कलैया, १७ भदौ/रासस
बारामा ६९ हजार ९६३ हेक्टर जमीनमध्ये कुल ६२ हजार ८२३ हेक्टर जमीनमा खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र, बाराका प्रमुख राजनारायण साहले खेती गरिएको जमीनमध्ये तराईतर्पm ६१ हजार ८२८ हेक्टर र चुरे पहाडतर्पm ९९५ हेक्टरमा विभिन्न प्रकारका खेतीबाली हुने गरेको बताए ।
कार्यालयका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले कृषियोग्य जमीनमध्ये तराईतर्पm छ हजार ६८२ हेक्टर र चुरे पहाडतर्पm ४५८ सहित सात हजार १४० हेक्टर जमीन बाँझो रहेको जानकारी दिए ।