• बैधनाथ श्रमजीवी

पत्रकारितालाई राज्यको चौथो अङ्ग पनि भनिन्छ । राज्यभित्र घटित हुने सरोकारवाला पक्षको विभिन्न सकारात्मक–नकारात्मक व्यवहारको सूचना आम जनतासम्म पु¥याउने महŒवपूर्ण दायित्व बोक्ने जनशक्ति भनेकै पत्रकार हो । पत्रकारले एकातर्फ नकारात्मक प्रवृत्तिलाई सिस्नुपानी लगाउने काम गर्छ भने सकारात्मक प्रवृत्तिलाई दुबोझै फैलाउने काम पनि गर्छ । यस अर्थमा पत्रकारिता भनेको निकै जिम्मेवार र नैतिक घेराभित्र रहने बौद्धिक जमातको विशेष क्रियाकलाप हो भन्दा अन्यथा नहोला । साँच्चीकै भन्ने हो भने पत्रकारिता जहिले पनि इमानदारिता र निष्पक्षतामा आधारित हुनुपर्छ । यो पेशा कुनै पनि राज्यको पक्षधरको रूपमा उभिनु ठीक हुँदैन । यसैले पत्रकारिता इमानदारी, निष्पक्षता, र पेशेवर आचरणको आधारमा सञ्चालन हुनुपर्छ । यसले सत्य र तथ्यलाई प्राथमिकता दिनुपर्छ र समाजलाई आवश्यक जानकारी प्रदान गर्न मदत गर्नुपर्छ । पत्रकारले विभिन्न दृष्टिकोण समेट्दै र स्रोतहरूको सुनिश्चितता गर्दै समाचार प्रस्तुत गर्नु जरुरी हुन्छ । यसका साथै पत्रकारिताले समाजको समस्याबारे जनचेतना फैलाउने र लोकतान्त्रिक प्रक्रिया समर्थन गर्ने भूमिका पनि निर्वाह गर्नुपर्छ । पत्रकारिताको यो मर्मबारे आधारभूतरूपमा पत्रकारहरू विज्ञ भए पनि यसबारे सतर्क भई पत्रकारिताको बाटोमा कमै पत्रकार लागेका देखिन्छन् । फलस्वरूप पत्रकारितामा विभिन्न विकृतिहरू देखा परेको छ । विभिन्न स्वार्थमा बाझिएको पत्रकारिताले यति बेला समाचारको गुणवत्ता र समाजमा यसको प्रभावमाथि असर पारेको छ । पत्रकारजगत्मा उच्च नैतिक मानक र पेशागत धर्म आवश्यक छ । यसको अभाव यति बेला सर्वत्र देख्न सकिन्छ । जसले गर्दा पत्रकारिता जगत्मा देखिएका हालका केही विकृतिहरू यस प्रकार छन्–

१. सूचना साँचो नहुनु :

प्रायःजसो पत्रपत्रिकाले विनापूmटनोट प्रसारण गरेका समाचारहरू अन्ततः गलत देखिएका छन् । यसप्रति को जिम्मेवार हुने श्र पत्रकारितासँग एक खालको सामाजिक सम्बन्ध भएपनि रहेको छ । समाजमा पत्रकारबारे केही बोल्यो भने उसले केही छापिदेला केही नराम्रो लेखिदेला भन्ने मनोविज्ञानले गर्दा हतपत कोही बोल्न रुचाउँदैन । पत्रपत्रिका वा सञ्चारमाध्यमका अन्य माध्यमहरूले गलत, अप्रमाणित सूचना, तथ्यहीन कुरा प्रसारण गर्दा यसले जनमानसमा ल्याउन सक्ने गलत जानकारी र नकारात्मक धारणाहरूबाट समाज गलत दिशामा गइरहेको स्पष्ट देख्न सकिन्छ ।

२ पारदर्शिताको कमी :

