प्रस, परवानीपुर, २३ भदौ/
वीरगंजमा अङ्ग्रेजी भाषाको मासिक पत्रिका नेक्स्ट जेनेरेशनको विमोचन भएको छ ।
वीरगंज पब्लिक कलेजको सभाहलमा मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले पत्रिकाको विमोचन गरेका थिए ।
पत्रिकाका प्रकाशक राहुलकुमार केवटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कादम्बरी एकेडेमीका प्रअ राजेन्द्र आचार्य, नवदीप एकेडेमीकी प्रअ सुशीला साह, डिएभी स्कूलका प्रअ राकेश मिश्र, नेक्स्ट जेनेरेशन पत्रिकाका सल्लाहकार शङ्कर आचार्यलगायतको सहभागिता थियो ।
कार्यक्रममा वक्ताहरूले वीरगंजमा अङ्ग्रेजी माध्यमको पत्रिका सञ्चालनमा आउनु खुशीको कुरा भएको बताए । कार्यक्रममा सम्पादक दिव्या नकर्मीले स्वागत गरेकी थिइन् ।