प्रस, वीरगंज, २२ भदौ/
वीरगंज भन्सार कार्यालय राजस्व गस्ती टोलीले शनिवार वीरगंजका तीनवटा स्थानमा छापा मारी भन्सार छलीका सामानहरू बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले सूचनाको आधारमा वीरगंज महानगर–१६ नगवाका दुई स्थान र वडा नं ८ मीनाबजारस्थित खाद्य उद्योगमा छापा मारी भन्सार छलीका सामानहरू बरामद गरेको बताए ।

उनले वीरगंज–१६ नगवा पोखरीस्थित गोदाममा छापा मारी करीब सात लाख मूल्य बराबरका काजु, किसमिस र छोहडा बरामद गरेको बताए । यसैगरी, खुश्बु चकलेट उद्योगबाट बिलबीजक नभएको चिनी बरामद गरेको बताए । वडा नं ८ मीनाबजारस्थित शिवशक्ति खाद्य उद्योगमा छापा मारी डेढ ट्रक आलु र प्याज नियन्त्रणमा लिएको उनले बताए ।

भन्सार छली भिœयाइएका ती सामानहरूको बिलबीजक नभएका कारण नियन्त्रणमा लिएको सप्रनाउ रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here