• विनोद गुप्ता

बेलायतका नेपाली इतिहासका ज्ञाता John Whelpton ले महेशचन्द्र रेग्मीको व्याख्यानको १७औं संस्करणमा नेपालका सुप्रसिद्ध इतिहासकारद्वय बाबूराम आचार्य र योगी नरहरिनाथद्वारा संयुक्तरूपमा सम्पादित बडा महाराजाधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेश पुस्तकमा नेपाल ‘दुई ढुङ्गाबीचको तरुल’ लाई ‘Nepal is like a yarn between two rocks’ भनेर उल्लेख गरेको समाचार १५ सेप्टेम्बरको The Kathmandu Post मा विद्वान् प्राध्यापक अभि सुवेदीको यही शीर्षकको खेलमा उल्लेख भएको पाइन्छ । तर ब्रिटिश इतिहासकारको Rock शब्दको प्रयोग भने नेपाल तथा एशिया अध्ययन केन्द्रका निर्मलमान तुलाधरलाई उपयुक्त नलागको पनि लेखमा उल्लेख गरिएको छ । यस व्याख्यानमा चीन र भारतको इतिहासको कुरा उठाउँदै इतिहासकार जोन चीनमा Quing dynasty को शासन शिखरमा रहेको बेला भारत बाह्यभन्दा आन्तरिक उपनिवेशवादबाट प्रभावित भएर हिंडेको थियो, जसलाई forced unification by colonial power को रूपमा चित्रण गरे पनि यसले आजको दिनमा तरुललाई कसरी प्रभावित गरिहेको छ भन्ने उल्लेख नगरेपनि आलेखका विद्वान् लेखकले rock को सट्टा boulder (ढुङ्गा) शब्द प्रयोग गर्दै चीन र नेपालबीच भने यस्तो समस्या नरहेको उल्लेख गरेका छन् । सारांशमा ब्रिटिश इतिहासकार जोन paradism shift / accomodation approach नेपाल र भारत दुवैका लागि ठीक हुने निष्कर्ष दिन्छन् । तर चीनसँगको सम्बन्धबारे उनको आलेखमा केही उल्लेख छैन ।

वर्तमानमा हेर्दा नेपालको जसरी भारतसँग सीमा समस्या छ, त्यसैगरी चीनसँग पनि छ । भारतसँग ७८ ठाउँमा छ भने चीनसँग ७ ठाउँमा छ । भारत ढिलोगरी सीमा सम्बन्धमा कुरा गर्न तयार भएको छ तर चीनले एकतर्फी रूपमा नेपालसँग सीमा समस्या छैन भनेर वार्ता नै गरेको छैन । लिपुलेक, लिम्पियाधुरा, कालापानी प्रकरणमा नेपालीको दाबीलाई चीनले साथ दिनुको सट्टा भारतसँग लिपुलेकबाट व्यापार वृद्धि गर्न सम्झौता नै गरिसकेको छ । यस अवस्थामा तुलनात्मकरूपमा हेर्दा भारतले इपिजी रिपोर्ट नबुझ्नुलाई गम्भीर लापरवाही माने, चीनले कालापानी प्रकरणमा केही नेपाली त्रिदेशीय बिन्दु निर्धारणमा नेपाललाई सहभागी नै नगराई भारतसँग सम्झौता गर्नुलाई के ख्याल–ठट्टा मान्न सकिन्छ ?

