• डा शिवशङ्कर यादव

तीजको दर खान शुरू भएको महीना दिन बित्न लाग्यो र भाद्र शुक्ल तृतीयाका दिन टुङ्गिइ पनि सकेको छ । यसै महीना पछि महादशैंं मनाइने छ । यस लेखको शीर्षकमा एकलाई अर्कोको नामले र अर्कोलाई पहिलो वा बीचको नामले पनि मान्छे भन्ने गर्छन् । तर त्यसरी भन्नु सही होइन । शीर्षकमा उत्सव त्यसलाई भनिन्छ जसमा मान्छेभित्र उमङ्ग, उत्साह र एकताको सञ्चार हुन्छ । उत्सवको अर्थ हुन्छ, पानीको स्रोत वा झरना । अर्थात् उत्सव उत्साहको स्रोत हो । यसलाई एक दिवसीय, द्विदिवसीय वा वार्षिकोत्सव आदिको रूपमा मनाइन्छ । स्कूल, कलेज वा कुनै संस्थाको स्थापनाको वार्षिकोत्सव एक दिवसीय उत्सव हो । मेला यस्तो वार्षिकोत्सव हो जसमा प्रत्येक वर्ष खुशीको प्रकटीकरण गरिन्छ । गढीमाईको मेला ५ वर्षपछि पाँच दिनसम्म लाग्ने मेलोत्सव हो । यसरी उत्सव अनेक छन् । मानिसलाई उत्साही बनाइराख्न जरुरी थियो । हतियारलाई यसै राखिदियो भने खिया लाग्छ । खिया लागेपछि हतियार काम लाग्दैन । अनि त्यसको उपयोगिता नै समाप्त हुन्छ । यसको मतलब हतियार हुनु वा नहुनुको केही अर्थ रहँदैन ।

मानिसको उपयोगिता पनि सतत काम गरिराख्नु र कामलायक रहनुमा छ । सतत कामलायक बनिरहनु साधारण कुरा होइन । यसको लागि मानिसमा जोश, जाँगर, उत्साह, साहस सबै चाहिन्छ । केवल भोजनपानीले शरीर ऊर्जावान रहँदैन । भोजन पानी त देखिने पदार्थ हो, जुन शरीरको लागि आवश्यक त हुन्छ, तर केही अदृश्य कुरा त्यसभन्दा पनि महŒवपूर्ण हुन्छन् । वास्तवमा भन्ने हो भने शरीर तिनै अदृश्य कुराहरूको संवाहक हो । खानापानी त इन्धन मात्र हो । हवाईजहाज केको संवाहक हो ? इन्धनको संवाहक होइन, हवाईजहाज । त्यो संवाहक हो गति र गन्तव्यको । त्यस्तै शरीर पोषणको संवाहक होइन, त्यो संवाहक हो उमङ्ग, उत्साह, साहस र उद्देश्य प्राप्तिको । अतः खानाले मात्र काम चल्दैन । के अर्जुन खाना खाएर युद्धको मैदानमा गएका थिएनन् ? तर त्यहाँ पुगेर आफन्तसँग लड्नुपर्ने हुँदा उनी थरथर काम्न थाले । अब के गर्ने ? उनलाई आशा, उत्साह र साहसको जरुरत थियो । कृष्णले त्यही गरे । मानवले शुरूमैं पहिचान गरिसक्यो कि उत्साहको लागि उत्सव जरुरी हुन्छ । त्यही उत्सवलाई विभिन्न रूप र रंगमा मनाउने कुराको खोजीको क्रममा विभिन्न चाडबाड र पर्वहरूको उत्पत्ति भयो ।

