अहिले त्यो जमाना नै छैन कि बालबालिकाहरूलाई ठकरा बनाउन हतारो होस् । गाउँका काष्ठकर्मीहरूलाई बालबालिकाले आप्mनो रुचिको ठकरा बनाउन निहोरा गरिरहनुपर्ने समय इतिहास भइसक्यो । जब ठकरा आउँथ्यो, तब गाउँ नै एक किसिमले ठकरामय हुन जान्थ्यो ।
गौरी नन्दन शिव दुलारे
बौआ गणेशजी सबके प्यारे …
गाउने अभ्यास हुन थाल्थ्यो गाउँभरि । यसको उत्साह बालबालिकामा खूबै हुन्थ्यो । अभिभावकमा पनि उत्तिकै हुन्थ्यो । अभिभावकसित शिक्षकले भेटघाट गर्न पाउँथे किनभने गौरी नन्दन… भन्दै विद्यालयका सारा बालबालिकालाई लिएर शिक्षक अभिभावकको घरघरसम्म पुग्दथे । यसले पढाइ केही दिन बाधित हुन्थ्यो । कम्तीमा एक दिन त पूरा रोकिन्थ्यो नै । अभिभावकले पनि यस दिनको प्रतीक्षा गर्दथे । यसमा सम्मानको विशिष्ट पक्ष यो थियो कि जब शिक्षक वा शिक्षकहरूको समूह विद्यार्थीलाई लिएर अभिभावकको घरसम्म पुग्दथे तब सामान्य शिष्टाचार त हुन्थ्यो नैस अभिभावकले शिक्षकलाई आफ्नो घरमा स्वागत गर्न पाएको गौरव प्राप्त गर्दथे । अभिभावकले आप्mनो सन्तानलाई राखेर तिनका अगाडि घरमा हुने पढाइलेखाइको कुरा गर्न पाउँथे । यस अन्तत्र्रिmयाले गर्दा समाजको अगाडि विद्यार्थीलाई प्रेरणा प्राप्त हुन्थ्यो । अभिभावक र शिक्षक अर्थात् विद्यालयको सम्बन्ध अत्यन्त प्रगाढ थियो ।
के आरोप छ भने शिक्षकले विद्यार्थीसित चामल, दाल, तरकारी तथा पैसा असुल गर्थे । जहाँसम्म मलाई सम्झना छ, यही ठकराको कारणले धेरै बालबालिकाको शिक्षाको स्तर उठ्न सकेको थियो । कतिपय विपन्न समुदायका अभिभावकसित जब शिक्षक परिवार भेटघाट गर्दथे, तब तिनको अवस्था हेरी केही लिन अस्वीकार त गर्दथे नै, पढाइको समयमा सम्भव भएसम्म सहयोग नै गर्दथे । जस्तो कि परीक्षा शुल्क लिंदैनथे, मासिक पढाइ शुल्क लिंदैनथे वा आधा माफ गरिदिन्थे । शिक्षकहरूको भनाइ हुन्थ्यो–उनका अभिभावकले दिइसक्नुभएको छ ।
अधिकांश शिक्षकलाई थाहा हुन्थ्यो विद्यार्थीबारे (बुबा के गर्नुहुन्छ, घर कस्तो छ, आर्थिक तथा पारिवारिक अवस्था कस्तो छ, घरमा पढ्ने वातावरण कस्तो छ । कुन विद्यार्थीबारे तिनको आप्mनै अभिभावकको धारणा कस्तो छ, अभिभावक शिक्षकलाई के भन्न चाहन्छन् र शिक्षक पनि अभिभावकलाई के भन्न चाहन्छन् । विद्यालय, समुदाय सम्बन्धको ज्यादै सुन्दर नमूना थियो ।