प्रायःजसो पत्रपत्रिका र सञ्चारमाध्यमहरू सूचना आदानप्रदान गर्नुभन्दा पनि कमाइखाने धन्दाको रूपमा सञ्चालन भएको हुँदा यिनीहरूको सूचनाको अवस्था भयावह छ । खासगरी स्रोतको स्पष्टता र वैधता नदेखाउनु, जसले समाचारको विश्वसनीयता घटाउँछ । यस कुरालाई पत्रकारहरूले मनन नगर्दा यति बेला पत्रपत्रिका र सञ्चार माध्यमबारे आम जनभावना के बन्दैछ भने पत्रकारहरू पनि गलत र नचाहिने कुराहरू लेख्छन्, स्वार्थवश लेख्छन् । यस प्रकारको जनधारणा बन्नु आफैंमा दुःखद हो । यसतर्फ पत्रकार र सञ्चारमाध्यम सजग हुनुपर्ने देखिन्छ । यतिबेला कुनै पनि पत्रपत्रिकाको विश्वसनीयता निरन्तर बढ्दै गएको अवस्था देखिंदैन । बरु सबैको विश्वसनीयता घट्दै गइरहेको कुरा जगजाहेर छ ।

३. पक्षपात :

यतिबेला संसार नै पक्ष विपक्षमा बाँडिएको हुँदा प्रसारण हुने वा छापिएका सूचनाहरू कुनै पक्षविशेषलाई प्राथमिकता दिएर अगाडि बढ्ने गरेको हुनाले समाजभित्र के सही के गलत छुट्याउन आम नागरिकलाई गाह्रो छ । समाचारमा विशिष्ट विचारधारा वा पक्षलाई मात्र निरन्तर प्रस्तुत गर्ने परिपाटीले गर्दा सञ्चार जगत्को निष्पक्षतामा खलल पुगेको स्पष्ट देख्न सकिन्छ ।

४. संसारिकताको कमी :

प्रायःजसो सञ्चारमाध्यमहरूले कुनै पनि घटना छाप्दा वा प्रसारण गर्दा संलग्न व्यक्तिहरूको सन्दर्भ र विशेषता नपठाउने परिपाटीले गर्दा मुद्दाको सही बुझाइ कठिन हुन्छ भन्नेतर्फ आमसञ्चार जगत् बेखबर देखिन्छ । यसतर्फ सञ्चारमाध्यमहरूले आप्mनो दृष्टिकोण स्पष्ट हुनेगरी अगाडि बढ्न जरुरी छ ।

५. सुरुचिपूर्ण :
सूचनाहरूले समाजमा के कस्तो असर पार्छ त्यसतर्फ विचार नगरी आप्mनो स्वार्थ अनुकूल छ छैन भन्ने कुरालाई प्राथमिकतामा राखेर सञ्चार माध्यमहरू अगाडि बढ्दा सञ्चारजगत् आम नागरिकको लागि स्थापित हुन सकेको देखिंदैन ।

६. समाचारको अत्यधिक प्रयोग :

प्रायःजसो सञ्चारमाध्यमहरूले आकर्षक र सनसनीखेज समाचारलाई प्राथमिकता दिने गर्छन जसले गर्दा गम्भीर मुद्दाहरूलाई उक्त समाचारले ओझेलमा पार्न सक्छ वा पार्ने गरेको छ ।

७. प्रेसर र बलात्कार :

राज्य पक्षबाट होस् वा व्यक्तिगत तवरबाट वा सामूहिक तवरबाट समाचारलाई लिएर सञ्चारमाध्यममाथि अनावश्यक दबाब दिने आप्mनो पक्षमा लेख्न वा प्रसारण गर्न दबाब सिर्जना गर्ने कामले गर्दा सञ्चारजगत्माथि बलात्कार नै भएकोजस्तो देखिन्छ । यस्ता घटना पटकपटक हुँदै आएका छन्, जसले गर्दा बाह्य दबाब वा हदपारका लागि दबाबका कारण समाचारमा स्वायत्त र साँचो विचार प्रभावित हुने गरेको छ ।

असल पत्रकारिता भन्नाले निम्नलिखित विशेषताहरूलाई ध्यानमा राख्नुपर्छः

१. सत्यता र तथ्य प्रस्तुतीकरण 

पत्रकारहरूले हमेशा के कुरामा सचेत हुन जरुरी छ भने उसले बजाउने वा छाप्ने समाचार र सूचनाहरूलाई सही र प्रमाणित तथ्य अनुसार प्रस्तुत गर्नु, भूmट वा अर्धसत्यबाट बच्नुपर्छ । यो नै एउटा यस्तो तरीका हो, जसको माध्यमले पत्रकारितालाई सत्य र तथ्य प्रस्तुतीकरणको लागि नैतिक माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ ।

