प्रस, परवानीपुर, २१ भदौ/
वीरगंज–२५ दक्षिणवारी श्रीसियामा सञ्चालित अवैध मदिराभट्टी बन्द गराउन स्थानीय सक्रिय भएका छन् । उनीहरूले टोल भेला गरी एक हप्ताको समयसीमा दिंदै तीनवटा मदिरापसलका सञ्चालकलाई चेतावनी दिएका छन् । गाउँको दक्षिणमा पर्ने भारतीय सीमानजीकै प्रमोद साह तुराहा, ब्रह्मदेव पटेल र आसनारायण पटेल गरी तीनजनाले अवैध घरेलु मदिरा बेच्ने पसल सञ्चालन गरेका छन् ।

दुई वर्षदेखि ती तीनवटा पसल सञ्चालनमा आउँदा स्थानीय महिला तथा गाउँलेलाई सो बाटो भएर आउजाउ गर्न समस्या भएकोले आफूहरू प्रतिकारमा उत्रिएको वडा नं २५ का सदस्य जगदीश साह तुराहाले बताए । उनले गाउँमा घरेलु मदिरा सेवन गरी धेरै युवकको ज्यान गइसकेकाले गाउँमा मदिरा बेचबिखनमा कडाइ गर्न सतर्कता अपनाइएको बताए ।

अर्का गाउँले राजेश पटेलले अवैध मदिरापसलमा मदिरा खाएर भारतीय ग्राहकले होहल्ला गर्दा गाउँको शान्ति सुव्यस्थामा खलल पुगेकोले विरोध जनाएको बताए । सो बाटो भएर गाउँका चेलीबेटी हिंड्दा मदिरा सेवन गर्ने ग्राहकले दुव्र्यवहार गर्दा विरोधमा गाउँले उत्रिएको उनले बताए । प्रहरी चौकी श्रीसिया र स्थानीय प्रहरी प्रशासनलाई आवश्यक कानूनी कारबाहीको लागि पहल गरेको गाउँलेले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here