हो, यसमा केही आर्थिक पाटो पनि थियो । हाम्रो धार्मिक मान्यता यो पनि रहेको छ कि देउता र गुरुको दर्शन रित्तो हात गर्नुहुँदैन । यसै कारण कोही पनि मानिस जब कुनै मन्दिर जान्छन् कमसेकम पुष्प अर्पण गर्दछन् र जब शिक्षक अर्थात् गुरु स्वयं हिंडेर घरघर पुग्छन् भने रित्तो हात पठाउनुभन्दा एक पाउ चामल, सवा रुपियाँ, एक मुठी दाल र एक/दुई डल्लो आलु श्रद्धापूर्वक अर्पण गर्दथे । जब एउटा विद्यालयमा सयौं विद्यार्थी हुन्थे तब यो अलिकति सामल पनि धेरै हुन्थ्यो । त्यत्ति बेला तलब अत्यन्त कम थियो । विद्यालयमा विनातलब काम गर्ने शिक्षकहरू पनि हुन्थे जो यही आशामा वर्षभरि काम गर्दथे । स्वयंसेवक बनेर धेरै विद्यालयमा सहयोग गर्ने यस्ता व्यक्तिहरू कालान्तरमा स्थायी शिक्षक पनि बनेका छन् । अनि जब यो चलनमा रोक लाग्यो तब स्वयंसेवक शिक्षकको स्वतःस्पूmर्तता करिब लोप भएर गयो ।
अहिले सबैभन्दा ठूलो प्रश्न उठेको छ, अनुशासन । विद्यार्थीमा अनुशासन देखिएन । अनुशासनको कुरोमा त धेरैतिर यो भन्ने गरिन्छ कि शिक्षकको हातबाट लठ्ठी खोसियो र विद्यार्थीलाई अधिकारको तालीम दिइयो । यससँगै आयो विद्यार्थीलाई फेल गर्न पाइन्न भन्ने अवधारणा । यी सबैको साइड इफेक्ट अनुशासनमा देखियो । जब विद्यार्थीलाई शिक्षकको डर भएन, जब विद्यार्थीले गृहकार्य गर्नुपरेन, जब शिक्षकले कुनै पनि मूल्यमा विद्यार्थीलाई कुनै पनि अपराधबापत दण्ड दिन पाउँदैन अनि शिक्षकले कुनै पनि विद्यार्थीलाई फेल गर्न पाउँदैन भन्ने कुरा बुझेपछि विद्यार्थीहरू बलिया भए । बलियाले अनुशासन किन मान्नुप¥यो ? शिक्षाविद्हरूको ध्यान यतातिर जान सकेन वा जुन विधि, प्रक्रिया तथा नीति नियम ल्याइए, त्यस अनुकूल समाजको अवस्था निर्माण भइसकेको थिएन । वा, शिक्षकलाई राम्ररी त्यस अनुरूप बनाउन सकिएन । अहिले साइड इफेक्ट नै प्रबल भएर गएको देखिन्छ ।
धेरै कुरा तथ्याङ्कमुखी र औपचारिक हुन थाल्यो । विद्यार्थीलाई बढी नम्बर चाहिएको छ तर पढ्नु छैन । शिक्षकले भनेको पनि मान्नु छैन । अनुशासन केवल निबन्धको शीर्षकमा केन्द्रित हुन पुगेको छ । अनि, अभिभावक तथा शिक्षकको सम्बन्ध लगभग हराइसकेको छ । गौरी नन्दन शिव दुलारे… भन्दै सांस्कृतिक र आध्यात्मिक भावसहित विद्यार्थीलाई लिएर अभिभावकको घरसम्म पुगेर एक गिलास पानी खानुपर्ने अवस्था अन्त्य भएको दशकौं भइसकेको छ । शिक्षक–अभिभावक सङ्घ गठन गर्नुपर्ने कानूनी व्यवस्था त छ तर जुन समाजमा शिक्षा र चेतनाको अभाव छ र जहाँ शिक्षक वा प्रधान शिक्षक बाठा छन्, यसको आवश्यकता नै महसूस हुन दिंदैनन् । वा, यो औपचारिकतामा सीमित बन्न पुगेको छ । अभिभावकसित शिक्षकको सोझो सम्पर्क हुने कुनै वैकल्पिक संयन्त्रको विकास हुन सकेन । अभिभावक भेला भनेको व्यवस्थापन समितिको चयन हो वा विद्यालयका प्रअ, शिक्षकमाथि अनैतिक, भ्रष्ट साबित गर्ने आक्रामक अवसर हो भन्ने धारणा व्याप्त हुन पुग्यो । अनि विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षक, प्रधान शिक्षकहरू डराउन थाले । आज मधेसको अधिकांश जिल्लाका अधिकांश विद्यालयमा विव्यस गठन हुन नसक्नुको पछाडि यस्तै तथ्यहरू रहेका छन् ।
