मानिसले मानिसलाई बेच्दछ, यो सबैभन्दा पीडादायी अवस्था हो । मानिस बेचिने अवस्था अझै पनि छ । गम्भीर भएर विचार गरौं त, कस्तो किसिमको मानिस बेचिन्छ होला ? केही दुर्लभ उदाहरण वा अपवादबाहेक, सामान्यतया बेचिने मानिसहरू विपन्न र अशिक्षित हुन्छन् । यसबाट यो सिद्ध हुन आउँछ कि शिक्षा र चेतनाको विकास भयो भने यस प्रकारको अवस्था समाप्त होला । तर जबसम्म विश्वको कुनै पनि कुनामा कोही बेचिनुपर्ने अवस्था रहन्छ, तबसम्म सम्पूर्ण शिक्षित मानव समुदाय एकजुट भएर यसविरुद्ध व्यापक जनचेतना जगाउनुपर्छ । मानव बेचिनु सभ्य समाजको लागि सुहाउने विषय होइन ।
मानिसले नै मानिसलाई बेच्दछ । मानिस चाहिं मानिसद्वारा बेचिन्छ । यो बेच्ने वा बेचिने शब्द मानिसका लागि मात्र हो । मानिसले अन्य कुरा पनि बेच्दछ । यदि मानिसले मानिसलाई पनि बेच्दछ भने उसले बेच्न के कुरा बाँकी राखेको होला ? बेचिने मानिस अशिक्षित वा निरक्षर वा विपन्न हुन्छ, उसलाई आपूm बेचिएको थाहा नहुन पनि सक्छ तर बेच्ने त शिक्षित नै हुन्छ । कम्तीमा दुवैजनामा बढी होशियार चाहिं बेच्ने नै हुनुपर्छ । यहाँ नैतिक प्रश्न उठ्दैन कि होशियार वा बुद्धिमानले नै आपूmभन्दा कमजोर मानिसलाई बेच्दछ । यसको मूल कारण अर्थ नै हुनुपर्छ । अर्थ अर्थात् पैसाको लोभ । पैसाको लोभ भन्नुको तात्पर्य मानिसलाई नै बेचेर भए पनि पैसा कमाउनु ।
बेचिनेभन्दा बेच्ने मानिस धनी छ तर उसलाई अझ धनी हुुनुपरेको छ । अनि कोही बेचिन्छ, उसलाई बेचिएको थाहा पनि हुँदैन वा कोही यस कारण बेचिन्छ कि ऊ निर्दोष छ, उसलाई बेचिएको पनि अत्तोपत्तो हुँदैन । कतिपयले त मीठो भ्रम वा सपना देखाएर बेचेका हुन्छन् । यस प्रकारले मीठो भ्रम वा सपना देख्दै बेचिंदै गर्दाको अवस्था कस्तो होला ? बेचिने मानिसलाई आपूm बेचिदै छु भन्ने थाहा नहुने बरु कुनै सपना साकार गर्ने पाइलाको भ्रमानुभूति हुन्छ । आखिरबेचिनेलाई त थाहा भइहाल्छ कि म बेचिएको छु । यो जानकारी हुँदासम्म कतिपयसँग उम्किने कुनै उपाय नै हुँदैन । उम्किनको लागि चाहेर पनि धेरै दुःख गर्नुपर्छ । यस्ता अनेक उदाहरण छन् कि कतिपयले पहल गरेका छन् उम्किन ।
मानव बेचबिखन नियन्त्रणको लागि धेरै उपायहरू गरिएका छन् । सबैभन्दा बढी मानव बेचबिखन हुने क्षेत्र पहिचान गरी ती ठाउँमा जनचेतना फैलाउने काम गरिएको छ । विभिन्न सङ्घसंस्थाहरूले यस प्रकारको पहल गरेको देखिन्छ, सुनिन्छ । साथै कोही कसैलाई फकाएर विदेश नलैजाओस् भनेर सीमा क्षेत्रमा सावधानी अपनाइएको पनि देखिन्छ । सीमा क्षेत्रमा निगरानी