जुन काम हामी पटकपटक गर्छौं त्यो हाम्रो बानीमा परिणत हुन्छ । कुनै पनि कुराको शुरूआत एउटा विचारले हुन्छ र त्यो विचारले नै कार्यको रूप ग्रहण गर्दछ । त्यस कार्यलाई पटकपटक गरिरहँदा त्यो नै हाम्रो बानी बन्छ । बानी राम्रो र नराम्रो दुवै खाले हुन्छ । यदि हामी परीक्षामा सफलता हासिल गर्न चाहन्छौ भने पढ्ने बानी बसाल्नुपर्छ । विद्यार्थीहरूका लागि रFम्रो बन्ने र राम्रो ग्रेड हासिल गर्ने पहिलो खुड्किलो राम्ररी पढनु नै हो । परीक्षाको तयारी गर्दा विषयगत कुराहरूलाई राम्ररी अध्ययन गर्ने हाम्रो लक्ष्य भएको हुनाले पनि पढ्नु धेरै आवश्यक छ । दुर्भाग्यवश धेरै विद्यार्थीहरूमा पढने बानीको अभाव मैले पाएको छु । यस कारण यस आलेख मार्पmत पढ्ने कलामाथि मात्र छलफल गर्न खोजिएको छ ।
धेरै मानिस अखबार पढदैनन् । केहीले मुख्य खबर र राम्रा फोटाहरू मात्र हेरेर अखबार थन्काउँछन् । युवाहरूले खेलको पाना, व्यापारीहरूले विज्ञापन, पारिवारिक सदस्यहरूले शनिवारको अङ्क हेर्छन् किनभने त्यसमा सबैका लागि केही न केही कुरा छापिएको हुन्छ । त्यस मध्ये पनि धेरैले पत्रिका किन्दैनन् । धेरैले त मागेर पत्रिका पढ्छन् । थोरैले पत्रिका किनेर पढेको मैले पाएको छु । कैयौं विद्यार्थी त कोर्सको किताब पनि किन्दैनन् वा साथीहरूसँग मागेर पढ्छन् भने धेरैले गेस पेपरबाट नै काम चलाउूछन् तर त्यो पनि परीक्षाको बेला । विद्यार्थीहरूले के बिर्सनुहुन्न भने अखबार सामाजिक शिक्षालगायत अन्य विषयका लागि पनि बहुमूल्य स्रोत हो ।
नयाँ ज्ञान र त्यसको प्रयोगमाथि नै विद्यार्थीहरूको प्रगति निर्भर गर्दछ । किताबबाहेक बढी ज्ञान हासिल गर्ने अर्को कुनै साधन छैन । यस कारण यदि तपाईं जीवनमा पछाडि पर्न चाहनुहुन्न भने पढ्ने बानी बसाल्नु नितान्त आवश्यक छ । ज्ञानको कुनै सीमा हुँदैन । तपाईंसँग जति ज्ञान भए पनि तपाईं त्यसलाई अझ प्राप्त गर्न खोज्नुहुन्छ किनभने ज्ञानको अपहरण वा चोरी हुँदैन ।
यदि तपाईं पढन रुचाउनुहुन्न भने तपाईं केही पनि सिक्न सक्नुहुन्न । यदि तपाईं सिक्नुहुन्न भने परीक्षामा राम्रो ग्रेड प्राप्त गर्न सक्नुहुन्न । तपाईंको क्षमताको सोझो सम्बन्ध विषयगत रुचिसँग जोडिएको हुन्छ । यदि विषयमैं रुचि छैन भने पढाइमा पनि आनन्द प्राप्त हुँदैन । यस कारण विषयगत रुचि आवश्यक छ किनभने यसले पढ्नको लागि तपाईंलाई प्रेरित गर्दछ । माध्यमिक तहसम्म विभिन्न विषयको अध्ययन गर्नुपर्दछ । यस कारण पनि सबै विषयमा रुचि बसाउनु आवश्यक छ । तपाईंको मनले रुचाएको विषयमा राम्रो गर्नुहोस् तर अन्य विषयमा पनि पास हुन जरुरी छ । यसो भएन भने सारा मिहिनेत खेर जान्छ र यदि यसो भयो भने क्याम्पस पुग्दा पढाइप्रति रुचिमा कमी आउँदैन ।
