• जगदीशप्रसाद शर्मा

कुरो र कुलो जता बगायो उतै बग्छ भन्ने उखान यस संस्मरण–लेखमा सिद्ध हुँदैछ । यसै निहुमा पुराना बितेका घटनाहरू स्मृति–पटलमा आइरहेका छन् र मलाई बगाइरहेका छन् । एक किसिमले मनलाई सन्तोष भइरहेको छ । किनकि टुप्पोसम्म पुग्न त प्रारम्भमा जरै समाउनुपर्छ । एक दिन ‘प्रतीक’मा सञ्जय साह ‘मित्र’ले गौरमा एउटा पुस्तक फेला पारेको संस्मरण लेखेका थिए, त्यसले नै मलाई यो लेख लेख्न हौंस्याएको हो । पहिले कहिलेकाहीं लागेको त हो, यो पुस्तकको भोकसम्बन्धी आप्mना अनुभव साझा गरूँ, तर नितान्त वैयक्तिक अनुभव के लेख्ने भन्ने सङ्कोच हावी हुन्थ्यो ।

तर सञ्जय स्थापित लेखक भएकाले उनले लेखेपछि मैले किन हुन्न भन्ने लाग्यो र यो अनुभव साझा गर्ने आधार पाएँ ।

कुरा धेरै लम्बिंदै गयो । संस्मरणको जरा समाउँ । म जयनगर पुग्दा रेल आउन आधा घण्टाजति ढिलो थियो । म स्टेशनमा यताउति गर्न थालें । त्यसै बेला AH WHEELER को एउटा ठेला देखियो । AH WHEELER त्यस बेला भारतभरिका रेलवे स्टेशनहरूमा पुस्तक, पत्रपत्रिका बेच्ने कम्पनी थियो । ठूला स्टेशनहरूमा पसल नै थापेर, साना स्टेशनहरूमा भने ठेलामा । भारतीयहरूमा पठन–संस्कृति बसाउने काम यसले नै गरेको होला भन्ने मलाई लाग्दछ । किनकि यात्राको क्रममा कोही साथ हुन्छ भन्ने जरुरी छैन, समय बिताउनकै लागि भए पनि मानिस पत्रपत्रिका किनिहाल्छन् ।

सफा चम्किलोगरी सजाइएका पुस्तकहरू थिए, त्यसमा । स्टेशन सानो भएकोले होला पुस्तकहरू थोरै थिए । ठेलाको झन्डै चौथाई भागमा तह लगाएर राखिएका त्यस बेलाका थरीथरीका चालू रोमान्टिक उपन्यासहरू । पल्लो छेउको एउटा कुनामा चाहिं धूलोले झन्डै नाम पनि छोपिनेगरी एउटा पुस्तक बेवारिसे, मिल्काएसरह राखिएको थियो । मेरो ध्यान त्यस पुस्तकतिर गयो । धूलो झारेर हेर्दा Robinson Crusoe पो रहेछ । म कति खुशी भए हुँला त्यस बेला, आजभन्दा ६१ वर्ष पहिले, यो पङ्क्ति लेखिरहँदा त्यसै क्षणमा पुगेको आभास दिलाउनेगरी आङै सिरिङ भयो ।

दाम कति बतायो सम्झना छैन, तर परल मूल्यभन्दा सस्तोमा दियो । अब अप्ठ्यारो प¥यो पैसा तिर्न । पैसा मसँग थियो तर लुकाएर राखेको । तिनताक म पाइजामा लगाउँथे, वा पाइजामाभन्दा माथि उक्लने हैसियत थिएन भनौं, त्यसको इझार पसाल्ने खोलमा घरकाले पैसा घुसारिदिन्थे, यस चेतावनीका साथ कि मामाघर नपुगुन्जेल पैसा नझिक्नु । कसैले देख्यो भने चोरी हुने डर थियो । अब गोजीमा केही पैसा थियो, जसले पुस्तकको दाम त तिर्न सकिन्थ्यो तर पेट मार्नुपथ्र्यो । बिहान ७ कोस हिंडेर जनकपुर आइपुग्दा बाटोमा १२ बजेतिर धनुषामा दही–च्युराबाहेक केही खाएको छैन, जनकपुर पुग्दा रेल चढ्ने हतारोले नाश्ता पनि खाएको छैन, रातिको खाना खाने बेला त भएकै थिएन । किताब किन्ने कि पेट भर्ने समस्या देखा पर्नुपर्ने हो, तर कहींकतैबाट त्यस्तो समस्या अनुभूत भएन । मैले किताब किनें । कल्याणको ग्राफोलोजी किनेपछिको यो दोस्रो उपलब्धि थियो ।

