मकसुद अन्सारी पक्राउ

प्रस, सिम्रौनगढ, २० भदौ/
जिल्ला प्रहरी कार्यालय, बाराले खोटा चलन मुद्दामा कैद जरिवाना भएपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सिम्रौनगढले बुधवार सिम्रौनगढ नगरपालिका–४ बस्ने ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि बारा जिल्ला अदालतले खोटा चलन मुद्दामा दुई वर्ष कैद र चार लाख ७६ हजार आठ जरिवाना गरेको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्