पढाइको लागि सुविधाजनक ठाउँले पनि महŒवपूर्ण भूमिका खेल्दछ तर नेपाली परिवेशमा धेरैजसो विद्यार्थीसँग पढ्ने छुट्टै कोठा वा राम्रो फर्निचर न पनि हुनसक्छ । तर त्यस्तो ठाउँ अवश्य हुन्छ, जहाँ बसेर पढ्दा तपाईंलाई सजिलो लाग्छ तर सुतेर पढ्नुलाई सुविधाजनक ठान्ने गल्ती गर्नुहुन्न । धेरैजसो विद्यार्थी बिछौनामा सुतेर, सोफामा बसेर, पर्खालमा अडेस लगाएर पढ्छन् भने यसमा कुनै आश्चर्यको कुरो छैन कि जति राम्रो उनीहरू गर्न सक्छन् त्यति गरिरहेका छैनन् । सुविधाको सम्बन्ध वातावरणसँग हुन्छ । त्यस्तो वातावरण जसले तपाईंलाई पढ्न प्रेरित गर्दछ । पढ्दाखेरी पिठ्यूूँ सोझो अर्थात् ढाडको हाड सोझो राखेर पढ्दा पढाइमा एकाग्रता बढ्छ जुन अध्ययनका लागि धेरै आवश्यक तŒव हो । पढ्ने ठाउँमा राम्रो प्रकाश हुनु पनि आवश्यक छ किनभने यसले गर्दा आँखा र टाउको दुःखाइको सम्भावना न्यून हुन्छ । प्रकाश पनि किताब वा कापीमा सोझो पर्नुपर्छ किनभने अनुहारमा पर्ने प्रकाशले तपाईंको ध्यान भङ्ग हुने सम्भावना बढी हुन्छ र एकाग्रतामा पनि कमी ल्याउँछ । सही ढङ्गले सिक्न नसक्नुको पछाडि एकाग्रताको कमी नै हो ।
पढाइका लागि सही समयतालिका हुनु पनि नितान्त आवश्यक छ । हामीसँग एउटा निश्चित समय तालिका हुनुको अर्थ आपूmलाई मानसिकरूपले तयार राख्नु पनि हो । के गर्दा राम्रो र के गर्दा नराम्रो भन्ने कुरालाई समयतालिकाले व्यवस्थित गर्दछ । हाम्रो पारिवारिक परिवेश विविधताले भरिएको हुनाले समय तालिका लचिलो पनि हुनुपर्छ । यस कारण समय तालिकामा पढाइसँगसँगै एउटा खास समय खाली पनि राख्नुपर्दछ ।
विद्यालयको समयतालिका तपाईंको नियन्त्रणमा हुँदैन किनभने त्यसलाई विद्यालय प्रशासनले बनाउँछ तर तपाईंको समयतालिका तपाईंले नै निर्माण गर्ने हुँदा तपाईंको क्षमता र योजनामा निर्भर गर्दछ । यस कारण तपाईंले पढ्ने समयलाई सिक्ने अवसरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईं घरमा हुँदा फोन रिसिभ गर्नुहुन्छ वा कोही आउँदा ढोका खोल्ने काम गर्नुहुन्छ भने पढाइको बेला घरका अन्य सदस्यको मदत लिनु बेस हुन्छ ।
पढ्दाखेरी विषयलाई राम्ररी बुझ्ने प्रयास गर्नुपर्छ । यदि विषय बुझ्न अप्ठ्यारो भइरहेको छ भने त्यसलाई घोक्नु नै बेस हुन्छ । यदि तपार्इंको पढ्ने तरीका सही छ भने कुनै पनि विषय बुझ्न गा¥हो हुँदैन । यस कारण आरामले पढ्नुपर्छ । बिस्तारै विषयलाई आप्mनो मस्तिष्कमा प्रवेश गराउनुपर्छ । यदि तपाईंमा सहनशीलता छैन भने तपाईं कहिल्यै राम्ररी पढ्न सक्नुहुन्न । मनोवैज्ञानिकहरूले के भनेका छन् भने जुन व्यक्तिलाई आप्mनो काममा रुचि हुँदैन ऊ त्यस कामबाट छिट्टै तर्कन थाल्छ । विद्यार्थीहरूप्रायः के भन्ने गर्छन् भने ‘आज पढ्ने मूड छैन’ । म तपाईंसँग एउटा प्रश्न के सोध्न चाहन्छु भने यदि तपाईंलाई कुनै बौलाहा कुकुरले टोक्न खोज्दैछ भने के भन्नुहुन्छ–“यार आज दगुर्ने मूड नै छैन ।” यस कारण यस्ता शब्दहरू बहाना मात्र हुन् । यदि तपाईं परीक्षामा राम्रो ग्रेड प्राप्त गर्न चाहनुहुन्छ भने ‘मूड’ को प्रतीक्षा गर्नु कत्तिको औचित्यपूर्ण हुन्छ । यस कारण यदि तपाईंमा केही गर्ने, केही पाउने चाहना छ भने मूड बिर्सेर काममा लागिपर्नु नै अति उत्तम हुनेछ ।
