पत्रकार पाण्डेको अवस्था गम्भीर

प्रस, वीरगंज, १६ भदौ/
पत्रकार सुदर्शनराज पाण्डेको अवस्था गम्भीर रहेको उनका छोरा सुरजराज पाण्डेले बताएका छन् । गत बिहीवार भदौ १३ गते बिहान पत्रकार पाण्डे बारा जिल्ला, जीतपुरसिमरा उपमहानगर अन्तर्गतको डुमरवानास्थित घरमा बिरामी भएका थिए ।

उनलाई तत्काल नारायणी अस्पतालमा भर्ना गरिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । शुक्रवार आइसियूमा भर्ना भएका पत्रकार पाण्डेको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छोरा सुरजले बताए । अहिलेसम्म उनको अवस्थामा खासै सुधार नआएको उनले जानकारी गराएका छन् । पत्रकार पाण्डे चार दशकभन्दा बढी समयदेखि वीरगंजलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् । उनी हाल उत्थान साप्ताहिकका सम्पादक हुन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्