यसको उत्पत्ति मानव जीवनको उत्पत्तिको साथै भएको हो । शिकारयुगमा आगोको वरिपरि बसेर पोल्दै एक साथ मासु खाने कुरा उत्सव नै थियो । आज पनि पिकनिकमा त्यही त हुन्छ । एक साथ रमाउँदै–खाँदै खुशी–खुशी नयाँ जोश र जाँगर लिएर घर फर्किने गरिन्छ । कालान्तरमा स्थापना दिवस, वर्थडे, विवाहोत्सव आदि हजार उत्सव बनाइए । सबैको उद्देश्य आपूmभित्र उत्साह र उमङ्ग भर्नु नै हो । अतः सबैभन्दा पहिले मानिसले उत्सवको आविष्कार गरे । विवाहोत्सव एक उच्चकोटिको उत्सव हो जसमा दुई आत्मा एकाकार हुन्छ । पहिले त्यसको वैदिक विधि सादा र सादगीपूर्ण थियो । आज त्यसमा तडकभडक, दाइजो, डिजे आदिको विकृति आइसकेको छ । कोहीकोही भन्छन् कि विवाह जबर्दस्ती महिलालाई घिसारेर बलात्कार गर्ने पुरुषवादी समाजबाट बनाइएको प्रथा हो । त्यसैले पुरुषवादी समाजमा महिला उत्पीडन कायम छ । त्यसैले पुरुषवादी समाजद्वारा बनाइएको विवाह सबै उत्पीडनको मूल हो । त्यसलाई नमान्नेहरू महिलालाई उक्साइरहन्छन् ।

अब उनीहरूलाई के भन्ने ? उनकै अनुसार यदि विवाह बलात्कारबाट शुरू भएको हो भने पनि उनीहरूको सोच त्यहाँसम्म किन पुग्दैन कि त्यही घिसारेर बलात्कार गर्ने कुकर्म नहोस् भने हाम्रा मनीषीहरूले विवाह बनाई त्यस विकृतरूपलाई वशमा पारेर आध्यात्मिक बनाए । अरबमा एक कबिला अर्को कबिलामाथि सधैं मारकाट गर्थे । मोहम्मद साहेबले सोचे कि उनको बर्बरतालाई कसरी काबूमा ल्याउने ? उनले अल्लाहको आविष्कार गरेर पहिले ती कबिलाहरूलाई धर्ममा बाँधे र पछि कबिलाहरूमा नियम निर्धारित गरे जुन आज पनि सरियतको रूपमा कायम छ । त्यस्तै हाम्रोमा मारकाट, बलात्कार रोक्न विवाह संस्थाको पुनीत कर्मको थालनी भयो ।

पर्व वा व्रत मानिसको महत्तम विकसित भइसकेको सभ्यताको आविष्कार हो । कृषियुगमा मानिसलाई जब खानाको कुनै कमी भएन, त्यस बेला उत्सव पनि थियो तर मानिसमा उत्साहको कमी भयो ? उसको ध्यान खानपानमा गयो । उसले के देख्यो भने बढी खाना खाएर बिग्रेको अवस्था खाना नखाएर ठीक हुन थाल्यो । यस चमत्कारलाई उसले प्रयोग गरेर हे¥यो । आयुर्वेदको आविष्कार भइसकेको थियो । तब कुरा आयो त्यस चमत्कारको प्रसार कसरी गर्ने ? धर्म पनि बनिसकेको थियो । जब सबै मानिस पूर्णरूपले धर्ममा आबद्ध भए तब खानपानको महŒवलाई धर्मसँग जोडेर घरघरमा पु¥याइदिए । त्यस कालमा मानिस पढेका थिएनन् । धर्ममा जोडिंदा त्यसको फाइदा अनपढले पनि उठाउन भ्याए । त्यसको नाम दिइयो व्रत र पर्व । भनियो व्रत र पर्व मनाउँदा धर्म र पुण्य प्राप्त हुन्छ । यसरी पर्व र व्रत गर्दा धर्मको साथै मुख्य काम कम खुराकको फाइदा देखियो ।