धेरैजसो अभिभावकहरूले आप्mनो सन्तानलाई खेलभन्दा पनि पढाइमैं बढी ध्यान दिन भन्नुहुन्छ तर मेरो दृष्टिमा यो उचित होइन । पढाइसँगसँगै केही समय खेल वा स्वस्थ मनोरञ्जनमा पनि खर्चिनुपर्छ । भन्न के खोजिएको हो भने पढाइ र मौजमस्तीबीच उचित सन्तुलन हुनुपर्दछ । अभिभावकहरूले कहिलेकाहीं भन्ने गर्नुहुन्छ–“मेरो छोरा वा छोरी त लगातार पाँच घण्टा पढ्छन् तर मनोवैज्ञानिकहरूको भनाइमा यसरी पढ्नु उचित होइन, किनभने एउटा निश्चित समयसम्म पढिसकेपछि अपवादबाहेक उनीहरूको ग्रहणशीलतामा कमी आउन थाल्छ र उनीहरूलाई चाहिएको जति लाभ हासिल हुँदैन ।
कुनै पनि एउटा विषय ग्रहण गर्ने क्षमता पैंतालीस वा पचास मिनेटसम्म मात्र रहन्छ । विद्यालय वा क्याम्पसका सबै कक्षाका लागि पनि यतिकै समय निर्धारित गरिएको हुन्छ । यस कारण घरमा पनि कुनै एउटा विषय एक घण्टा मात्र पढ्नुपर्छ तर त्यस विषयमा यदि बढी समयको आवश्यकता छ भने एक वा दुईवटा विषयपछि पुनः पढ्न सकिन्छ । ग्रहणशीलतालाई बढाउनका लागि शिक्षाविद्हरूले क्त्तघच् को फर्मूला दिएका छन् । क्त्तघच् फर्मूला अनुसार सबैभन्दा पहिले जे पढ्न चाहनुहुन्छ त्यसबारे क्गचखभथ अर्थात् सर्वेक्षण गर्नुहोस् । त्यसपछि यो सिक्न किन आवश्यक छ र कसरी सिक्न सकिन्छ भन्ने त्तगभकतष्यल अर्थात् प्रश्न गर्नुहोस् । तत्पश्चात् त्यस सम्बन्धमा जतिपढ्नुहन्छ बिस्तारै दोहो¥याउनु होस् ।
सफलता हासिल गर्नका लागि सबैभन्दा पहिलो काम स्वयंलाई अनुशासित गर्नु हो किनभने ब्रह्माण्डले पनि अनुशासनको पालना गर्दछ । एउटा निश्चित तिथिमा मौसम परिवर्तन हुन्छ । समयानुसार पशुपन्छी र रूखबिरुवा पनि यदि अनुशासनमा बस्दैनन् भने तिनीहरू सफल हुँदैनन् वा उनीहरूको राम्ररी विकास हुँदैन । यस कारण लक्ष्य प्राप्त गर्नका लागि उद्देश्यपूर्ण कुरा वा किताब पढ्नु आवश्यक हुन्छ । के र कसरी पढ्ने भन्ने काममा विद्यार्थीहरूले शिक्षकहरूको सल्लाह लिनुपर्छ र शिक्षकहरूले पनि कारणसहित उचित सल्लाह दिनुपर्छ अन्यथा श्रम र पैसाको बर्बादी हुने सम्भावना बढी हुन्छ ।
पढ्ने क्षमता विकसित गर्न किताब र पत्रपत्रिकाहरूको अध्ययन आवश्यक हुन्छ । एक समयमा बढीभन्दा बढी किताब पढ्नुहोस् । खासखास शब्द र विचारहरूमाथि ध्यान दिनुहोस् । बेस्सरी कराएर पढ्नुको साटो मनमनै पढ्नुहोस् । अध्ययनको उद्देश्य, परीक्षामा उत्तीर्ण हुनका लागि हो भन्ने समझ विकसित गर्नका लागि हो । यहाँनिर विशेषरूपले सतर्क गराउन चाहन्छु किनभने मैलै परीक्षामा उत्तीर्ण हुन र समझ विकसित गर्ने कुरालाई बेग्लाबेग्लै राखेको छु तर यी दुवै धेरै अर्थमा एकै हुन् । यदि तपाईंले कुनै विषयलाई राम्ररी बुझ्नु भयो भने परीक्षामा राम्रो ग्रेड ल्याउने सम्भावना सुनिश्चित हुन्छ तर केही विषय यस्ता पनि हुन्छन् जसलाई परीक्षाको दृष्टिले भए पनि पढ्नुपर्ने हुन्छ । विषयमाथि प्राथमिकताको क्रम अनुसार ध्यान दिनुहोस् । छिटो पढ्नका लागि औंला र आँखाको प्रयोग गर्नुहोस् । पढ्ने गतिको साथै त्यसलाई बुझ्ने गतिमाथि पनि ध्यान पु¥याउनुहोस् । अन्त्यमा के भन्न चाहन्छु भने हामीसँग समय थोरै छ र धेरै कुरो पढ्नु बाँकी रहेको हुनाले सफलताका लागि पढ्ने बानी बसालौं ।