साँवली सलोनी चन्द्रिका, आँखा ठूला–ठूला, ओंठ पातलो, कुनै पनि मेकअप जरुरी छैन, चम्पा पूmलको जस्तो रङ्गको कुर्ता सरवालमा सजिएकी, एउटी ग्रामीण युवती राजीवका सामुन्ने थिइन् । उसको कटिलो, गठिलो जीउ–डाल देखेपछि राजीवले अस्वीकार गर्ने कुरै आएन ? गद्गद् भएर मनमनै भन्यो– मलाई केटी मन परिन् । छोरीका बुबा यति सुनेपछि गद्गद् भएर घर फर्के । यति ठूलो घरानामा छोरीको बिहे भइरहेको छ, यही के कम छ ? राजीव सोचिरहेका थिए मानिस गोरी केटी नै किन रोज्छन् ? केही साँवली केटी पनि कति सुन्दर हुन्छन् । गाउँले हावापानीले कसरी गढेको हुन्छ ? प्रायः साँवली केटीको देहयष्टि कसिएको गठिलो हुन्छ, जबकि गोरी केटीको मोटो र नरम ।
केटीका बुबाले राजीवलाई छोरी देखाउन ल्याएका थिए । आजभोलि मधेसमा पनि आमाबुबाले मात्र हेरेर बिहे गर्ने चलन हराइसकेको छ । केटाले पनि केटीलाई हेरेपछि नै बिहे हुन्छ । यसका लागि केटीलाई कुनै बजार, होटेल वा कहिलेकाहीं चौबाटोमा देखाउने गरिन्छ । केटाले स्वीकृति दिएपछि कुरा अघि बढ्छ । यो सौभाग्य केटीलाई हुँदैन । चन्द्रिकालाई यही प्रयोजनका लागि शहर ल्याइएको थियो । आमाबुबालाई दाइजोको लोभ त हुन्छ नै, आजभोलि केही केटा पनि दाइजोमा गच्छे अनुसार बाइक र कार आदिको फर्माइश गरी टोपल्छन् । तर यहाँ उल्टो देखियो । राजीवका बुबा धनले मात्र धनी थिएनन्, मनका पनि धनी थिए । केटाले केटी मन पराएपछि अरू केही चाहिंदैन । बुहारी घर आओस् र बुढेसकालमा सहारा पाइयोस् । तर केटा कहाँ मान्नेवाला थियो ? बाइक, गरगहना र बिहेको सम्पूर्ण खर्च चन्द्रिकाको बुबासँग लिएरै छाड्यो, जबकि आपूm निठल्ला र बुबामाथि आश्रित थियो ।
बिहे भयो । दुलही घरमा भिœयाएपछि बुबा पहिलोचोटि उसको रूप देखेर गद्गद् भए । बुहारीको स्वभाव र पाककला देखेर झन् मुग्ध भए । बूढाबूढीको ओछ्यान लगाउनेलगायत खानपिनको पूर्ण ख्याल राख्न थालिन् । बूढाबूढीको हेरचाह र उनीहरूको आवश्यकताबारे सहज, सतर्क रहने बुहारीले धर्म नै बनाइन् । यस्ती बुहारी पाएर कुन सासू–ससुरा धन्य हुँदैनन् ? पढेलेखेकी पनि भएकीले बुहारी आफैं बजार गई घरखर्चको सामान पनि ल्याउन थालिन् वा पतिसँग मगाउन थालिन् । ससुरा त यसरी मुग्ध भए कि चन्द्रिकालाई छोरी मानेर पढाउने विचार मात्र गरेनन्, एउटा नाम चलेको कलेजमा नामाङ्कन पनि गराइदिए । किनभने उनी विस्तृत र उदार विचारका थिए । हाम्रो समाजमा बिहेपछि केटीको पढाइ बन्द गरिदिने चलन छ । तर यहाँ त्यो देखिएन । चन्द्रिका पढ्न जान थालिन् । तर यहाँ पनि त्यही भयो, जुन प्रायः बिहेपछि हुन्छ । चन्द्रिका गर्भवती भइन् । उनकी आमाले नै छोरीको पढाइमा बन्देज लगाइन् । तब के गर्न सकिन्थ्यो ? फेरि सासू–ससुरा चन्द्रिकाको सेवा–सुश्रुषामा रमाउन थाले । समयक्रममा घरमा एउटी गोरी पुतलीको जन्म भयो । पुतली चन्द्रिकाजस्ती साँवली होइन, बुबा राजीवजस्ती गोरी थिई । सासू–ससुरा नातिनी पाएकोमा दिक्दार भएनन्, किनभने त्यस घरमा एउटी मात्र केटी जन्मने इतिहास थियो । एउटी छोरीपछि छोरा जन्म्यो । त्यसपछि परिवार नियोजनको लागि शल्यक्रिया भयो । छोरी बुबा र छोरा आमामा गएका थिए । छोरा साँवलो, कृष्णजस्तो सुन्दर र नटखट । अब त सासूससुरा नातिनातिनीको बाल–चपल गतिविधि र बुहारीको सेवाबीच स्वर्गको सिंहासनमा बसेजस्तो अनुभव गर्न थाले ।
सबै राम्रो भएर पनि एउटा चिन्ताले बूढाबूढीलाई पिरोलेको थियो । छोरा त काम–धाम केही नगर्ने निठल्ला बनेर बसेको छ । उनीहरूले नातिनातिनीको नाममा केही रकम छाडेर जान चाहे । राजीवका दुवै भाइ भिन्न भएर छुट्टै घर बनाइ बस्न थालेका थिए । बूढाबूढीलाई केवल चन्द्रिकाको भरोसा थियो भने बुहारीलाई पनि सासू–ससुराकै आस थियो । बुहारीको भरोसा फलीभूत भयो । बूढाबूढीले २०/२० लाख रुपियाँ नातिनातिनी र चन्द्रिकाको खातामा फिक्स्ड डिपोजिट गरिदिए । नातिनातिनी नाबालिग हुनाले सम्पूर्ण ६० लाख रुपियाँ चन्द्रिकाकै अधिकारमा भयो । यतिमात्र होइन, आप्mनो हिस्साको घर पनि बूढाले चन्द्रिकाको नाममा लेखिदिए । दिन व्यतीत हुन थाल्यो, खुशी छचल्किरहेको थियो । चन्द्रिका माइती गएपछि उनलाई बोलाउन ससुरा नै जान्थे । माइतीमा उनी बुहारीको प्रशंसा गरेर थाक्दैनथे । चन्द्रिकाका मातापिता वा अरू कुनै छोरीको मातापितालाई योभन्दा बढी के चाहियो ?
