विगतका वर्षहरूमा भएका आपराधिक घटनाहरू र त्यसमा संलग्न कलिला उमेरका बालबालिकाहरूको मनोवैज्ञानिक विश्लेषण गर्दा के स्पष्ट हुन्छ भने समय र परिस्थितिको बाध्यतावश आप्mनो मनभित्रका अपूर्ण इच्छाहरूको पूर्तिका लागि उनीहरू गम्भीर किसिमका र ठूला–ठूला अपराध समेत गर्ने गर्दछन् । यसबाट उनीहरू सामाजिक प्रतिष्ठा गुमाउनुका साथै समाजबाट तिरस्कृत र उपेक्षित पनि हुन्छन् । यस परिस्थितिको सूक्ष्म अध्ययन गर्दा के भन्न सकिन्छ भने दोषी कहीं कतै हामी पनि त छैनौं ? यस कारण यस आलेखमार्पmत यस विषयमा केन्द्रित भई छलफल गर्न खोजिएको छ ।
प्रायःजसो अभिभावक वा शिक्षकहरू जहिले पनि बालबालिकाहरूको एकतर्फी पढाइको चिन्ता गर्छन् । यो उचित पनि हो तर यसका साथै उनीहरूको हरेक पक्षबारे चिन्ता र चासो लिनु पनि वर्तमान परिप्रेक्ष्यमा उत्तिकै आवश्यक छ । हामीले खोजेको पक्ष भनेको बालबालिकाहरूको सुन्दर र उज्ज्वल भविष्यका लागि शिक्षा नै हो । जसरी प्रतिस्पर्धात्मक शिक्षाका लागि ए प्लस ग्रेड प्राप्त गर्नु नितान्त आवश्यक छ, त्यहीं व्यावहारिक शिक्षा पनि कम महŒवपूर्ण छैन । यस कारण उनीहरूको उन्नत र उज्ज्वल भविष्यका लागि बहुपक्षीय क्रियाकलापमा ध्यान दिएनौं भने त्यही उनीहरूका लागि अभिशाप पनि बन्न सक्छ ।
यस कारण उनीहरूभित्र त्यो नकारात्मकतालाई बढावा दिने वातावरण कहींकतै भूलवश हामीले नै त सृजना गरिरहेका छैनौं ? छलफलको एउटा पक्ष यो पनि हो । यस सन्दर्भमा गरिएको अध्ययनले के देखाएको छ भने आजकलका फिल्म, मोबाइल र टेलिभिजन च्यानलहरूको बढ्दो प्रभाव, परिवारमा भौतिक सामग्रीको अभाव, सङ्गति र कुलत, उपेक्षा, अपरिपक्वता, एक्लोपन र विवशता यसको प्रमुख कारण हुन सक्छ ।
आजकलका फिल्म र टेलिभिजन च्यानलहरूमा प्रसारित हिंसा, सेक्स, विद्रोह र नयाँ फेशनको चाहनाका कारण उनीहरूमा द्रुत गतिले एक प्रकारको हिंसात्मक तथा नकारात्मक प्रवृत्ति बढ्दै गइरहेको छ, त्यसबाट प्रभावित भई उनीहरू आपराधिक क्रियाकलापमा संलग्न हुनु स्वाभाविक नै हो । यस कारण के भन्न सकिन्छ भने फिल्म र टेलिभिजन च्यानलहरूले उनीहरूका केही उद्देश्य पूरा गर्न सहायकको भूमिका निर्वाह गर्दछ भने यसको नकारात्मक पक्षले उनीहरूलाई आपराधिक प्रवृत्तितर्पm पनि उन्मुख हुने प्रेरणा पनि प्रदान गर्दछ । यसबाट एकातर्पm उनीहरूको सोच्ने र सम्झने शक्ति विकसित हुन्छ भने उनीहरूको अपरिपक्वता र सीमित कल्पना शक्तिलाई हिंसा र अश्लीलतामा पनि परिवर्तित गर्न सक्छ । एउटा सर्वेक्षण अनुसार टेलिभिजन र ओ.टी.टी. प्लेटफर्मको बाजारीकरणले गर्दा मनोरञ्जन मात्र प्रदान गर्ने ती नकारात्मक दृश्यहरू आज आवश्यकताको रूप लिंदै गइरहेको कुरा देखाएको छ भने अर्कोतर्पm बालबालिकाहरूमा जुनसुकै कुराको नक्कल गर्ने बानीले गर्दा उनीहरू यस्ता क्रियाकलापबाट बढी प्रभावित हुने गरेको बताएको छ । उदाहरणका लागि आजभोलि उनीहरूबीच हुने सामान्य झगडा पनि फिल्मी स्टाइलमा हुने गरेको छ वा तीन चार वर्षका केटाकेटीले खेलौनाको पेस्तोल वा औंलालाई पेस्तौल जस्तै बनाई आपूmभन्दा ठूलालाई गोली हान्ने कुरामा तल्लीन भएको प्रायः हरेक घरमा देख्न र सुन्न पाइन्छ ।