गरिन्छ । शङ्कास्पद व्यक्तिको छानबीन वा अनुसन्धान गर्ने काम पनि गरिन्छ । धेरै बालबालिका तथा किशोरीहरूलाई सीमा क्षेत्रमा यही प्रक्रियाबाट विदेश जानबाट जोगाइएको छ । कतिपयलाई त आपूm विदेश जान लागेको र बोर्डर क्षेत्रमा आइपुगेको पनि थाहा हुँदैन । कसैलाई सिकाइएको हुन्छ र सिकाइएको कुरो मात्र बोल्नुबाहेक थप कुरो बोल्न नसक्दा पनि समातिन्छन् । वास्तविक कुरो थाहा भएपछि सयौंलाई उद्धार गरिएको छ । विदेशमा पनि उद्धार गरी किशोरी तथा युवतीहरूलाई घर फिर्ता ल्याइएको छ ।
बेचिनेमा सबैभन्दा बढी महिला हुन्छन् । भनिन्छ, आइमाईको मन कमलो हुन्छ । आइमाईहरू अरूमाथि तुरुन्तै विश्वास गरिहाल्छन् । अनि रोजगारको सम्भावना देखाएर, विदेश घुम्न पाउने सपना देखाएर, धेरै पैसा कमाउने प्रलोभनमा पारेर बेच्न लगिन्छ । अर्थात्, झुक्याएर महिला बेच्ने काम हुने गरेको छ । झुक्याएर झुक्किने अवस्था महिलाभन्दा पुरुषमा कम छ । स्वाभाविक हो, पितृसत्तात्मक समाजमा महिला अलिक बढी नै कमजोर छन् । शिक्षा, साक्षरता, आर्थिक हैसियतमा पछाडि परेको अवस्थामा चेतनाको क्षेत्रमा महिला पछाडि पर्नुलाई अस्वाभाविक पनि मान्न सकिंदैन । महिलाहरूको सोझोपनको फाइदा उठाएर नै बेच्नेसम्मको कृत्य हुने गरेको छ । सोझोपनले महिलालाई सबैभन्दा बढी दुःख दिएको छ । महिलाहरू बेचिनु वा सताइनुको पछाडि छिटै विश्वास गर्ने बानीले गर्दा पनि हो । अन्य विभिन्न कारण पनि हुनुपर्छ तर महिला नै बेचिनु निकै दुर्भाग्यको कुरो हो । महिला वा पुरुष कोही पनि बेचिनुहुँदैन ।
कुनै जमाना थियो, जसलाई अहिले हामी दासयुग भन्छौं । दास युगमा मानिसले मानिसको बेचबिखन पशु सरह नै गर्दथे । दासलाई मानिस बराबरको हैसियत नै थिएन । दास कोही पनि स्वतन्त्र मानिस हुन पाउँदैनथे, अर्थात् दासलाई स्वतन्त्र मानिस सरह व्यवहार गरिन्नथ्यो । नेपालमा औपचारिकरूपमा दास प्रथाको अन्त्य चन्द्र शमशेरले गरेका हुन् । उनी प्रधानमन्त्री भएको बखत दास उन्मूलनको घोषणा गरेका थिए । त्यस समयमा दासदासीको मूल्य तोकिन्थ्यो । तोकिएको मूल्य तत्कालीन राज्य व्यवस्थाले बेहोरेर तथा पशुपतिनाथको ढुकुटीको रकम उपयोग गरेर दासका मालिकहरूलाई रकम प्रदान गरिएको थियो । अनि जुन दास स्वतन्त्र भएका थिए तिनको बसोवासको व्यवस्था मिलाइएको थियो । कोही पुख्र्यौली ठाउँ पुगेका थिए त कोही आफन्तकहाँ । तर केही दासका त आफन्त भन्ने पनि कोही थिएन, तिनीहरूलाई छुट्टै जमीन दिएर सरकारले बसालेको थियो । राज्यले मानवताको पक्षमा गरेको यो निकै महŒवपूर्ण काम थियो । दासबाट मानवमा रूपान्तरित भएको त्यो क्षण विश्वका मानव समुदायको लागि नेपालको तर्फबाट एउटा विजयको उद्घोष थियो । मानवताको विजय थियो । स्वतन्त्र मानिस हुन पाउनु कति गर्वको विषय हुन्छ भन्ने कुराको आभास पनि थियो । मानिसले आपूmसित मानिसकै व्यवहारको अपेक्षा गर्दछ । त्यो घोषणा यस किसिमको चाहनाको अभिव्यक्तिको प्रतिविम्बन थियो ।
अहिलेको युगलाई मानवतावादको युग पनि भनिन्छ । नेपालमा मानव अधिकारको पक्षमा धेरै राम्रो व्यवस्था संविधानले गरेको छ । कुनै पनि किसिमले मानवको बेचबिखनलाई पूर्णतया अपराध मानेको छ । स्पष्ट कानूनी व्यवस्था पनि रहेको छ तर दुर्भाग्य अझै पनि मानिसको बेचबिखन भइरहेको छ । नेपालबाट विदेशमा लगरे नेपालीहरूको बिक्री भइरहेको छ । तथ्याङ्कले यही बताउँछ । हरेक मानिस कानूनको दृष्टिमा समान भइसकेका छौं । अधिकार सम्पन्न भइसकेको अवस्था छ तर पनि दुर्भाग्य यो देखिन्छ कि अहिले पनि मानिसको खरीदबिक्री भइरहेको छ । कोही बेच्छ । बेच्ने र बेचिने क्रम चलिरहेको छ । निकै कम सङ्ख्या भए पनि बेचबिखनको अवस्थाबाट नेपाल सम्पूर्णतः मुक्त हुन सकेको छैन भन्ने कुरा समय समयमा पत्रपत्रिकाहरूमा आइरहन्छ ।
अहिले मानिसको खरीदबिक्री फरक किसिमले भइरहेको छ । अहिले पनि रोजगारको प्रलोभन दिएर मोटो रकम लिएर यस्तो ठाउँमा पठाउने काम भइरहेको छ, जहाँ उसको कोही सहारा हुँदैन । उद्धारका लागि पहल गर्नुपर्ने अवस्था हुन्छ, उद्धारका लागि कुनै उपाय पनि हुँदैन । केही कतै कुनै कुरा भन्न पनि हुँदैन वा भन्न पाउने अवस्था हुँदैन । यसले गर्दा मानिसलाई निकै कठिन हुन जान्छ । कतिपय मानिस आपूm बेचिएको अनुभूति गरिरहेका हुन्छन् । कतिपय त यसरी पनि आरोप लगाउँछन्, मसित पैसा लिएर मैंलाई बेचिदिए । अर्थात् आपूmलाई बेच्नको लागि पनि आफैं लगानी गर्नुप¥यो । यद्यपि कतिपय अवस्थामा दाउ राखेर काम गरिएको हुन्छ । काम वा रोजगारको खोजीमा मानिसको अवस्था के हुन्छ, अन्जान ठाउँबारे केही थाहा नहुन पनि सक्छ ।
कुनै पनि किसिमले मानिसको किनबेच संसारमा नहोओस् । जसरी दास प्रथा अब इतिहास भइसकेको छ, त्यसरी नै मानव बेचबिखन पनि पूर्णयता इतिहास बनोस् । मानव सभ्यताको लागि मानव बेचबिखन निकै ठूलो कलङ्क हो । कुनै वनस्पति, चरा, कीरा, पशु वा अन्य जीवजन्तुले आप्mनै स्वजातीय प्राणीलाई बेचेको पाइन्न । मानिस बौद्धिक प्राणी भएर पनि यस किसिमको कलङ्क बोकिरहेको छ । उच्च मानवतावादको भावनाको विकास र विस्तारले सबै किसिमको बेचबिखनलाई कम गर्न सहयोग पु¥याउन सक्ने देखिन्छ ।