मौसम अनुसारका फलपूmल आम, कटहर बुहारीको माइतीबाट आइरहन्थ्यो । फर्सी, आलु, केरा वा अन्य सब्जी पनि त्यसमा हुन्थे । १० वर्ष कसरी बित्यो पत्तै लागेन । बुढेसकालमा सासूससुरालाई यसभन्दा बढी अरू के चाहियो ? जुन बुढापा अरूका लागि बिताउन मुश्किल हुन्छ, त्यसको १० वर्षसम्म पत्तै लागेन । बूढाबूढी अब निश्चिन्त भएर अन्तिम सास लिन सक्नेछन् । यो भवसागर यसरी नै कटोस् भने लालसा सबैको हुन्छ । नातेदार, आफन्त वा परिवार यस भवयात्रालाई सहज बनाउनकै लागि त हुन्छन् । अन्यथा सबैले एक दिन त एक्लै जानुपर्छ ।
उनको घर पाँच कट्ठाको एउटा विस्तृत भूभागमा बनेको थियो । त्यसको एउटा कुनाको एक कट्ठामा केवल घर थियो, जसमा केवल छजनाको बास थियो । चन्द्रिका, राजीव, बूढाबूढी र ससाना दुई बच्चा । घरमा १० कोठा तल र दुईटा कोठा, एउटा स्टोर रूम र एउटा पूजाघर माथिल्लो तलामा थियो । एउटा कोठामा सासू, अर्कोमा ससुरा र तेस्रोमा चन्द्रिका, राजीव र बच्चाहरू एकसाथ सुत्ने गर्थे । बाँकी अन्य कोठा खाली रहन्थे । तल एउटा ठूलो बैठक कोठामा पाहुनाहरूका लागि सोफा र टिभी राखिएको थियो । त्यसैमा एउटा बैठकखाना थियो । बाँकी चार कट्ठामा आँप, लिचीको बगैंचा, लहरे अशोक र विभिन्न पूmल शोभायमान थिए र बीचमा एउटा स्वीमिङ पुल बनाइएको थियो । बगैंचाको रेखदेख गर्न २० वर्षदेखि एकजना माली थिए ।
बूढाको स्वास्थ्य खराब त थिएन, तर जोर्नीको दुःखाइ र हिंड्न थकान र कठिनाइ हुन लागेको थियो । अबेर रातिसम्म पढाइलेखाइ गर्नाले उनको एउटा खराब बानी थियो कि बिहान अबेर ८ बजेसम्म सुत्थे । एक दिन बिहानै ५ बजे निद्रा खुल्यो तर त्यसपछि निद्रा लागेन । बूढाले सोचे अलि घुमफिर गरूँ निद्रा लाग्छ कि १ तर निद्रा लागेन । तब छतमा केही बेर ताजा हावा खाउँ भनेर सिढी चढ्न थाले । फेरि सम्झना भयो छतको माथि र तल पनि ठूलो ताल्चा लगाइन्छ । कसरी जाने छतमा ? उनी फर्कनै लागेका थिए कि देखे छतको कोठाको गेट त खुला छ । उनी छतमा टहल्न थाले । त्यत्तिकैमा देखे कोठाको ढोकामा ताल्चा लागेको छैन । उनी कोठाको सिक्री लगाउन गए । ढोका यसो धकेलेर हेर्दा भित्रबाट बन्द थियो । उनले ढोका ढकढकाए । त्यत्तिकैमा ढोका खुल्यो र बूढालाई धक्का दिएर कोही भाग्यो । बूढो शरीरले धक्का थाम्न सकेन, भुइँमा लडे । लड्दा–लड्दै उनले देखे भाग्नेमध्ये चन्द्रिका थिई र अर्को छिमेकको गणेशको छोरा रञ्जन थियो, जसको घरसँग बूढाको दुश्मनी चलिरहेको थियो । उनले उठ्ने कोशिश गरे, उठे पनि तर तनभन्दा मनमा धेरै चोट खाएको हुनाले सुकेको लकडीजस्तै पछारिए र उनको प्राण गयो । बूढालाई के थाहा मृत्युले डो¥याएर ५ बजे निद्राबाट ब्यूँझाइ छतसम्म पु¥याएको थियो । कसैलाई केही थाहा भएन । केही बेरपछि चन्द्रिका र उनकी सासू बूढाको मृत शरीरमा आँसु बगाइरहेका थिए ।