प्रस, वीरगंज, ३१ भदौ/
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती वीरगंजमा पनि हर्षोल्लासका साथ मनाइएको छ । वीरगंज महानगरका मुर्ली, छपकैया, आदर्शनगर, रामटोल, नगवा, गहवा, श्रीपुर, रानीघाटलगायतका स्थानबाट बाजागाजासहित निकालिएको ¥याली घण्टाघरमा भेला भएर कोणसभा गरी समापन भएको छ ।

कोणसभामा वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले शुभकामना व्यक्त गरेका थिए । मोहम्मद डेको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ भने सङ्घ सरकारले देशभरिका मुस्लिम समुदायलाई सार्वजनिक बिदा घोषणा गरेको छ ।

आज वीरगंजका मुस्लिम समुदायले मस्जिदमा कुरान पाठ गरे, हजरत मोहम्मदका उपदेश स्मरण गरे, अनि सामूहिक भोजन गरी एकअर्कामा शुभकामना साटासाट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here