प्रस, वीरगंज, ३० भदौ/
वीरगंज महानगरको बजार अनुगमन टोलीको नेतृत्वमा आइतवार वीरगंजको भाटभटेनी सुपर मार्केटमा छापामारी भएको छ ।

सो सुपर मार्केटमा छापामारीको क्रममा म्याद गुज्रिएका खाद्यान्न सामग्रीहरू बरामद भएको महानगर बजार अनुगमन समितिका विपिनलाल दासले बताए ।

उनले समितिको नयाँ कार्यविधिमा १५ हजारसम्म जरिवानाको व्यवस्था भएकोले आज भाटभटेनीलाई १० हजार जरिवाना गरिएको बताए । छापामारीमा जिल्ला प्रशासन, वाणिज्य र वीरगंज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए ।

वीरगंजका बजारहरूमा छापामारी गर्दा साना पसललेहरूलाई गरिने जरिवानाभन्दा पनि निकै कम
गरेको भन्दै आलोचना भइरहेको छ । वाणिज्य कार्यालयले यसै विषयमा तीन लाखसम्म र जिल्ला प्रशासनले दश लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

तर महानगरको जिम्मा लगाएर उन्मुक्त दिने काम भएको एकथरीको आरोप छ । छापामारी हुनासाथ विभिन्न शक्ति केन्द्रहरूबाट फोन आएको छापमारीमा संलग्न एकजना कर्मचारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here