हाम्रो मुलुकजस्तो कृषिप्रधान देशमा कृषि उत्पादनका लागि मलको प्रयोग अत्यावश्यक छ । जैविक मल वा रासायनिक मल, बालीको लागि कुनै न कुनै मल प्रयोग गर्नैैपर्छ । हामीकहाँ विशेषगरी बाली लगाउने र पोट्याउने समयमा सिंचाइसँगै मल चाहिन्छ । बालीलाई आवश्यक पर्ने बेलामा किसानले रासायनिक मल खरीद गर्ने हुन् । उनीहरूले मल भण्डारण गरेर राख्न सम्भव छैन । चाहिएको बेला समयमा सहज तरीकाले मल उपलब्ध भइदिए मात्रै पनि किसानले राहत महसूस गर्नेछन् । यसरी उपलब्ध गराउने दायित्व सरकारको हो । तर हाम्रो मुलुकमा हरेक बाली रासायनिक मलको हाहाकार हुने गरेको छ । यसो हुनु किसान र कृषिका लागि गम्भीर समस्या हो ।
जैविक वा रासायनिक मलले माटोमा बालीका लागि आवश्यक नाइट्रोजन, फास्फोरस र पोटाशियम जस्ता पोषक तŒवहरू उपलब्ध गराउँछ । यी तŒवहरू खेतीको उत्पादनशीलता वृद्धि गर्नका लागि महŒवपूर्ण हुन्छन् । किसानले सही समयमा र सही मात्रामा मलको प्रयोग गर्दा उत्पादनमा वृद्धि हुन्छ । मुलुकको खेतीबाली रासायनिक मलमा निर्भर छ । कतिपय किसानले जैविक मलबारे बिर्सिसकेका छन् । तर किसानले समयमा रासायनिक मल पाउँदैनन् । यसो हुँदा हुनुपर्ने जति कृषि फसल उत्पादन हुन सक्दैन । रासायनिक मलको हाहाकारको समस्या विभिन्न कारणहरूले उत्पन्न भएका छन् । नेपालको कृषि प्रणालीमा रासायनिक मलको माग निरन्तर वृद्धि हुँदै गइरहको छ । उदाहरणको लागि यसपटक चार किलो युरिया छरेको खेतमा अर्को वर्ष डेढ गुणाले वृद्धि गर्नुपर्छ । अर्थात् साढे सात किलो छर्नैपर्ने हुन्छ । अर्कोतर्फ रासायनिक मल प्रयोगको क्षेत्र विस्तार भइरहेका छन् । तर मल आयात भने सीमित छ । हरेक वर्ष रासायनिक मलको परिमाण बढाउँदै जाँदा कृषि उत्पादनमा किसानको लगानी बढ्दोे छ भने अर्कोतर्फ मुलुकले आयात गरेको रासायनिक मलले आवश्यकता धान्न सकेको छैन । आवश्यकता अनुसार रासायनिक मल प्रयोग गर्न नपाउँदा बालीमा लागेको लगानीसमेत डुब्ने गरेका छन् । मुलुकमा पर्याप्त मल आपूर्ति भएको बेला वा मल प्रयोग हुने बाली थोरै रहँदा बालीहरूमा आवश्यता अनुसार रासायनिक मल दिन सक्ने अवस्था रहन्छ । तब पनि किसानले समयमा मल पाउँदैनन् । मुख्यतः सरकारी नीति तथा अदूरदर्शिताका कारण यस्तो भएको हो । मल आयात, भण्डारण र बिक्री वितरणमा सुव्यवस्था र पारदर्शिताको अभाव छ ।
रासायनिक मलमा निर्भरता बढ्नु र जैविक मलको प्रयोगमा कमी हुनु दीर्घकालीन समस्याको सङ्केत हो । अहिलेसम्म हाम्रो मुलुकको कृषि प्रणाली ७५ प्रतिशत रासायनिक र करीब २५ प्रतिशत जैविक मलले धानेको छ । मुलुकका कतिपय स्थानमा रासायनिक मल पुगेकै छैन । रासायनिक मलको क्षेत्र विस्तारको क्रममा रहेकोले भविष्यमा मुलुकका सबै किसानसम्म थोरै भएपनि रासायनिक मलको पहुँच हुनेछ । तर मलको अपर्याप्तताले खेती प्रणालीलाई दोधारमा पु¥याउँछ । यसर्थ समस्या समाधानका लागि सरकारले रासायनिक मलको आयातमा वृद्धि गर्ने, मुलुकमैं रासायनिक मल उद्योग स्थापना तथा सञ्चालनतर्फ अग्रसर हुने, नैतिक र पारदर्शी वितरण प्रणाली बनाउने साथै जैविक मलको प्रयोग तथा प्रवद्र्धनलाई बढावा दिनेतर्फ अग्रसर हुनुपर्छ । केही जैविक खेती क्षेत्र छुट्टयाएर अभ्यासको थालनी गर्नुपर्छ ।