प्रस, वीरगंज, २० भदौ/
आम जनता पार्टीनिकट आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । पुनर्गठित मोर्चाको अध्यक्षमा लालबाबू मन्सुरी, उपाध्यक्षमा लुकमान मन्सुरी मियाँ, इस्लाम मियाँ र शेख जमाल, महासचिवमा शेख मोविन, सचिवमा महम्मद इस्तेखार र अफताब अहमद, सहसचिवमा सनिफ मियाँ, कोषाध्यक्षमा सकिना खातुन रहेका छन् ।

७७ सदस्यीय मुस्लिम मोर्चाको इन्चार्जमा आजपाकी उपाध्यक्षसमेत रहेकी समिना हुसेन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here