प्रस, सिराहा, १८ भदौ/
सिराहाको गोलबजार नगरपालिका—१ मुक्सारमा सोमवार राति लुटपाट भएको छ । स्थानीय जागेश्वर रामको घरमा राति करीब १२ बजे १२–१५ जनाको समूहमा आएका लुटेराहरूले लुटपाट गरेको थियो ।
लुटेरा समूहले घरधनी रामलाई कुटपिट गरी मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको पीडित परिवारजनले जनाएको छ । लुटेरा समूहले १२ हजार नगद र सुन र चाँदीका गहना लुटेर लगेको हो ।
घटनालगत्तै स्थानीय प्रहरी चौकीमा खबर गरेपछि घटनास्थलमा प्रहरी टोली पुगेको थियो । सोही स्थान मुक्सारमा नै प्रहरी चौकी रहे पनि घटनास्थलमा पुग्न विलम्ब गरेको स्थानीयको आरोप छ ।
चोरीको घटना इलाका प्रहरी कार्यालय, गोलबजारले पुष्टि गरेको छ । प्रहरी निरीक्षक सुनील कार्कीले घटना अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइसकेको जानकारी दिएका छन् ।