यसो त किताबहरू पढिरहिन्थ्यो । हामी अलौ स्कूलमा पढ्दाखेरी नै गाउँमैं कन्हैया–रत्न पुस्तकालय खुलेको थियो । यो त्यही समय थिए जब म ‘गुरुकुल’को विद्यार्थी थिएँ, र पढ्न छटपटिएको देखेर हेड सरले पुस्तकालय सञ्चालकहरूसँग अनुरोध गरेर केटाकेटीहरूका लागि केही पुस्तक चाहिन्छ भनेर मासिक पत्रिका ‘चन्दामामा’ मगाइदिने परिपाटी बसालिएको थियो । तर हात्तीको मुखमा जीरा भनेजस्तै एकदुई घण्टामा पढिसकिने चन्दामामाले पढ्ने हुटहुटी कसरी मेटिन्थ्यो ? संयोगले पुस्तकालय स्थापना भएको वर्ष दिनपछि त्यसका सदस्यहरूको जोश सेलाउँदै गयो । पुस्तकालय त एकपटक स्थापना गरिन्छ, पुस्तकहरू भने घरीघरी किनिरहनुपर्छ । दाताहरूको पनि हौसला सेलायो । मानिस पुस्तकालय आउन छाडे । यद्यपि पुस्तकालयमा त्यस बेलाका नाम चलेका हिन्दी साहित्यका लेखकहरूको राम्रो सङ्कलन थियो । शरत्, बंकिम, अमृता प्रितम, हिमांशु जोशी, रवीन्द्रनाथ टैगोरलगायतको झन्डै ५०० भन्दा बढी पुस्तक थियो होला । पुस्तकालय बन्द हुने अवस्थामा म चन्दामामाबाहेक अरू पुस्तक पढ्न पाइन्न भन्ने शर्तका साथ लाइब्रेरियन बनाइएँ । किताब पढ्ने बानी बसेपछि चोरी गरेर पढ्ने मात्र होइन, मानिस किताब चोरी पनि गर्न पछि पर्दैन । मेरो शोख पनि त्यसै दर्जाको थियो । यहाँ त किताब चोर्नु गर्नु आवश्यक नै थिएन, चोरी गरेर पढ्ने कुरा मात्र थियो ।

पछि त पुस्तकालय नै बन्द भयो । पुस्तकालयका स्थापनाकर्ताहरूले भएभरका पुस्तकहरू हराउने–मासिने डरले आप्mनै घरमा लगेर थुपारे । मलाई के खोज्छन् कानो आँखो भनेजस्तै भयो । त्यस घरमा मेरी एक अदद प्रेमिका बस्थिन् । अनि उनले थोकमा पुस्तकहरू मलाई पठाइदिने, म चाहिं पढेर फिर्ता गर्दै जाने । प्रेमिकाभन्दा अन्यथा नलिइयोस्, तिनी आजसम्म मेरी अर्धाङ्गिनी बनेर साथै बाँचिरहेकी छिन् । यो अलग कुरा हो, मेरो पढ्ने बानी जारी छ, र उनको दिने बानी पनि जारी छ, जसले गर्दा आज मसँग दशौं हजार पुस्तक सङ्कलन हुनुपर्ने ठाउँमा भित्तामा भएको एउटा आलमारी कहिले भरिभराउ हुँदैन । हुनत बिहे गरेर वीरगंजलाई कर्मभूमि बनाउँदादेखि १० वर्षसम्म आप्mनो स्थायी ठेगाना नभएर पनि धेरै पुस्तकहरू कता पुगे कता थाहै भएन ।

