राधा बेकरी सर्फिङ रिप्याकिङ उद्योगमा सिल

प्रस, वीरगंज, १९ भदौ/
जिल्ला प्रशासन कार्यालय, पर्साले बुधवार वीरगंज महानगर–१५ भेडिहारीस्थित एउटा उद्योगमा छापामारी गरी सिल गरेको छ ।

जिप्रका, वाणिज्य, खाद्य, प्रहरी सहभागी टोलीले राधा बेकरी सर्फिङ रिप्याकिङ उद्योगमा सिलबन्दी गरेको उपभोक्ता हित संरक्षण मञ्चका अजय अधिकारीले बताए । उनले सो उद्योगले उत्पादन गर्ने बेकरी सर्फिङ घ्यू खाद्य स्वच्छता ऐनविपरीत रहेकोले प्रशासनले सिल लगाएको बताए । खाद्य स्वच्छता ऐनमा बेकरी सर्पिmङ घ्यूको प्रयोगबारे मापदण्ड तोकिएको तर उद्योगले सोविपरीत घ्यू भनेर आम उपभोक्तालाई बिक्री गरेको पाइएको दाबी गरिएको छ । सस्तोमा घ्यू पाउँदा सर्वसाधारणले ध्यान नदिई प्रयोग गर्ने गरेको र यसले रोग नित्याउन सक्ने उनले बताए ।

उद्योगमा घ्यू बनाउने क्रममा अन्नतो बटर कलर प्रयोग गरिएको पाइएको बताए । यो रङ खाद्यान्न उद्योगमा प्रयोग गर्न नपाइने प्रावधान छ । आज छापामारी गर्दा कारखानामा एकजना महिलासहित तीनजना कामदार कार्यरत रहेका र उनीहरूमध्ये एकजना पक्राउ परेको जिप्रका, पर्साले जनाएको छ । उद्योग रामाधार महतोको नाममा घरेलुमा दर्ता रहेको छ । यसबारे जिल्ला प्रशासन कार्यालय, पर्साले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्