प्रस, वीरगंज, २२ भदौ/
नेपाल सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा फौजदारी अभियोगमा ५० प्रतिशत सजाय काटिसकेका १२ जना कैदीबन्दीलाई रिहा गर्ने तयारी गरेको छ ।

गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागका निर्देशक कमल पाण्डेका अनुसार ज्येष्ठ नागरिक, अशक्त महिला तथा बालबालिकाहरूको हकमा कैदी जीवन बिताइरहेकाहरूलार्य नेपालको संविधान अनुसार मुक्त गर्न लागिएको बताए ।

संविधान दिवसको अवसरमा कैद मुक्त हुने कैहीहरूमा कलैया–३ निवासी उमेशकुमार (मुद्रा अपचलन), वीरगंज महानगरपालिका–१४ निवासी महमद तारिफ हुसेन अन्सारी (चोरी), जीतपुरसिमरा उपमहानगर–१९ निवासी विनय चौधरी (बहुविवाह), बारा निजगढ नपा–६ रामहवी राना (चोरी), बहुदरमाई नपा–३ निवासी नेकमहमद (बहुविवाह), भरतपुर महानगर–१० निवासी मानबहादुर घलान (गैंडा मारेको), बिहार पश्चिमी चम्पारण बैरिया निवासी छदु महतो (गैंडा मारेको), बारा पचरौता–८ निवासी अमरराय यादव (हातहतियार), बारा परवानीपुर–३ निवासी ओमप्रकाश साह (खोटाचलन), बिहार पश्चिमी चम्पारण निवासी जियाउल रहमान (चोरी), वीरगंज महानगर–१५ निवासी बिक्की सर्राफ (डाँका), दोलखा निवासी कृष्णबहादुर दाहाल (डाँका) मुद्दामा ५० प्रतिशत सजाय भुक्तान गरिसकेकाले कैद मुक्त हुने भएका कारागार व्यवस्थापन महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here