प्रस, पोखरिया, २२ भदौ/
पोखरिया वस्त्र व्यवसायीहरूको भेला शनिवार ठोरी गाउँपालिकामा सम्पन्न भएको छ ।
ठोरी गापास्थित पार्कमा भएको भेलाले पारस साह तेलीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष राजेन्द्र साह, सचिव खलिल मियाँ, सहसचिव राजकिशोर चौहान, कोषाध्यक्ष अब्दुल हक आलमलगायत सदस्यहरू छन् ।
कार्यक्रममा पोखरिया नगरपालिकाका वडाध्यक्ष लक्ष्मण साह कानू, सुवास सोनार, जयप्रकाश सोनार, शम्भु श्रीवास्तव, महीना साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।