Robinson Crusoe पाएपछि मेरो हौसला पनि बढ्यो, किनकि यो पुस्तक पाउन मैले वर्षौं खोज गर्नुपरेको थियो । ग्राफोलोजी त गीताप्रेस गोरखपुरले छाप्छ भन्ने थाहा थियो, ठेगाना थाहा थियो । त्यति अलमल भएन । तर नाउँ मात्र थाहा भएको, प्रकाशक थाहा नभएको पुस्तक त संयोगले नै पाउने हो । त्यसमा आपूm भर्खर हाइस्कूलको विद्यार्थी । पैसा कौडीको अवस्था माथि बयान गरि नै सकेको छु । साथै पढाइ पनि गर्नुथियो ।

गुलिभर्स ट्रेभल्स त धेरै पछि कलेजको पढाइ सम्पन्न गरिसकेपछि प्राप्त भएको थियो । कताबाट कसरी पाइयो, त्यसको हेक्का छैन । तर सबैभन्दा रोचक प्राप्ति भने अरेबियन नाइट्सको थियो ।
दश कक्षामा पढ्दा ताका हाम्रो गाउँमा एकजना अमेरिकन भोलन्टियर देखा परेका थिए । उनी युएसए सरकारको पिस कोप्र्स योजना अन्तर्गत नेपालमा आएर कृषिसम्बन्धी कामहरू गर्दथे । उनीसँग मित्रता हुन पुगेको थियो । उनी थिए–स्टेफेन ट्रुएक्स एकर्ड ।

उनले मेरो पुस्तक पढ्ने बानी थाहा पाएर धेरै पुस्तकहरू दिएका थिए । उनैसँग मैले सशङ्कित भएर, किनकि नामले नै अरेबियन नाइट्स, अरबतिरको कथा हो, अमेरिकाजस्तो ठाउँमा के पाइएलास अरेबियन नाइट्सको चर्चा गरेको थिएँ । उनले आप्mनो अनभिज्ञता देखाए, तर अमेरिका पुगेपछि, पाइयो भने पठाइदिन्छु भन्ने वाचा चाहिं गरे ।

एवम्रितले दिन बित्दै गए । एक दिन परवानीपुर कृषि फर्मबाट मलाई बोलाहट आयो । त्यस बेला फोनको सुविधा थिएन । म पुगें र मेरो भेट एकजना अमेरिकनसँग गराइयो ।

उनले स्टिभले केही पुस्तक तपाईंलाई दिन भनी पठाएका छन् भनेर गोटा दशेक पुस्तकको एउटा प्याकेट मेरो हातमा राखिदिए । म घर आएँ । प्याकेट खोलेर हेर्दा त्यसमा अरेबियन नाइट्स पनि
थियो । कस्तो अपार खुशी लाग्यो होला, मलाई ? त्योभन्दा पनि खुशी, पुस्तकको गातामुन्तिरको सादा पानामा लेखिएको सन्देशले सा¥है अभिभूत पा¥यो । उनले लेखेका थिए–यो पुस्तक मैले धेरै खोजें पाइनँ । एक दिन म आप्mना हजुरबुवालाई भेट्न गएको थिएँ । उनको पुस्तकालयमा यो पुस्तक भेटें । मैले नेपालमा एकजना साथीलाई उपहार दिन यो पुस्तक दिनुहोस् भन्दा दिनुभएन । मैले एक दिन मौका छोपेर यो पुस्तक चोरेर तिमीलाई पठाउँदै छु ।” र तल उनको हस्ताक्षर थियो । हरे १ मेरो शोख भनूँ कि उन्माद, कसैलाई चोरी गर्न प्रेरित ग¥यो । अफशोच पनि लाग्यो । त्योभन्दा पनि ठूलो अफशोच, त्यो पुस्तक आज मसँग छैन । मेरो आप्mनै गलतीले । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here