मैथिल समाजमा एउटा निकै प्रचलित उखान छ–‘आएल लगपाँचे पवनी लागल नाचे’ अर्थात् साउनको नागपञ्चमीको शुरूआतसँगै पर्वहरूको बाढी नै आउन थाल्छ ।
यसपालि भदौ १७ गते सोमवार कुशेऔंसी परेको थियो । कृष्णऔंसीको यो दिनलाई नेपाली समाजमा बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महŒव बोकेको पर्वको रूपमा मनाउने चलन निकै पुरानो हो । कुशेऔंसी विशेषगरी पितृ पुण्य र श्रद्धाको लागि हिन्दू धर्मावलम्बी बीच प्रख्यात छ ।
वैदिक आर्यहरू जो यतिबेला आपूmलाई हिन्दू भन्न बढी रुचाउँछन्, उनीहरूको परम्परामा कुश (एक जातको वनस्पति)लाई भगवान् विष्णुको प्रतीकको रूपमा मानिन्छ र आजकै दिन अर्थात् कुशेऔंसीकै दिन कुशलाई घरमा भिœयाउने गर्छन् । यसरी आज भिœयाइएको कुश वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी मानिन्छ । कुशको महिमा हिन्दूहरूको धार्मिक ग्रन्थ वेद तथा पुराणहरूमा समेत वर्णन गरेको देखिन्छ । आजको दिनलाई आप्mनो बुबा र पूर्वजहरूको सम्मान गर्ने दिनका रूपमा पनि मनाइन्छ । यस दिनमा मरिसकेका पितृहरूको तर्पण, पूजा, ब्राह्मण भोजन र दानको माध्यमबाट उनीहरूको आत्माको शान्ति र मुक्तिका लागि प्रार्थना गरिन्छ ।
यस अर्थमा आज पिताको महŒव र योगदानलाई मान्यता दिने अवसर हो । बाबुको मुख हेर्ने परम्पराले पिताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ, जसले परिवार र समाजमा पिताको स्थान र योगदानको महŒवलाई उजागर गर्छ । जसले पारिवारिक एकता र आदरको विशेष स्थान राख्छ । आजको दिनमा विशेषगरी छोराछोरीहरूले आप्mनो पितालाई आदर व्यक्त गर्न पूजा अर्चना, पिताको आशीर्वाद लिने, पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ, साथै पितृहरूलाई सम्मानस्वरूप काठमाडौंको गोकर्ण, पशुपति, रसुवाको बेत्रावती, नारायणघाटको देवघाट, बराहक्षेत्र लगायत विभिन्न तीर्थस्थलहरूमा स्नान, श्राद्ध, सिधा र तर्पण गर्नेहरूको ठूलो घुइँचो लाग्ने गर्छ । यसपालि सोमवारे औंसी परेकोले बिहान नबोलीकन नुहाउने चलनसमेत रहेको छ ।
नुहाउँदा, दान गर्दा, जप गर्दा, होम गर्दा, पाठपूजा गर्दा, देव कार्य होस् वा सम्पूर्ण पितृकार्यमा प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरू मात्र होइन, उनका ऋषि महर्षिदेखि नै महŒवपूर्ण स्थानमा राख्दै आएको देखिन्छ । हिन्दूहरूको देवकार्य होस् या पितृकार्य जन्मदेखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ ।
यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य, तथा विप्रपवित्रकम् ।।
धार्मिक कथन अनुसार कुश स्वर्गका राजा इन्द्रको बज्र, विष्णु भगवान्को सुदर्शन चक्र र शिव भगवान्को त्रिशूलजस्तो शक्तिशाली छ । यस्तो पवित्र कुश लगाए सबै खालको रिस, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने विश्वास गरिन्छ । विष्णु भगवान्को प्रतीक मानिने कुशलाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद आदिमा क्रोधशामक र अशुभ निवारक अर्थात् मनलाई नियन्त्रण गर्ने क्षमता रहेको भनेर व्याख्या गरिएको पाइन्छ ।
कुनै व्यक्तिको जन्मकुण्डलीमा राहुको महादशा या राहु ग्रहको नराम्रो प्रभाव परेको अवस्थामा कुशपानीले स्नान गर्नु र कुशको हवन गर्नाले अत्यन्तै फाइदा हुने र राहु ग्रहको नकारात्मक प्रभाव समाप्त भई सकारात्मक ऊर्जा मिल्ने पनि विश्वास गरिन्छ । हवन तथा यज्ञादि कार्यमा कुश बिछ्याउने परम्परा वैदिककालदेखि नै चलिआएको छ ।
त्यसैगरी देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पवित्र अर्थात् कुशको औंठी लगाउने र कम्मरमा सिउरिने धार्मिक विधिसमेत रहेको छ । अघि पछि उखेलेको कुश एक दिन, कुशे औंशीको दिन उखेलेको कुश एक वर्ष र कुशे औंसीको दिन सोमवार (सोमवारे औंसी) पर्न गएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्ण हुने शास्त्रोक्त वचन रहेको छ ।
