प्रस, परवानीपुर, १८ भदौ/
वीरगंज–२१ पटेलनगरस्थित नेराआविमा अज्ञात समूहले तोडफोड गरेको छ ।
राति करीब १२ बजे अज्ञात समूहले विद्यालयको कार्यालयको ताला फुटाइ कम्प्युटर, प्रिन्टर, मनिटरलगायत तोडफोड गरी क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयमा तोडफोड भएको घटनाप्रति विद्यालय परिवारले निन्दा गर्दै प्रहरी प्रशासनलाई जानकारी गराएको र तोडफोड गर्ने समूहको खोजी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन पटेलले जानकारी गराएका छन् ।