अरेबियन नाइट्स पढिसकेपछि, भविष्यमा आप्mना सन्तानलाई यसका रमाइला कथाहरू पढेर सुनाउँला भन्ने ठूलो इच्छा थियो । तर सन्तानहरू हुर्कंदै जाँदा आपूm आजीविकाको खोजमा यतिसम्म रल्लिए कि न सुत्ने ठेकान न उठ्ने । तर कहिलेकाहीं यसो मेसो मिलाएर सुनाउन खोज्दा उनीहरूले चाख नदेखाइदिने । पुस्तकहरूप्रति चाख नहुने कुरा मेरा दोस्रो पुस्ताका सबै सन्तानमा देखा प-यो । सन्तोष गरें, तेस्रो पुस्ताको पालामा आपूmलाई फुर्सद पनि हुन्छ अनि उनीहरूलाई नै सुनाउँला ।
समयक्रममा तेस्रो पुस्ता पनि जन्म्यो, हुक्र्यो, तर अरेबियन नाइट्सका कथा सुनाएर उनीहरूमा पुस्तक पढ्ने जिज्ञासा जगाउने अभीष्ट पूरा हुन पाएन । बरु यस पुस्ताले राति सुत्ने बेला बाबा, कथा सुनाउनुस् न, चाहिं भनिरहे । तिनैमध्ये जेठी नातिनीले मेरो बानी पछ्याइन् । र अब वयस्क भइसकेकी उनी खूबै किताब पढ्छिन् र मेरा लागि पनि साँचेर राखिदिन्छिन् । अब पुस्तकहरूको आदानप्रदान एकै परिवारमा हुँदा पुस्तकहरू हराउने समस्या धेरैजसो समाधान भएको छ । तर हाम्रो समाज न हो, कोही न कोही उपद्रवी फेला परिहाल्छन् ।
तिनै स्टिभले म अमेरिकन लेखक अर्नेस्ट हेमिङ्वेलाई मन पराउँछु भनेर उनका केही पुस्तकहरू पठाइदिएका थिए । केही पढेको थिएँ, केही पढ्नै बाँकी थियो, कहाँ बेपत्ता भयो कहाँ, केही चाल पाइनँ । वर्षौं बित्यो, मैले पुस्तक हराएको कुरा बिर्सि पनि सकेको थिएँ । एक दिन एकजना साथीको घर गएको थिएँ । उनी घरमा रहेनछन्, फर्कनै लागेको थिएँ, उनकी पत्नीले केही बेर बस्नुस् न, उहाँ आइपुग्नै लाग्नुभयो भनेर जिद्दी गरिन् । “म बसेर के गरूँ, तपाईं भान्सामा, एक्लै धुमधुम्ती के बस्नु …” भन्न पाएको थिइनँ, उनले ऊ त्यहाँ आलमारीमा पुस्तकहरू छन्, पढ्दै गर्नुस् भनेर आलमारी देखाइदिइन् । त्यो आलमारीमा माथि नै मकहाँबाट हराएका पुस्तकहरूको चाङ थियो । सम्झनामा भए जति पुस्तकहरू बोकें र भाउजूलाई धन्यवाद दिंदै हिंडें । तर यस्तो सौभाग्य हराएका अरू पुस्तकहरूका लागि आजसम्म जुरेको छैन ।
एउटा यस्तै अविस्मरणीय घटना छ, एउटा पुस्तक फेला पारेको । भन्छन् नि ! नपत्याउने खोलाले बगाउँछ । यो पुस्तक प्राप्ति त्यस्तै अपत्यारिलो किसिमले भयो । पुस्तकको नाम हो ‘सिद्धार्थ’ । यो जर्मन लेखक हर्मन हेसले लेखेका हुन् । वीरगंजमा एकताका एकजना ठूला पढाकू थिए । उनैले यस पुस्तकको चर्चा गरेका थिए । उनी र मबीच पुस्तकहरूको आदानप्रदान तारन्तार भइरहन्थ्यो । उनीबारे एउटा रहस्य खोल्दा अब पछुतो पनि लाग्नेछैन–उनले मेरा धेरै पुस्तक पचाएर बसिदिए ।