एउटा अमेरिकी बाल चिकित्सा एकेडेमीले ‘हिंसात्मक टिभीभन्दा टीबी रोग उचित’ भन्दै अभिभावकहरूलाई बालबालिकाहरूका लागि तयार पारिएका फिल्म वा भिडियो मात्र देखाउन सल्लाह दिएको छ । फिल्म र टेलिभिजन च्यानलहरूको नकारात्मक प्रभाव आजभोलि सम्पन्न परिवार वा शहरमा मात्र सीमित नरही गाउँघरमा पनि देखिन थालेको छ । विडम्बना के छ भने कतिपय अभिभावकहरू स्वयं मनोरञ्जनको निहुमा क्यासेट ल्याएर होस् वा अनुमति दिएर हेर्न दिने गर्दछन् । केही वर्ष पहिलेको तुलनामा आजभोलि टेलिभिजन एउटा संस्कारको रूपमा नै पैmलिंदै गएको छ । बालबालिकाहरू अबोध भएका हुनाले अभिभावकहरूको दायित्व हो यसको नकारात्मक प्रभावबाट उनीहरूलाई जोगाउनु ।
नेपालजस्तो विकासोन्मुख देशमा बालबालिकाहरूको भविष्य निर्माणका लागि जुन समय खर्चिनुपर्ने हो त्यो आजको भौतिक प्रतिस्पर्धा बढेको समयमा परिवारको सुखसुविधा जुटाउन आम्दानी गर्न मात्र केन्द्रित भइरहेको छ । पुरुषसँगसँगै महिलाहरू पनि काम गर्न बाहिर गइरहेका छन् । अभिभावकहरू बढीभन्दा बढी समय बालबालिकाहरूकै भविष्य निर्माणका लागि कसरी खर्च गर्ने तर्पm सोच्नु नितान्त आवश्यक छ, अन्यथा कमाउनुको कुनै अर्थ रहँदैन । यस्ता धेरै कुरा छन्, जसमाथि दिनभरि कमाउनुमा व्यस्त हुनुपूर्व सोच्नु र ध्यान पु¥याउनु जरुरी छ किनभने दिनभरिको एक्लोपना वा गलत सङ्गतिले गर्दा थुप्रै घटना हुन सक्ने सम्भावना रहन्छ ।
एक दिनको घटना हो । म संयोगवश एउटा रेस्टुरेन्टमा दिउँसो खाजा खान पसें । त्यहाँ तीन–चारजना छात्राहरू एउटा क्याम्पसको पोशाकमा बसेर गप्प गर्दै थिए । मलाई हेर्नासाथ उनीहरूबीच एक छिनका लागि त कुराकानी बन्द भयो । मैले सोचें उनीहरूले मलाई चिनेर त चुप लागेका होइनन् । त्यसै बेला तीन–चार जना केटाहरू पनि क्याम्पसकै पोशाकमा केटीहरूको अगाडि रहेको अर्को टेबलमा बसे । म खाजा खान व्यस्त भएँ । एक छिनपछि नजर घुमाउँदा सबैलाई एउटै टेबलमा बसेर गप्प गरिरहेको देखें । त्यस अवस्थामा दुवै पक्ष्Fबीच यति कम समयमा कसरी चिनजान भयो भन्ने जिज्ञासाले म त्यसतर्पm आकर्षित भएँ र मौन भएर उनीहरूको गतिविधिमा ध्यान केन्द्रित गरें । केही बेरपछि एकजना केटाले साङ्केतिक भाषामा रु १००० अफर ग¥यो । केटीले स्वीकार गरिन्, लगत्तै केटाको अर्को अनुरोधपूर्ण स्वर सुनियो–आज बेलुका त उतै बस्नुपर्छ नि १ एउटी केटीले भनिन्, नाईं, बेलुका त …घरमा थाहा पाए भने…। मेरो मनभित्र एउटा द्वन्द्व र पीडा छरियो । यो उमेर…अनि क्याम्पसको ड्रेस…। मैले पहिले..कहिले नसोचेको घटना…।
