प्रस, वीरगंज, ३० भदौ/
नेपाल पत्रकार महासङ्घको निर्वाचन मिति तोकिएर सदस्यता नामावली सार्वजनिक भएसँगै देशभरका शाखाहरूले आपत्ति जनाएका छन् ।

पछिल्लोपटक असोज ५ गतेका लागि तोकिएको पत्रकार महासङ्घको निर्वाचन भदौ २८ गते अर्को सूचना जारी गर्दै कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत अध्यक्ष विपुल पोखरेलको राजीनामापछि उत्पन्न अन्योलका बीच महासङ्घले निर्वाचनको १२ असोजमा निर्वाचन गर्नेगरी भदौ २९ गते सदस्यता नामावली प्रकाशन गर्ने जनाएका थिए । सोहीअनुरूप हिजो राति नामावली प्रकाशन भएपछि देशभरबाट विरोध शुरू भएको छ ।

प्रेस युनियन आबद्ध जुम्ला शाखाले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर धर्ना शुरू गरेको छ । यसैगरी, मधेस प्रदेशका आठ जिल्लामध्ये सात र देशभरका ३२ शाखाले नयाँ सदस्यता तालिका पनि यस अघिभन्दा बढी विवादित रहेको र अनियमित तरीकाबाट भद्रगोल गर्नेगरी जिल्ला, प्रदेश र केन्द्रमा समेत आवेदन नपरेकाहरूलाई हचुवाको भरमा पुरानो सदस्य भनेर नवीकरण गरिएको र नयाँ सदस्यता दिएको भन्दै विरोध व्यक्तव्य प्रकाशित गरेका छन् । यससम्बन्धी विरोधको क्रम बढिरहेको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी बताउँछन। उनी पनि आइतवार विरोधका लागि काठमाडौं पुगेको बताए ।

पर्सा शाखामा यस अघि नै तीनवटा संस्थाले सदस्यता विवाद उठाएर तालाबन्दी गरेका थिए । यता बारा जिल्लामा पनि प्रेस चौतारीले आज सदस्यता विवाद देखाउँदै तालाबन्दी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here