पुस्तकको नाम त सुनियो, आप्mनो देशमा जन्मेका सिद्धार्थ–विदेशी लेखकले के लेख्यो होला भन्ने कौतूहल थियो । यद्यपि पढेपछि थाहा भयो पुस्तक सिद्धार्थबारे होइन, सिद्धार्थका अनुभवहरू अनुगमन गरेको कुरासँग सम्बन्धित रहेछ । यो पुस्तक खोज्न पनि निकै कठिनाइ भयो, किनभने प्रकाशकको अत्तोपत्तो थिएन । धेरै प्रकाशकलाई पत्र लेखें । त्यस जमानामा आजको जस्तो सर्वज्ञाता ‘गूगल’ थिएन कि यसो बटन थिचूँ र सबै जानकारी प्राप्त भइहालोस् । मलाई लाग्छ सबैभन्दा लामो पर्खाइ यो पुस्तक प्राप्तिका लागि गरें । पर्खाइ मात्र होइन, खोजाइ पनि ।
संयोग कसरी जु¥यो भने एकदिन हामी तीनजना साथी काठमाडौं जाँदै थियौं, हवाईजहाज चढेर । म फुङ्गो भएपनि साथीहरूसँग सुटकेसहरू थिए । काठमाडौं विमानस्थल पुगेपछि एउटा ट्याक्सी लियौं र … जान भन्यौं । सामान धेरै भएकाले ट्याक्सीले हामी बस्ने गरेको लजमुनि नै पु¥याइदिन्छ भनेर ढुक्क थियौं । त्यो थियो ‘दीपक लज’ । प्रायः मध्यमवर्गीय वीरगंजेलीहरूको काठमाडौं बस्दा पायक पर्ने ठाउँ ।
नयाँ रोडको, पहिले अमेरिकन लाइब्रेरी रहेको भवनको, उत्तर बाटो छिरेर पूर्व लाग्नेबित्तिकै दीपक लज आउँथ्यो । तर त्यो दिन के भयो कुन्नि, ट्राफिक प्रहरीले केही सय मिटर वरै ट्याक्सी रोकेर–‘कि सीधा जानुस्, दायाँ जान पाइँदैन’ भन्यो । जतिकै हारगुहार गर्दा पनि केही लागेन । भारी सुटकेस बोकेर झन्डै चार सयजति मिटरको दूरी पार गर्न सकसपूर्ण थियो । फेरि विमान चढेर राजधानी आएका हामीलाई, सुटकेस बोकेर हिंड्दा प्रतिष्ठा घट्नेजस्तो, मध्यमवर्गीय मानसिकताले पनि गाँजिरहेको थियो । यद्यपि मसँग एउटा झोला मात्र थियो । दिक्क भएर ट्याक्सीबाट ओर्लें र पूmटपाथमा साथीहरू पनि ओर्लने प्रतीक्षा गर्न थालें ।
म उभिएको नयाँ रोडको दक्षिणपट्टि पूmटपाथमा मेरै छेउमा, हामीकहाँ हुने पानपसल आकारको, एउटा सानो कोठा थियो । त्यहाँ भुइँमैं किताबहरू छरिएर रहेको देखें । मानिस भने कोही थिएन । एउटा सानो कोठा र भुइँमा छरिएका केही पुस्तक । त्यतिकैमा एकजना व्यक्ति हातमा सकी नसकी गोटा पचासेक पुस्तक बोकेर हस्याङफस्याङ गर्दै आइपुगे । मेरो जिज्ञासामा उनले भने आजै पसल खोल्न भनेर पुस्तकहरू ओसारिरहेको छु ।