सोचले गरीब भएको हाम्रो मुलुकमा कतिपय यस्ता समस्या छन् जो बालबालिकाहरूका लागि प्रतिकूल साबित हुन सक्छ । जसमध्ये उपेक्षा पनि एउटा हो । कहिलेकाहीं आमाबुवाबीचको तनावले गर्दा यस्ता शब्दहरू उनीहरूका अगाडि प्रयोग गरिन्छ वा आआप्mनो रीस पोख्छन् । कहिलेकाहीं उनीहरूकै अगाडि अरूको प्रशंसा गर्ने र उनीहरूलाई होच्याउने क्रियाकलापले बालमस्तिष्कमा एक प्रकारको उपेक्षाको भाव सृजना गर्छ । यसबाट उनीहरूमा हिंसक प्रवृत्ति जागृत हुने सम्भावना बढी हुन्छ । यस कारण अभिभावकहरूले यस्ता शब्द र व्यवहार बालबालिकाहरूको अगाडि गर्नुहुँदैन ।
हालै केही वर्ष यता हत्या, हिंसा तथा लुटपाटका घटनाहरूमा १८ वर्षमुनिका केटाहरू नै बढी संलग्न रहेको पाइएको छ । बाल मनोवैज्ञानिकहरूका अनुसार यस्ता किसिमका अपराधको कारण बालबालिकाहरू स्वभावले नै अपराधी हुनुहोइन तर वरिपरिका वातावरण वा समाज जुन प्रकारले प्रदूषित हुँदै गएको छ त्यसको परिणति हो–बाल अपराध । पश्चिमी शैली आत्मसात् गर्दा आजभोलि हाम्रो सामाजिक संरचना जुन द्रुत गतिले परिवर्तन भइरहेको छ, त्यो पनि बाल अपराधको एउटा प्रमुख कारणको रूपमा देखा परेको छ । दुई दशक यता भौतिक तथा आर्थिक प्रभावका कारण मानिसको आर्थिक समुन्नतितर्पm जुन एकोहोरो दौड प्रारम्भ भएको छ त्यसबाट परिवार र समाजका सकारात्मक पक्षहरू गौण हुँदै गएका छन् । यस गतिविधिले पनि बालबालिकाहरूको कलिलो मस्तिष्कलाई स्वाभाविकरूपले प्रभावित पारेको छ । यी सानातिना र झिनामसिना कुराहरूले भविष्यलाई कसरी प्रभाव पार्छ भन्ने कुरामा ध्यान पु¥याउन ढिलो भयो भने हात लाग्यो शून्य हुनेछ । यदि समयमैं ध्यान दिइएन भने एकदिन समाज तथा परिवारले यसको महँगो मूल्य चुकाउनुपर्ने छ, जुन हामी सोच्न पनि सक्दैनौं ।
आपराधिक प्रवृत्ति विकसित हुनुमा बालबालिका आआप्mनै ठाउँमा जिम्मेवार छँदैछन् तर त्यसको निराकरणका लागि सजग र सचेत अभिभावक तथा विद्यालयका शिक्षकहरूको पनि उत्तिकै महŒवपूर्ण भूमिका रहन्छ । यसरी निष्कर्षमा भन्नुपर्दा बाल अपराध बढ्ने मनोवैज्ञानिक कारण खोज्दै जाने हो भने एउटा बालक अपराधी हुनु वा ऊभित्र अपराध–प्रवृत्ति बढ्नुमा धेरै तŒव जिम्मेवार छं । यस कारण के कस्तो उपाय गरेर अभिभावक, शिक्षक तथा सम्बद्ध पक्षले बालबालिकामा चेतना जगाउने तथा मनोवैज्ञानिक विश्लेषण तथा विधिद्वारा नकारात्मकता न्यून गर्न सकिन्छ त्यसबारे सोच्नुपर्छ । बालबालिकाहरूलाई कसरी स्वस्थ, सबल, नैतिक र सम्यक जीवन प्रदान गर्न एकोहोरो पढाइबाहेक कुन–कुन विषयमा शिक्षक तथा अभिभावकहरूको ध्यान जानु जरुरी छ ? यसतर्पm सबै पक्ष गम्भीर हुनु वर्तमान समयको खाँचो हो ।