प्रस, वीरगंज, २१ भदौ/
धनुषा जिल्लाको मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा शुक्रवारदेखि अमरग्रन्थको तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डाराको महायज्ञ शुक्रवारदेखि शुरू भएको छ ।

आज पत्रकार सम्मेलन गरी यही भदौ २३ गते सन्त रामपालजी महाराजको अवतरण दिवसको अवसरमा आजदेखि तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा महायज्ञ शुरू गरिएको जानकारी गराइएको छ । आजदेखि शुरू भएको अमरग्रन्थ वाणीको पाठ तीन दिनसम्म निरन्तर चलिरहने बताइएको छ ।

कार्यक्रममा भारतका विभिन्न प्रान्तका साथै अमेरिका, बेलायत, जापान, मलेशिया, अस्ट्रेलियालगायतका देशहरूबाट श्रद्धालुहरू आउने क्रम जारी रहेको र नेपालका विभिन्न स्थानबाट हजारौंका सङ्ख्यामा श्रद्धालुहरू आइरहेका बताइएको छ । पत्रकार सम्मेलनमा आज बिहानैदेखि ठूलो सङ्ख्यामा श्रद्धालुहरू सहभागी भएको जानकारी गराइएको थियो । भोलि शनिवार दाइजोमुक्त सामूहिक विवाहका साथै रक्तदान शिविरको आयोजना गरिने जानकारी दिइएको छ ।
पाखण्ड र सामाजिक विकृतिहरूमाथि प्रहार गर्दा कबीर साहेबजीले मानवलीलाको क्रममा गरेका सङ्घर्ष तथा भोग्नुपरेका यातनाहरूका बारेमा चित्रण गरी आध्यात्मिक प्रदर्शनी लगाइएको छ । सहभागी श्रद्धालुहरूलाई खान, बस्न, सुत्नलगायतका आवश्यक सबै सेवासुविधा निश्शुल्क उपलब्ध हुने जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here