कहाँ–कहाँ खोजेको पुस्तक यो जाबो पसलमा के पाइएला १ तर कुनै मूल्यवान् वस्तु हराएको मानिस मतिभ्रम भएर आपूm नगएको ठाउँमा पनि हराएको वस्तु खोज्छ भनेजस्तै मैले इज्जत नै जाला कि जस्तो गरेर सोधें–“भर्खर पुस्तकहरू ओसार्दै हुनुहुन्छ, मलाई एउटा पुस्तक चाहिएको थियो । तपाईंसँग होला ?” उनको ‘कुन पुस्तक’को जवाफमा, मैले सिद्धार्थ भन्नै पाएको थिइनँ, उनले कुनै जादूगरजस्तै झर्कै नमानी आपूmले बोकेकै पुस्तकहरूबाट छानेर एउटा मध्यम आकारको पुस्तक मेरो हातमा थमाइदिए । घोर आश्चर्य, त्यो हरमन हेसकै ‘सिद्धार्थ’ थियो । मेरो खुशी त छताछुल्ल भएर नयाँ सडकमैं छरिएलाजस्तो पो भयो । एक मन आयो आर्किमिडिजले ‘युरेका युरेका’ भन्दै नाङ्गै सडकमा कराउँदै हिंडेकोजस्तो गरूँ १ तर मैले यो सफलता पाउँदा आर्किमिडिजजस्तो नाङ्गो थिइनँ । आधा अधूरा नक्कल के गर्नु ? मुटुमा ढाडिंदै आएको खुशी रोक्दै साथीहरूतिर गर्विलो अनुहार लगाएर छाती फुकाएर हेर्न खोजेको त, न साथीहरू थिए, न ट्याक्सी नै । भएको के रहेछ भने म उभिएको ठाउँको ठीक उत्तरपट्टि पनि एउटा बाटो थियो, त्यो पश्चिम घुमेर उत्तर लाग्दै अनि पूर्व लागेर लजसम्म पुग्छ । उनीहरूले एक/दुई पटक मलाई बोलाएका रहेछन्, तर ट्राफिक प्रहरीको दबाबले धेरै बेर कुर्न नसकेर हिंडेका रहेछन् ।
पुस्तकसम्बन्धी यस्ता कथा–व्यथाहरू धेरै छन् । यी केही घटना मर्मस्पर्शी, आफैंलाई गर्व लाग्ने र घत लाग्ने भएकाले उल्लेख गरेको हुँ । यसो त तिनताक समरसेट मामले आपूmले पढेका विश्वका १० सबैभन्दा राम्रा पुस्तक रोजेका थिए । तीमध्ये पनि प्रायः पुस्तकहरू फेला पारेर धेरैजसो पढें पनि । तीमध्ये रेड एन्ड ब्ल्याक, मोबी डिक, वुदरिङ हाइट्स, प्राइड एन्ड प्रेजिड्युस आदिको विषयवस्तु धेरै बिर्सिसकें पनि नाम चाहिं स्मृतिकोशमा छ ।
यो शृङ्खला चुँडाउनु पहिले एउटा कुरा के भन्न मन लागेको छ भने अहिलेसम्मको वृत्तान्त अङ्ग्रेजी पुस्तकहरूबारे मात्रै रह्यो । जुन समयमा म किताबहरू खोजीखोजी पढ्थें, त्यो बेला नेपाली पुस्तकहरू त प्रायः अप्राप्य नै थिए, हिन्दी पुस्तकहरू भने खूबै पढ्न पाएँ । यस सन्दर्भमा सम्झना के छ भने पहिलो नेपाली उपन्यास ‘हुरीको चरा’, पहिलो अङ्ग्रेजी उपन्यास ‘गूड अर्थ’ र पहिलो हिन्दी उपन्यास, तर अनुवादित ‘रे इन्सान, इन्सान बन’ थियो । इति !