२. निष्पक्षता :

एउटा पत्रकार वा आमसञ्चार माध्यमले जहिले पनि के कुरामा विचार गर्नुपर्छ भने सबै पक्षको आवाज समेट्न र कुनै विशेष विचारधारामा झुकाव नराखी वस्तुनिष्ठ रिपोर्टिङ गर्नुपर्छ अनि मात्रै त्यस्ता सञ्चारमाध्यमहरूले विश्वसनीयता निष्पक्षता र पेशाप्रति इमानदारिता र नैतिकता कायम गर्न सक्छन् । होइन भने दोहोरो स्ट्यान्डर्ड लागू गरेर आप्mनो पेशाप्रति अविश्वास जन्माउनुबाहेक अरू केही हुन सक्दैन ।

३. पारदर्शिता :

कुनै पनि समाचारको स्रोत र त्योसँग सम्बन्धित जानकारी आपूmसँग राखेर टेलर समाचार प्रकाशन गर्ने बानी विकास गर्नु राम्रो होइन । यसले पत्रकारजगत्, आम सञ्चारमाध्यमलाई बदनाम मात्र गराउँछ । त्यसैले समाचारको स्रोत र प्रक्रिया स्पष्टरूपमा जनाउनु, जसले पाठक वा दर्शकलाई सूचनाको विश्वसनीयता बुझ्न मदत गर्छ ।

४. गोपनीयता र सम्मान :

सञ्चारमाध्यमहरूलाई उपलब्ध गराइएका सूचनाहरूको स्रोत सधैंभरि गोप्य राख्छौं भन्ने विश्वास दिलाउन सक्नुपर्छ । स्रोतहरूको गोपनीयता र व्यक्तिहरूको गोपनीयताको सम्मान गर्नु, विनाअनुमति वा संलग्न पक्षलाई नसोधी वा उनको राय नजानी वा उसलाई आप्mनो राय राख्ने अवसर नदिई कुनै पनि समाचार प्रकाशन गर्नुहुँदैन भन्ने कुरा बिर्सनुहुँदैन ।

५. सामाजिक उत्तरदायित्व :

प्रत्येक नागरिकको कर्तव्य हुन्छ कि आप्mनो देश र समाजको हकहितको लागि केही सोच्नु केही गर्नु । यस अर्थमा प्रत्येक नागरिक आजको आधुनिक युगमा पत्रकार हो । सबैको हातमा मोबाइल छ र सबैले सूचनाको आदानप्रदान गरेकै हुन्छ । यसर्थ समाजको हितमा काम गर्नु, लोकतन्त्रलाई सुदृढ बनाउन मदत गर्नु, र समाजका मुद्दाहरू उजागर गर्नु सञ्चार जगत् वा पत्रकारको प्राथमिकतामा रहनुपर्छ ।

६. पेशा–धर्मिता :

पत्रकारहरूले पत्रकारिताको सबै नियम कानून पालन गर्नुपर्छ । यस्तोमा उनीहरू उच्च नैतिकवान् भएर समाजको अगाडि प्रस्तुत हुनुपर्छ । उच्च नैतिक मानक पालन गर्नु र रिपोर्टिङमा सबैभन्दा राम्रो अभ्यासहरूको पालन गर्नुपर्छ ।

वीरगंजलाई कार्यक्षेत्र बनाएर लगातार ४० वर्षदेखि पत्रकारिता गर्दै आएका सुदर्शनराज पाण्डेको स्मृतिशेष हुँदा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै–असल पत्रकारिता समाजलाई साँचो, सुसङ्गत र निष्पक्ष जानकारी प्रदान गर्ने उद्देश्यका साथ अगाडि बढिरहन्छ भन्ने पाण्डेजीकै भनाइ सापटी लिएर यो लेख यही टुङ्ग्याउँछु । मित्र पाण्डेको धेरैधेरै सम्झना १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here