बडा महाराजाले आर्जेको नेपाल गङ्गावारिसम्म हो । सुगौली सन्धिपछि हामी खुम्चिएका हौं । यो प्राचीनताले भारतभित्र पनि एउटा नेपाल छ । एउटा स्थानीय प्रकारको छ, जुन दार्जीलिङ, सिक्किमलगायत क्षेत्रमा बस्छ भने कुमायु, गढवाल, पिथौरागढ, पञ्जाबको लुधियाना, उत्तर प्रदेशको कानपुर, लखनऊ, बनारस तथा गोरखपुरजस्ता शहरमा बसोवास गर्दछ भने देस्रो थरीको नेपाल तराईको समथर र पश्चिम पहाडमा बस्न पुग्दछ । सीमान्तमा जन्मेकाहरूका लागि रोटीबेटीको सम्बन्ध भनिए पनि नेपालको कुलीन र कथित उच्च घरानाको पनि भारतसित त्यत्तिकै रोटीबेटीको सम्बन्ध छ । तर काठमाडौंमा बसोवास गर्ने केहीको लागि भने भारत कालो छ किनभने उनीहरूले भारतले गरेको नाकाबन्दी र त्यसबाट उत्पन्न दुष्प्रभाव भोगेका छन् । त्यस्तै राजधानीका सक्रिय राजनीतिकर्मीहरूमध्ये केही, अनि राष्ट्रवादीहरू भारतलाई नेपालको सुरक्षाको लागि चुनौती र विस्तारवादी भएको देख्दछन् । चीनमा नेपाल छैन, भेटिंदैन, तर काठमाडौंमा सानोतिनो चीनसम्म छ भन्न सकिन्छ । अरनिको र भृकुटीकालदेखि सुमधुर रहेको हाम्रो सम्बन्ध भएपनि चीनले सगरमाथाको दक्षिणी मोहडालाई आप्mनो आधिपत्यमा लिइ नै सकेको र अहिले आएर पर्वतारोहीहरूले सगरमाथाको चौथो आधार शिविरमा पुग्नासाथ समय परिवर्तन हुने कुरा पटकपटक सार्वजनिक गरे पनि चुइँक्क बोल्न नसक्ने हाम्रा बुद्धिजीवी र नागरिक समाज कसरी थबचल को लागि दुवैतर्फ पाराडिज्म शिप्mट र अकोमोडेशन अप्रोचमा जाला सोच्नुपर्ने अवस्था आएको छ । चीन शासित हड्ढङमा नेपाल बस्छ तर त्यो बसाइ अङ्ग्रेजको शासनकालको हो । त्यसैले दुवै राष्ट्र अर्थात् भारत र चीनले आआप्mनो डम्फु बजाइरहँदा हामी र हाम्रो सरकार किन बोल्न सकेको छैन भन्ने प्रश्न उठ्छ ।

यसको उत्तर खोज्दै जाँदा हामी आप्mनो धरातलमा बलिायेसँग उभिन नसकेको सङ्केत पाउँछौं । स्व बिपी कोइरालाले प्रधानमन्त्रीको हैसियतमा १५ महीनाको राजासँगको द्वन्द्वसहितको शासनकालमा चीनको सगरमाथाको दक्षिणी मोहडा सुम्पिन इन्कार मात्र गरेनन्, भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको सार्वभौमिकता र सुरक्षाका सम्बन्धमा संसद्मा दिएको बयानको विरोध गरी फिर्ता लिन लगाउनुका साथै इजरायललाई मान्यता दिने, बिर्ता उन्मूलन र भूमिसुधार योजनाका साथै नेपालको पहिलो पञ्चवर्षीय योजनासमेत बनाएर लागू गराउन सके भने तिनका उत्तराधिकारीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा त्यस्तो भूमिका निर्वाह नै गर्न सकेनन् किनभने यिनको ध्यान प्रतिष्ठा बनाउनेभन्दा सम्पत्ति कमाउनमा रह्यो ।

आजका दिनमा शरणार्थीदेखि सहकारीसम्म, सुनदेखि विभिन्न काण्डमा कुनै न कुनै दलका नेता संलग्न रहेको पाइएको छ । अझ सहकारीमा सर्वदलीय संलग्नता नै भएको देखिंदै छ । भारतलाई विस्तारवादी भन्नेहरूले नै महाकाली सन्धि गरेका होइनन् ? त्यस बेला नै भारतीय पक्षले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता पाउने पत्र नेपालसँग छ भनेको होइन र ? तर आज किन कोही बोल्दैन । किनभने सबै भ्रष्टाचारको भासमा फसेका छन् र त्यसको प्रमाण कहीं न कहीं सृुरक्षित छ । त्यसैले यिनको हैसियत याचकभन्दा माथि उठ्न सकेको देखिंदैन ।

इतिहास हेर्दा भारतले स्वतन्त्रता सङ्ग्रामपछि गर्नुपरेको राजारजौटाहरूको एकीकरणमा नेपाल र यसको सेना र त्यसैगरी स्व टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएपछि चीनले नेपालसँग युद्ध हारेबापत बर्सेनि बुझाउने गरेको नजराना मिनाहा गरेको प्रसङ्गले दुवै छिमेकी बोल्डर र हामी तरुल भएको ठीक मान्न सकिन्छ तर त्यसपछिको ७०–७५ वर्षको यात्रामा दुवै छिमेकी चयअप बन्न पुगेको र हामी थबचल अर्थात् तरुल नै रहेको ब्रिटिश इतिहासविद् जोनको भनाइसँग असहमत हुनुपर्ने कुनै कारण देखिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here