यतिबेला एकाइसौं शताब्दी भनेको विज्ञान र प्रविधिको युग पनि हो । पश्चिमा मुलुकहरूमा खासगरी युरोप महादेशका तथा अमेरिका, जापान र हाम्रै छिमेकी मुलुक चीन अन्तरिक्षमा अनेकौं मिसनहरू सामूहिक तथा एकलरूपमा पठाएको खबरले मानव ज्ञानको सर्वोच्चता दुनियाँको अगाडि प्रस्फुटित हुँदैछ । जापानीहरूले अन्तरिक्षमा पृथ्वीबाट लिप्mट जडान गर्ने मिसन सन् २०२५ मा शुरू गर्दैछन् भने उता एलन मस्क मङ्गल ग्रहमा मानवबस्ती बसाउने योजना बनाउँदै छन् । ठीक यस्तो बेला हामी दक्षिण एशियाली देशहरू खासगरी भारत, नेपाल, म्यान्मा, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत देश धार्मिक कट्टरता र विभेदयुक्त अतिवादी चिन्तनबाट प्रभावित भई मूर्खताको प्रदर्शन गर्ने होडबाजीमा लागिपरेका छौं । हामी दिवङ्गत पुर्खाहरूको आत्मालाई पानी खुवाउन हजारौं वर्षदेखि आजको दिनमा एउटा कुश भन्ने वनस्पतिको औंठी लगाई, कुशको माध्यमले पण्डित–पुरोहितको साथमा मन्त्रोच्चारण गर्दै पूर्व दिशा फर्केर अञ्जुलीभरि जल लिएर पुर्खाको नाममा अर्पण (तर्पण) गरेर स्वर्गमा रहेका आत्मालाई आजैको दिनमा तृप्त पार्दै आएका छौं । यति मात्रै कहाँ हो र, हाम्रो मुढताको विशेष शृङ्खला तब उजागर हुन्छ जब हामी कुनै पण्डित, पुरोहित ब्रामणलाई आप्mना पुर्खाहरू सन्तुष्ट हुने नाममा अनेकौं परिकार र मिष्ठान्न भोजन गराउँछौं र त्यो भोजनबाट तत्क्षण मृत पुर्खाहरूको आत्मा अघाएर सन्तुष्ट हुन पुग्छ ।
आखिर युरोप महादेशका देशहरू जो यतिबेला संसारको विकसित र समृद्ध मानवीय तथा प्रकृतिमैत्री देशका रूपमा जानिन्छन्, तिनीहरू पनि कुनै बेला अन्धविश्वास र रुढिमा गाँजिएको अवस्थामा थिए । कुनै बेला इटलीमा नदीमा बाढी आउँदा देउता रिसाएको ठानेर आआप्mनो घरबाट अबोध बालिकाहरूलाई, देउतालाई खुशी पार्नका लागि, फाल्ने गर्थे । ईश्वर छैन वा पृथ्वी घुम्छ, सूर्य उदाउँदैन र अस्ताउँदैन भन्नेहरूलाई खोजीखोजी मार्ने पोपहरू अहिले आपूmहरूसँग विगतमा भएको गल्ती स्विकार्दै छन् तर हाम्रा शङ्कराचार्यहरू काठको जगन्नाथ भगवान्लाई अत्यधिक गर्मीले ज्वरो आएको, कोरोनाबाट बच्न मास्क लगाएको, रूघाखोकी लागेकोले गर्दा सुप (काढा) खाएर आराम गरिरहेको प्रत्येक वर्ष मिडियालाई सार्वजनिकरूपमा बताउने गर्छन् । हाम्रा कथावाचकहरू निस्सन्तान आईमाईले गाईलाई गहुँ ख्वाएर त्यसको गोबरबाट निस्केको गहुँबाट तयार भएको पीठोको रोटी खाएमा ग्यारेन्टीको साथ संतान जन्मिने उपदेश अझै व्यासपीठहरूबाट बाँड्दै छन् । यिनीहरूको बुद्धिको घैंटोमा कहिले घाम लागेको देखिएन ।
यतिबेला हाम्रो समाजमा सबैभन्दा अनादर र उपेक्षा भोगेका पारिवारिक सदस्य नै बुवाआमा हुन् । जुन छोराछोरीको भविष्यको चिन्तामा अभिभावकहरू आप्mनो सम्पूर्ण जवानी खर्च गर्छन्, त्यही सन्तान बुढेसकालमा बाबुआमालाई बोझ ठान्ने गरेको घटना घरघरमा सबैतिर देख्न सकिन्छ । आज कुशे औंसी भन्दै मरेका पितृलाई तर्पणको नौटङ्की देखाउन फुर्सद हुने सन्तानहरूलाई घरमा ज्युँदै बसेका बुबाआमालाई एक ग्लास पानी दिने फुर्सद छ ? मरेका पितृको नाममा ब्राह्मण पुरोहितलाई अनेक परिकार भोजन गराई स्वर्गमा पुर्खा तृप्त भए भनी नौटङ्की देखाउन भ्याउने सन्तानहरूलाई जिउँदो बुवाआमाले के खान्छन् भनी सोध्नेसमेत कहिले फुर्सद छ, आवश्यक ठानेका छन् ?
बाबुआमाको सम्पत्तिमा मोज गर्ने, दिनहुँ भोज गर्ने तर बाबुआमालाई बोझ ठान्ने हाम्रो निजी सम्पत्तिमुखी परिवार र सन्तानलाई अंशको कानूनी व्यवस्थाले गर्दा प्रायः अभिभावकहरूले वृद्धावस्थामा उपेक्षा र नकारात्मक व्यवहारबीच कष्टकर जीवन बिताउनुपरिरहेको छ । हुनेखाने परिवारका वृद्धहरू पनि किन वृद्धाश्रममा भेटिन्छन् ? यसतर्फ सरोकारवाला सबैले गम्भीरतापूर्वक विचार गर्नैपर्छ । सामाजिक सञ्जालमा–‘हैपी फादर्स डे’ लेख्दैमा न सन्तानको दायित्व पूरा हुन्छ, न बाबुआमाको अपेक्षा र दुःख कम हुन्छ । हामी सबैले के बिर्सनुहुन्न भने एकदिन सबै बुढेसकालमा पुग्छन् र हामी जे गर्दैछौं, भोलि आप्mनो सन्तानबाट पनि त्यही पाउनेछौं ।