हुनत त्यो जमानामा मनोरञ्जनका साधनहरू सीमित र समाज अनुकूल प्राकृतिक थिए । शिक्षक र अभिभावकको भेटघाट हुने तथा विद्यार्थीले एक किसिमको रमाइलो गर्न पाउने अवसर हुन्थ्यो । एक सुर र एक तालमा सयौं हातमा ठकरा बज्दथे तब त्यसले दिने रमाइलो नै बेग्लै हुन्थ्यो । कुनै बाजा हुँदैनथ्यो, बाजाको नाममा त्यही काठको ठकरा हुन्थ्यो । कलात्मक, रंगीन तथा लामा र छोटा ठकराको सङ्गीत आप्mनै किसिमको हुन्थ्यो । केवल काठको सामग्रीबाट निस्कने सङ्गीत गज्जबको हुन्थ्यो । सबै विद्यार्थी गाउने र सबै बजाउने । विद्यार्थी सङ्ख्या जतिसुकै होस्, प्रायः दुई समूहमा गायन हुन्थ्यो । आधा एकपटक र आधा अर्कोपटक त्यहीं कुरा दोहो¥याउँदा बालबालिकाको मधुर आवाजले आकाश गुञ्जायमान हुन्थ्यो । अब ती सबै गीत, त्यो स्वर र त्यसमा बजाइने बाजाको धुन सबै लोप भइसके । अझै पनि केही मानिसको स्मृतिमा पक्कै रहेको हुनुपर्छ । यदि जीवित रहिरहेको भए, त्यो ठकरा, त्यसको सङ्गीत र त्यसको बाजाले सांस्कृतिक क्षेत्रमा योगदान पु¥याएको मानिन्थ्यो । मलाई लाग्दछ, वर्तमान र भविष्यका पुस्ता उक्त अवसरबाट मात्र नभई एउटा संस्कृतिबाट वञ्चित भएका छन् । हो, विद्यालयमा नमनाइने भएपछि समाजले पनि यसलाई जीवित राख्ने कुनै अर्को माध्यम बनाउनुपथ्र्यो । त्यसमा अर्थ सङ्कलनको पक्ष हटाएर गीत, बाजा र वादनको पक्षका साथै लयबद्धता र अन्य पक्षलाई जीवित राख्नुपथ्र्यो ।
अहिले व्यवहारमा त्यस किसिमको कुनै प्रचलन रहेको छैन । एउटा संस्कृति हराउँदा त्यसको असर मुख्यरूपमा संस्कृति मान्ने समुदायमा नै पर्दछ । संस्कृतिमा धेरै कुरा लुकेका हुन्छन् । भाषा, भाव, शिक्षा तथा चेतना र अन्य पक्ष पनि लोप हुने हुन्छ । अझै पनि ठकरा खेल्ने पुस्ता छ । संस्कृतिप्रेमीहरूले ठकरामा रहेका पहिलेका सारा विकृति हटाएर स्वस्थरूपमा पुनर्जीवन दिन सकिन्छ कि ? यस विषयमा अलिकति विचार गर्नुपर्ने देखिन्छ । हाम्रो समाजमा औपचारिक शिक्षाको शुरूआतसँगै सामाजिक सांस्कृतिक सम्पत्ति बनिसकेको ठकराले सामाजिक एकता र सद्भावको सन्देश पनि दिएको थियो । आफैंमा सञ्चार र संवादको एउटा विशाल पाठशाला थियो । सम्झने, सम्झाउने, बुझ्ने, बुझाउने र सम्बन्धलाई प्रगाढ बनाउने एउटा माध्यम थियो । आदर र सम्मान गर्नुपर्ने व्यावहारिक दृष्टान्त थियो र विद्यार्थीका लागि सिकाइको व्यावहारिक अवसर पनि । अभिभावकहरूको लागि पनि पर्खाइको एउटा तिथि थियो । गाउँमा सामूहिक स्वर गुञ्जनको अवसर थियो । शिक्षकले पनि अभिभावकका अगाडि जवाफदेह हुुनुपर्ने अवसर थियो । पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने चेतना प्रसारको माध्यमसमेत थियो–गौरीनन्दन … ।