक्षा दिन्छौं । बालबालिकाहरूलाई ‘ठूलो भएर खुब पढ्नु, खुब कमाउनु, ठूलो मान्छे हुनु’ भन्छौं । तर ‘ठूलो भएर असल हुनु, समाजको भलो गर्नु’ भन्दैनौं । हामी सन्तानलाई बाल्यकालदेखि नै असल होइन, ठूलो बन्न, इमानदार होइन, जसरी पनि धन कमाउन सिकाउँछौं, प्रेरित गर्छौं । ठूलो हुनु, धन कमाउनु, ठूलो पदमा पुग्नु हाम्रो जीवनको आदर्श हुन पुगेको छ ।
माथि उल्लेख गरिएका कुराहरू गफ जस्तो लागे तापनि, आदर्शका कुराहरू गरिएको अनुभूत भए तापनि यथार्थमा आर्थिक भ्रष्टाचार हुनुका महŒवपूर्ण कारणहरू हुन् । माटो जस्तो हुन्छ, बाली पनि त्यस्तै लाग्ने हो । टिभी, पत्रपत्रिका आदिमा भ्रष्टाचारसम्बन्धी समाचारहरू प्रसारण र प्रकाशन गरेर मात्र हुँदैन । यी कार्यहरूले मात्र आर्थिक भ्रष्टाचार रोकिंदैन । भ्रष्टाचार रोक्नका लागि सामाजिक मनोविज्ञानमा परिवर्तन ल्याउन आवश्यक छ । सामाजिक शिक्षामा परिवर्तन ल्याउन आवश्यक छ । व्यक्तिगत व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । हामी इमानदार हुन र हामीले आप्mना सन्तानहरूलाई इमानदारी सिकाउन आवश्यक छ ।
राष्ट्रिय आर्थिक विकास एवं आर्थिक भ्रष्टाचारबीच गहिरो सम्बन्ध छ । जुन देशमा जति बढी आर्थिक भ्रष्टाचार हुन्छ त्यो देश आर्थिक विकासको पथमा त्यति नै सुस्त हुन्छ । अफ्रिका, दक्षिण अमेरिकाका देशहरूमा आर्थिक भ्रष्टाचार अति नै हुने भएकोले ती महादेशका धेरै राष्ट्रहरू अति गरीब छन् । युरोपमा धेरै राष्ट्रहरूमा आर्थिक भ्रष्टाचार अति कम हुने गरेकोले ती महादेशका धेरै राष्ट्रहरू गरीब छैनन् । केही राष्ट्र अति धनी समेत छन् ।
आर्थिक भ्रष्टाचार राष्ट्रिय आर्थिक विकासको शत्रु नै हो । देशको आर्थिक विकास गर्न आर्थिक भ्रष्टाचार नियन्त्रण गर्नुको विकल्प छैन । आर्थिक भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको मात्र होइन । यो जिम्मेवारी प्रत्येक नागरिक हो ।
अर्थशास्त्रका ठूला–ठूला सिद्धान्त भनेर देशको आर्थिक विकास हुँदैन । ठूला–ठूला आर्थिक विकासका ‘मोडेल’ माथि चर्चा गरेर देशको आर्थिक विकास हुँदैन । देशको आर्थिक विकास गर्नका लागि हामीले सान्साना तर महŒवपूर्ण विषयमाथि चर्चा गर्नु आवश्यक छ । सर्वप्रथम प्रत्येक व्यक्तिले आप्mनै आचरण माथि विचार गर्न आवश्यक छ ।