त्यसैले एकादशी र छठ आदिलाई व्रत र पर्व भनिन्छ । हरेक व्रत र पर्वमा तत्तत् देउताको महिमागान पाइन्छ । त्यसमा विकृति नआएको होइन, जसरी तीज व्रतमा देखिन्छ । एक महीनासम्म दर खाने, तडकभडक, डिजे र अश्लील गीतहरूको साथ नाचगान आदि त्यसको विकृत रूप हो । जसले कम खानाको मूल्य घटाएको छ । तापनि मधेसमा तीजलाई त्यसको वास्तविक रूपमैं मनाइन्छ । मधेसकी कुनै पनि महिल एक महीनासम्म दर खाँदैनन् । तर पहाडको भडकिलो तीजको देखासिकी भने यहाँ पनि शुरू भइसकेको छ, जुन उचित होइन ।
अब लागौं तिहारतिर । तिहार उत्सव त हुँदै हो र त्यस कारण नै हामी होलिकोत्सव, मदनोत्सव, दीपोत्सव भन्दछौं । तर मुख्यरूपले त्यो हामीलाई देउताले दिएको उपहार र प्रत्युत्तरमा हामीले देउतालाई दिने अहोभाव र धन्यवाद हो । भगवान् राम रावणवध गरेर अवधपुरी फर्केपछि । अयोध्यावासीले आप्mनो अहोभाव दीपमालिका बालेर प्रगट गरे । त्यसैले दीपावली तिहार हो । कालान्तरमा लक्ष्मीपूजा, गोरुपूजा आदि त्यसैमा जोडिएको अर्थ पनि त्यही हो । लक्ष्मीले हामीलाई धनोपहार दिऊन् । गोरुले हामीलाई पु¥याएको सहयोग पूजारूपी हाम्रो अहोभाव हो । महादुर्गाले शुम्भ–निशुम्भलाई मारेर हामीलाई सुख शान्तिको उपहार दिइन् । त्यसैले उनी प्रति अहोभाव प्रगट गर्न हामीले प्रत्येक वर्ष दशैं मनाउँछौं । प्रह्लाद मर्दैछन् भनेर सबै उदास थिए । तर चमत्कार भयो, होलिका डढिन् र हामीले प्रह्लादको जीवन उपहार पायौं ।

यसरी हाम्रा सबै उत्सव, पर्व, तिहार भगवानलाई समर्पिर्त छन् । यहाँ बेमतलब कुनै मेला लाग्दैन । सबै मेला कुनै न कुनै देवी वा देउतासँग जोडिएका हुन्छन् । कहीं कुनै देवीको मन्दिर वा कुनै देउताको मन्दिरनिर मेला लाग्ने गर्छ । यसको अनगिन्ती उदाहरण हाम्रो जीवनमा देख्न सकिन्छ । आजकाल प्रदर्शनीको आयोजन पनि हुन्छ । त्यो सीधै पश्चिमा व्यापारिक नकल हो । त्यसमा कुनै देवी वा देउताको स्थान हुँदैन । त्यसैले त्यसमा शहरी समाज त सामेल हुन्छ तर ग्रामीण समाजले त्यसमा कुनै आकर्षण पाउँदैन । मेलाहरूमा धर्मका साथै स्थानीयस्तरको व्यापार पनि ध्यानमा हुन्छ । हिन्दू धर्म उत्सवै–उत्सवको धर्म हो । यसमा वर्षको कुनै दिन यस्तो हुँदैन जुन व्रत–पर्वले खाली होस् । त्यसैले हिन्दू धर्म आजसम्म जीवित र जीवन्त छ । दुनियाँबाट कतिपय धर्म लोप भए । तर हिन्दू धर्म कहिले लोप हुनेछैन किनभने यसलाई शाश्वत र सनातन रूप दिइसकिएको छ । शाश्वत र सनातन कहिले विलुप्त हुँदैन । हाम्रो जीवन कसरी उत्सवमय छ भने हामीले मृत्युलाई पनि उत्सव बनाइदिएका छौं । त्यसमा शोक नहुने त कुरै छैन तर आत्मा बन्धनमुक्त भएको खुशीमा भोजभतेर गर्छौं । भोजभतेर भनेको नै उत्सव हो । घाटसम्म शव लग्दा शंख र घन्टी बजाउँदै जान्छौं । यही हो हिन्दू धर्मको जीवन्तता । अस्तु १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here