प्रस, परवानीपुर, १६ भदौ/
वीरगंज–१० आदर्शनगरका व्यवसायी प्रकाश दुगडकी आमा विमलादेवी दुगडले आँखाको नानी दान गरेकी छन् ।

आइतवार साँझ ५ः३० बजे उनको कालगतिले निधन भएको थियो । त्यसपछि दान गरिएको आँखाको नानी स्वास्थ्यकर्मीहरूले निकालेका थिए । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल, परवानीपुरका नेत्र अधिकृत हरिकान्त साह नेतृत्वको टोलीले हिजो राति ८ बजे दान गरिएको आँखाको नानी निकालेर आइसबक्समा राखेको थियो ।

अहिले दान गरिएको आँखाको नानी विभिन्न जिल्लामा सम्पर्क गरेर तिलगङ्गा आँखा अस्पताल, काठमाडौं पठाउने गरिन्छ । नेपाल नेत्रज्योति सङ्घको सिफारिशमा हरेक वर्ष दान गरिएको आँखाको नानी लाभग्राहीले पाउने गर्छन् । आँखाको नानी मृत्यु भएको दुईदेखि आठ घण्टाभित्र निकाल्दा प्रभावकारी हुने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here