प्रस, वीरगंज, १६ भदौ/
नेपाल राष्ट्र बैंक कर्मचारी युनियनले हरितालिका तीज पर्वको अवसरमा महिला बैंककर्मीहरूबीच तीन दिने खेलकूद प्रतियोगिता आयोजना गरेको छ ।
युनियनका अध्यक्ष नरेशकुमार सर्राफले यही भदौ १३–१५ गतेसम्म सञ्चालित प्रतियोगितामा विभिन्न बैंकका महिला कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको बताए । उनले प्रतियोगिताले महिलाको मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताए ।
महिला सशक्तीकरणलाई प्रवद्र्धन गर्न र खेलकूदका माध्यमबाट महिलाको सामाजिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले युनियनले प्रतियोगिताको आयोजना गरेको अध्यक्ष सर्राफले बताए ।
खेलकूदले शारीरिक फिटनेस मात्र नभई आपसी सम्बन्ध सुदृढीकरण, मानसिक तनावको निवारण र सकारात्मक सोचको विकासमा पनि योगदान पु¥याउने नेपाल राष्ट्र बैंकका कायम मुकायम निर्देशक यज्ञ श्रेष्ठले बताए ।
प्रतियोगितामा हाजिरीजवाफ, स्लो स्कूटी रेस र ब्याडमिन्टन प्रतियोगिता समावेश थिए । हाजिरीजवाफमा राष्ट्रिय वाणिज्य बैंकका नमिता महरा, प्रियङ्का गुप्ता र गुडी साहको समूह प्रथम, सिद्धार्थ बैंकका अनामिका श्रीवास्तव, धना आलेमगर र कृतिका खतिवडाको समूह द्वितीय र प्रभु बैंकका अर्चना गुप्ता, मञ्जुला नापित र सुमित्राकुमारी सिंहको समूह तृतीय भएका थिए ।
यसैगरी, स्लो स्कूटी रेसमा सिद्धार्थ बैंककी स्मिता शाह प्रथम, प्रभु बैंककी शिवानी जोशी द्वितीय र माछापुच्छ«े बैंककी सरस्वती पौडेल तृतीय भएका थिए ।
त्यस्तै, ब्याडमिन्टन प्रतियोगितामा नेपाल एसबिआई बैंकका रिया झा र लेनिशा खनाल विजयी भए भने प्राइम बैंकका वर्षा शाही र अर्चना चौधरी उपविजेता घोषित भए ।